August 27, 2010

हा… हा… हा… हा… हा…

केही समय भएछ ‘टि-टाइम’ अन्तर्गत केही नराखेको । धेरै सप्ताहन्त आए र गए तर मेसो नमिलेर टि टाइम धेरै दिन देखि अपडेट भएन । आज भने केही ताजा जोकहरु लिएर फेरि हाजिर भएका छौ:

--------------------                                     ------------------                               -------------------

पत्नी: मलाई हिराको हार बनाइदियौ भने म सात जन्म सम्म तिम्रै हुने छु।

पति: हार सँग कानको टप र हिराकै फूली पनि बनाइदिन्छु, तर कुरा यही जन्ममा मात्रै टुङ्ग्याउँ है त ?


बैँक काउण्टर बाहिर बसेको एक जना ग्राहक बैँक कर्मचारीको आबाज राम्ररी नसुने पछि :

ग्राहक: हेर्नुस... म राम्ररी कान सुन्दिन तपाईँले के भन्नु भएको अलि ठूलो स्वरमा भन्दिनु न !
बैँक कर्मचारी: हैन... म कहाँ बोल्दै छु र..!, म त बिस्कुट खाँदैछु।


पत्नी: पहिला त तिमी विवाह पछि मलाई झनै माया गर्छु भन्थ्यौ त ! ।
पति: हो त नि!, तर मलाई त्यति बेला के थाहा कि तिम्रो विवाह मै सँग हुन्छ भनेर ।


एक जना ९० वर्षको बुढो मान्छे मृत्यु पछि स्वर्गमा पुग्छ । चारैतिरबाट अति आकर्षक जीउ डाल भएका अति सुन्दर र जवान अप्सराहरुले उसलाई स्वर्गमा स्वागत गर्छन् ।

बुढो मान्छे एकैछिन कींकर्तव्यबिमुढ भएर सुन्दर अप्सराहरु तर्फ हेर्छ र आफैँ बुदबुदाउँछ “ …धेत् , बाबा रामदेबको चक्करमा नपरेर योग ध्यान नगरेको भए …बरु ठीक समयमा यहाँ आइपुग्ने रहेछु… ।”


कञ्जुसको छोरा: बुवा म टाढाको कुरा राम्ररी देख्दिन्, चस्मा बनाउनु पर्‍यो  !।
कञ्जुस छोरलाई तुरुन्तै घर बाहिर लान्छ र आकाश तिर देखाउँछ
कञ्जुस: उ हेर त, त्यो के हो ?
छोरा: सुर्य !
कञ्जुस: फटाहा !, त्यो भन्दा टाढाको अरू के हेर्नु छ तँलाई ?


बाऊ: हेर, छोरा छिमेकीको छोरीलाई हेर, एस.एल. सि मा डिस्टिङसन लेराएर पास गरी… ।
छोरा: था’छ बुबा....त्यसैलाई हेर्दा-हेर्दै त म फेल भा हो नि !


रबिन: मेरो डक्टरले मलाई आफ्नै खुट्टामा हिँड्ने बनाउँछु भन्या’ थ्यो ...।
सबिन: ...अनि के उसले त्यस्तै गर्न सक्यो त ?
रबिन: सक्यो नि, उसको बिल तिर्न मैले कार नै बेचेँ...आजकल पैदल हिँडदै छु ।


राम: तलाईँ पौडी खेल्न आउँछ ?
बलराम: आउँदैन !
राम: छ्या ! कुकुर लाई समेत पौडी खेल्न आउँछ....
बलराम: तलाईँ पौडी खेल्न आउँछ त ?
राम: आउँछ नि !
बलराम: त्यसो भए तँ र कुकुरमा के फरक भयो त ?



11 Comments:

gckarki said...

एकिछन मजाले हांसे। राम्रेा लाग्येा ।

Nabeen said...

Very funny!

Ashesh said...

ha ha ha ha ha ha ha ha hah a............

Nepalean said...

ल आज बिहान बिहानै चियासंग जोक पढ्ने मौका पाइयो। रमाइलो लाग्यो।

ठरकी दादा,बेला बेलामा च्या खुवाउदै गर्नुहोला।

Rabindra said...

ha ha ha ha ha

मेचीनगर अनलाइन said...

चिया जोकले त चिया नै झन्डै सर्कायो - हास्दा ........हास्दै, रमाइला जोकहरु

Anonymous said...

Very funny, hahahaha

Anonymous said...

Very funny.....LoL.

वेदनाथ पुलामी (उमेश ) said...

ठरकि दादा लाइ धरै धेरै धन्यबाद ! निकै मज्जाले हाल्न पाइयो !
टि-टाइम त निकै स्वादिलो लाग्यो ! पुन : यस्ता कुरख पस्कदै गर्नुस है !

Biplab said...

it is a very good one. Please once more.

aashish said...

Really Funny Jokes, Thanks a lot !!! Mind Refresh Bhayo...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !