September 10, 2010

चार मुक्तक

हरुवा र जितुवाको घमासान छ ।
एउटै कुर्सीको मात्रै तानातान छ।
के गर्छन यीनले शान्ति स्थापना,
कुर्सी पाउनै जब हानाहान छ ।

गर्न लाई त गर्छन् त्याग र बलिदानका कुरा ।
बोल्न लाई बोल्छन् शान्ति र समाधानका कुरा ।
राष्ट्रियता र देशभक्ति किताबमै थन्क्यो अब,
केही उत्तरका गुलाम, केही सुन्छन् हिन्दूस्तानका कुरा ।

संविधान नबने पनि सत्ता त छँदैछ।
भोट नपुगे पनि जत्था त छँदैछ ।
सके तैँ मन्त्री, मै मन्त्री बनौँला जेठा,
नसके ‘फ्रि’ मा आउने भत्ता त छँदैछ ।

भन्न लाई त नेता एक-से-एक छन् ।
‘गर्छु’, ‘सक्छु’ भन्ने तर्क अनेक छन् ।
गरिब द्वारा पालिएका वास्तवमा, 
निकम्मा ६०१ छन् ।



3 Comments:

रमेश मोहन अधिकारी said...

सबैलाई निकम्मा भन्न हुँदैन, छैनन् पनि ! सबैलाई एकै घान हाल्दा नैतिक, इमानदार तथा स्वाभिमानीहरूलाई नराम्रो असर पर्छ ।
मुक्तकहरू सम सामयिक र व्यङ्ग्यात्मक छन् ।

Anonymous said...

malai ta sabai ustai lagchan. bhanne ta k bhanne, sansarai ma laaj pacheka yesta sabashad anta katai naholan. barsa hoina aba dashak nai bitla jasto chha yo samidhan ko khosto lekhkna.

Nepalean said...

यो तानातानको खेल झनै लम्बेला जस्तो छ। यिनको त्याग र बलिदन त्यही कुर्चीको लागी हो। कुर्चीमा आएर जनतालाई के दिने भन्ने त कसैले सोचेका छैनन।

उत्तरका गुलाम र दक्षीणका हुनमान मलाई मिथ जस्तो लाग्थ्यो। एक पटक उपेन्द्र यादब भारतिय राजदुबासमा कुरा गरेको भिडीयो आएको थियो। त्यसले उनीहरुको हालत प्रष्टाएको थियो। हालसालै आएको महराको चाइना भिडीयोले त म तिन छक परें। यस्ता पानी मरुवाले के को जनताको कुरा गर्नु? बिदेशीसंग रिण लिई लिई सांसद किनबेच गर्न खोज्दैछन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !