August 26, 2010

सधै सधै झैँ

इतिहासमा सजिएको अतित लाई
प्राण-प्रतिष्ठा गरेर
म बितेको युग लाई गुन लगाउन सक्दिन
मेरो वर्तमान कुरुक्षेत्र भरि पल्टिएको छ
निचेष्ट , निष्प्राण लमतन्न परेर ,
मक्किएको भिष्म प्रतिज्ञा बोकेर
म कुरुक्षेत्र जित्न चाहन्छु ,
कालकुट पिउन नसकेर
अमृत खोज्न हिंडेको हैन
कालकुट पिएर मलाई शिव बन्नु छैन !

असंख्य असंख्य द्रौपदीहरु
दुशासन को खोजीमा छन्

दिनहुँ ,

अनगन्ती सुर्पन्खा लक्षमण लाई घेरी रहेछन
बुद्धहरु तरवार बोकेर कुरुक्षेत्रमा प्रतिक्षारत छन्
अर्जुन दृष्टि विहिन म संगै
एकलब्यहरु छन्
धिर्तराष्ट्र हरु छन्
कर्ण हरु छन्
दुर्योधन वेफुर्सदिलो छ अचेल
भिष्म पिता मेरै छाती मा ढल्ने छन्
तैपनि म अझै ,
आफै लाई जित्ने युद्द गर्दै छु
स्वयं संग हारेर पनि
सँधै सँधै झैँ ...
- प्रयास

3 Comments:

डीआर न्यौपाने'सूर्य' said...

देशभक्तिको सुन्दर कविता ।

sanu jange said...

malai man paryo yo kabita ...... dhanyabad

Nepalean said...

बुद्धहरु तरवार बोकेर कुरुक्षेत्रमा प्रतिक्षारत छन्. हो क्यार आजकाल हामी आफैलाई जित्ने युद्द गर्दैछौं। जिते पनि हार,हारे पनि हारको युद्दमा होमिएका छौं। जती प्रतिक्षा गरौं आखिर हामी हारकै खोजीमा छौं।

निकै राम्रो र समय सान्धर्बिक कुरा गर्नुभयो प्रयास जी।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !