August 9, 2010

तेस्रो अन्तराष्ट्रिय ब्लगर भेला - एक समिक्षा

हरेक छ-छ महिनामा दौंतरीमा हुने अन्तराष्ट्रिय नेपाली ब्लगर भेला यही अगष्ट ७ मा समापन भयो।
  भेलाको समय २ घन्टा रहे पनि भेला हुनु ६ घन्टा अगीबाटै ब्लगहरु दौंतरीमा आएर नेपाली ब्लग सम्बन्धी छलफल गर्नुभएको थियो। साथै भेला समापन पछी पनि ब्लगर मित्रहरुले नेपाली ब्लग सम्बन्धी संबाद कायमनै राख्नुभएको थियो। ब्लगर भेला ब्लगहरुको लागि दशै जस्तै भएको थियो।
भेला नेपाली समय अनुसार बिहान ९ बजे सुरु भएको थियो। नबिन के.एमको अध्क्षतामा रहेको ब्लग भेलामा साधना शर्माले स्वागत भाषण दिनुभएको थियो। भेलाको सुचना अलिक छोटो भएको
 ले कती ब्लगहरुले खबर पाउन ढिला भयो भने केही ब्लगर मित्रहरुलाई समयले साथ नदिएका कारण भेलामा सहभागी हुन सक्नुभएन। यो भेला ग्लोबोल भएका कारण कतै दिन हुंदा कतै रात हुने त कतै बिहान त कतै सांझ हुनेहुंदा केही ब्लगर चाहेर पनि सामेल हुन सक्नुभएन। भेलामा लेखेर संबाद हुने हुंदा कतिपय ब्लगरमित्रहरुलाई प्रतक्ष संबादमा टाइप गर्न अप्ठेरो परेको थियो। पहिलो र दोस्रो भेलाबाट संगालेको अनुभव प्रयोग गर्दै यसपटकको भेला अलि प्रभावकारी पार्न प्रयास गरिएको थियो। बिगतमा प्राय समय परिचयमा खर्चिय पनि यस पटक सके सम्म प्राय समय
 नेपाली ब्लगमै सिमीत रहि संबाद गरिएको थियो। दोस्रो भेलामा सहभागीहरुको समित संख्या भन्दा बढी सहभागी नहुन सक्ने स्थीती यसपटक भने कायम रहेन।


‍=>भेलामा अहिले रहेको नेपाली ब्लगर्सको लोगोको बारेमा कुरा उठेको थियो। यो लोगोलाई फेर्ने कुरा पनि भएको थियो तर डेढ बर्षसम्म रहेको यो लोगोलाइ राख्ने की अन्य कुनै लोगो राख्ने भने निर्कौल भेलाको २ घण्टामा निर्णय गर्नु भन्दा यस्लाई सबै ब्लगरको बहसपछि निर्णय गर्ने भनेर यो बिषयलाई खुला छोडियो। यसबारेमा सबै ब्लगरहरुले बिचार दिनहुन अनुरोध गरिन्छ।

=>नेपाली ब्लगको स्तर कसरी माथी उठाउने भन्ने बिषयमा अर्को संबाद रहेको थियो। केही मित्रहरुले लेखन कार्य उच्च राख्ने,कपि पेस्ट सामाग्री नराख्ने,ब्लगमा धेरै सिंगार पट्टार भन्दा पनि लेखको बिषय प्रभावकारी हुने पर्ने आदी बिचार राख्नुभएको थियो। नया ब्लगरलाई सिंगार पट्टारमा रमाइलो लाग्ने हुंदा यस्लाइ नकारत्मक रुपमा नलिनहुन केही ब्लगरहरुले बिचार राख्नुभएको थियो। चोरीका सामाग्रीलाइ दुरुसाहित पार्नु पर्ने कुरा पनि यस भेलामा उठेको थियो।

=>पठन योग्य सामाग्री तथा पाठकको थप सहभागिता कसरी गर्ने भन्ने कुरामा चर्कै बहस भएको थियो। पठन योग्य सामाग्री तयार पार्नु एक चुनौती पूर्ण काम हो। यस बिषयमा सबै ब्लगहरुले ध्यान दिन पर्ने आबश्यक्ता सबैले औंलाउनु भएको थियो। अर्को तर्फ भने पठन योग्य सामाग्री हुंदा हुंदै पनि धेरै पाठक माझ कसरी पुर्याउन भनेर धेरै ब्लगहरुले तर्क प्रस्तुत गर्नुभएको थियो। केही ब्लगहरुले उत्क्रिष्ठ १० ब्लगको संगालो दौंतरीमा राख्ने सुझाब दिनुभएको थियो। कुन ब्लग प्रकाशनलाई उत्क्रिष्ठ भन्ने यो पनि निकै कठिन कार्य हो। कसैलाइ मन पर्ने अरुलाई मन नपर्न सक्छ। तर समष्ठीमा उत्क्रिष्ठ सामाग्रीलाइ कसरी थप पाठक समक्ष पुराउने यो पनि थप छलफल गर्न आबश्यक छ। राम्रा सामाग्री पाठक समक्ष नपूगी त्यस्ता खाले लेख हराउन पनि सक्छन। यस्तै राम्रा सामाग्री नेपाली ब्लग जगतमा नरहे/नदेखिए ब्लगहरुलाई उत्तम सामाग्री लेखनमा प्रेरणा नमिल्न सक्छ। त्यसैले यस बारे सबै ब्लगहरुले गम्भिरता पूर्बक सल्लाह गरेर कुनै निकास निकाल्न आब्श्यक छ।

=>नेपाली ब्लगलाई कसरी दिगो राख्ने भन्ने बारेमा पनि छलफल भएको थियो। यस्को लागी सबैले ब्लग लेखनमा निरन्तरताको खांचो चाहिने भन्नुभएको थियो। साथै ब्लगरहरुलाई लेख्न प्रेरणा दिन कुनै माध्यम तयार गरे यस्ले पक्कै पनि सघाउ पूर्याउने मत प्रस्तुत भएको थियो। अहिले रहिआएको ब्लगसर्कललाई अझ मजबुत पार्दा नेपाली ब्लगहरु दिगो रहन मद्दत पुग्ने कुरा पनि उठेको थियो।

यस बाहेक ब्लगमा याड राखेर आम्दानी बढाउने बारे, यस्ता खाले ब्लग भेलामा नया तथा पूराना ब्लगहरुलाई आकर्षित गर्ने, ब्लगरहरुले एक आपसमा कसरी सहयोग गर्ने जस्ता कुरा पनि उठेका थिए। यसबारेमा सबै ब्लगहरुले थप बिचार दिनुहोला। भेलामा कुनै ठोस निर्णय नलिए पनि नेपाली ब्लग जगतलाई कसरी थप उचाईमा पूर्याउने बारेमा प्रशस्त छलफल भएको थियो। २ घण्टामा हुने गफ तथा निर्णय मात्रैलाई आधार बनाउनु भन्दा पनि थप छलफल गेरर दिघोरुपमा नेपाली ब्लगलाई मजबुत पुर्याउने बिचार आगामी दिनमा राख्दा नेपाली ब्लगलाई ठुलो टेवा पूग्नेछ। संसारको बिभिन्न कुनामा छरिएका ब्लगर यसरी एकै ठाउंमा जम्मा भएर छलफल गर्दा एउटा रमाइलो आनन्द त पक्कै हुन्छ साथै यस्ले नेपाली ब्लगरमा थप उत्साह दिने कुरा सबैले प्रष्ट महशुस गर्नुभएको थियो। २ घन्टामा ३० जना बढी ब्लगहरुले गरिको गफलाई छोटकरीमा समेट्न प्रयासलाई कुनै कुरा छुटेको या थप्न आब्स्यक तथा बहस गर्न सबै ब्लगरहरुलाई अनुरोध गर्दछौं।

तेस्रो भेलाको संबाद प्रकाशित गर्न प्राबिधिक समस्या उतपन्न भएको छ,उक्त समस्या समाधान हुने बितिक्कै भेलाको संबाद जरुर प्रकाशित गर्ने छौं।

12 Comments:

Aakar said...

Also its better to increase readership. Nepali bloggers are lacking readership.

Nepalean said...

आकार त्यो त पाठाक सहभागिता भित्र परेन र? अंग्रेजी र नेपाली बिच शब्दै मात्र फरक हो की माने पनि फरक हो,मलाई त शब्द एउटै तर भाषा फरक हो जस्तो लाग्यो।

अगिल्ला २ भेला मा भन्दा यस पटक भिन्न तर नेपाली ब्लगको दिर्घकालीनता बारेमा ठोस कुरो उठेको जस्तो लाग्यो।
पाठक सहभागिता बारेमा मलाई पनि सार्है चित्त बुझ्यो है।

NKM said...

Having your favorite ten post (not top ten blog list) is nice as it shows your personal items that you liked.

I have done one such post. Although many of my favs had to be cut out from the list, the resulting list shows the compelling evidence of how far Nepali blog world has come to.

My Fav Ten posts.

Dilip Acharya said...

एकदमै इच्छा हुँदा हुँदै र प्रयास गर्दा गर्दै पनि यसपाला भेलामा सामेल हुन सकिएन । तर भेलाको समीक्षा पढ्दा रमाइलो र केही उपलब्धि मूलक पनि रहेजस्तो लाग्यो ।

भेलामा उठेका सबैकुरा मनमयोग्य छन्। तर मैले देखेको हामी ब्लगरहरुको एउटा 'सामुहीक समस्या' के हो भने हामी त्यस्तै जमघटको बेलामा मात्रै तात्छौँ र १-२ दिन पछि बिस्तारै सबै कुरा बिर्सँदै जान्छौँ।

भेलामा उठेका सबै एजेण्डाहरुका बारेमा एक-एक गरी गहिरो विचार-विमर्श नगरेसम्म भेलाको समयमा जुटेका उर्जाको सार्थकता कायम रहँदैन् ।

हुन त दौँतरीले नै initiation लिनुपर्छ भन्ने केही छैन्, तर दौँतरी वा अरु कोही ब्लगरले पोस्टको माध्यमद्वारा हरेक एजेण्डाको बारेमा बृहत छलफल गराउनै पर्छ । त्यसो गरे मात्र कुनै ठोस निर्णयमा पुग्न सकिन्छ ।

हजार व्यवधान र समस्याका बाबजुद भेला सफलता पूर्वक समापन गरेकोमा दौँतरी र सबै ब्लगर साथीहरुमा हार्दिक बधाई !!!

Unknown said...

ब्लगको उल्लेख्य रुपमा बिकास गर्न नसकेपनि भेलामा उपस्थिती त जनाउन मन थियो तर भेलामा सहभागी हुने उत्सुकताको बावजुद पनि उपस्थित हुन नसकेकोमा अति नै खल्लो लाग्यो ।

Nepalean said...

भेलाको समयमा सबै तात्ने तथा पछी सबै सेलाउने कुरा मैले पनि अनुभव गरेको छु। त्यसैले भेलामा ठुला ठुला एजेण्डा राख्नुको सट्टा नेपाली ब्लगलाई प्रभावकारी बनाउने साना तिना एजेण्डा तिर जोड दिएको थिएं। यही भेलाको समिक्षा पेजमा छलफल गरेर कसरी यि कुरालाई कार्यनवनमा ल्याउने त्यस तर्फ सबैले सोचे उत्तम हुनेछ।

टप १० ब्लग पोष्टको बारेमा मेरो के भनाई छ भने हरेक ब्लगरको टप १० फरक फरक हुन्छ। आफ्नो ब्लगमा जती टप राख्दा पनि हुन्छ। यसमा समय अलि खर्चिन्छ तथा समष्टमा धेरै ब्लग कभर नगर्न पनि सक्छ तर अन्य ब्लगर मित्रहरुको लेखलाई आफ्नो ब्लगमा राम्रो छ है भनेर राख्नुले पक्कै पनि अन्य ब्लग तर्फ पाठक जान प्रेरणा मिल्दछ।

नेपाली ब्लग सर्कलको टेम्पलेट छिटै नै दौंतरीमा राख्दैछौं। त्यसले पनि नेपाली ब्लगरलाई दौतरीका पाठकबाट केही सहयोग पुग्गला कि?

LuvNepal.Com said...

मैले हरेक शनिबार मलाई राम्रो लागेका टप १० पोस्ट राख्ने छु।।।

NKM said...

Top Ten hoina, Favorite Ten.
We are not judging anyone here ;)
Most of Nepali Blogs written with passion are good enough in their respective area. The top may not be the favorite and vice versa.

Cheers!

दूर्जेय चेतना said...

निकै ढिलो गरी खबर पाईएको थियो भेलाको यस पटक तर पनि आज सम्मको भेला नछुटाईकन भाग लिईयो। पछि पछि पनि समय मिलाउने नै छु।
बल्गर भेलामा कुराहरु राम्रा उठ्छन् मननयोग्य कुराहरु सुझाउछन् सबैले, बृहत छलफलमा भागै नलिए पनि सम्मेलनमा उठेका कुराहरु हेर्दा र पढ्दा नै आननद आउछ। तर मेरो ब्यक्तीगत विचारमा पहिलो भेला जस्तो सिस्टमेटीक र औपचारिक त्यस पछिका कुनै पनि भेलाहरु लागेका छैनन् र भएका छैनन्। तर यो कामको निरन्तरता ठूलो कुराहो। दौतरीले लिएको यो कदम साह्रै सुन्दर छ। निरन्तरताको शुभकामना पनि।।
मैले देखेको वा अनुभब गरेको कुरा के हो भने, आफूले राखेका कुराहरुमा बहस नहुदा, वा आफ्ना कुराहरु कसैले नसुनिदिदा.. अगाडिको बल्ग सम्मेलनमा उत्साही सहभागी भएर पनि पछिल्लो भेलाहरुमा त्यती चासो नदिएको जस्तो लाग्यो। यो त बहस गर्ने आफ्ना कुराहरु राख्ने र सुन्दर नाता जोड्ने कडी हो। सकरात्मक बिचारले सबै कुराहरु सुन्दर हुन्छन्।
मलाइ त सम्मेलनमा सहभागी भएर निकै खुसी लाग्यो।।
दौतरीको जय होस..

Nepalean said...

टप टेन राख्नु नराम्रो होइन। आफ्नो ब्लगमा आफूंले मन परेको १० ब्लग लेख राखेर पाठकलाई यो पढ्नु भनेको हौसला दिनु नै हो। अब फेसबुकमा त "लाइक" भनेर आउंछ भने नेपाली ब्लगमा लाइक भनेर राख्ने राम्रै हुन्छ।

सायद सबै ब्यस्त भएर हो या के हो, भेलामा सहभागी भएर उत्साह देखाए पनि त्यसमा निर्णय भएका कुरालाई
निरन्तरता दिन गार्हो हुन्छ। यो एक अर्थमा पनि ठिकै हो। आफ्नो ब्यस्त समयलाई अलकती भए पनि आफ्नो ब्लगमा खर्चिनु नेपाली ब्लग जगतको लागी त्यही नै ठूलो योगदान हो। तर यांहा भएका नेपाली ब्लग बारे बहस गरेर २-४ शब्द खर्चिनु पनि उचितै होला।

यस पटक खबर अली ढिला भएको हो। खासमा अगष्ट १ मा हुनुपर्ने तर भुलिएछ। त्यसैले आउने हप्ता राखिएको हो। समस्या के भने भेला जहिले भए पनि यस्मा लागेर सबै कुरा तयार पार्ने उतिकै गार्हो पर्छ। त्यसैले भेला भनेर समय मिति तय गरिहाले पछी त्यी मितीमा नै भेला गरिएको हो। अर्को पटक राम्ररी बिचार पुर्याउनुपर्ला।

म त के भन्छू भने सबै ब्यस्त हुंदा धेरै गर्न सकिदैन,बरु थोरै गरौं राम्रो गरौं।

जय ब्लगिगं

Commenter said...

Nepali time ho ki American time ho bhela ko...ma aauda ta sunsan thiyo... ali clear bhayena admindautari ji,

Blog ramro banauna kosis garnu bha chha..ramro kura ho...nepali haru ko yeutai kisim ko blog hunchha...sabai gagets haru ladchhan..gundruk jasto hunchha nepali blogs haru..malai tyesto man pardaina...tyesto software haru post ma rakhnu ni...je paye tyehi, ani site khulna nai time lagne...

That's why there's not much traffic in Nepalse blog....

Nepalean said...

कमेन्टेटर जी भेला सकिसक्यो। भेलाको ब्यानर हेर्नुभएको भए प्रष्ट हुन्छ भेला श्रावन २२, बिहान नौ बजे भनेर लेखिएको थियो। भेलाको टेक्स्ट राख्ने रहर हुंदा हुंदै च्याट साइटको प्राविधिक समस्याले गर्दा अहिले सम्म च्याट आर्काईभ उपलब्ध हुने सकेको छैन। च्याट साइटकै भाइस-प्रेसिडेन्टलाई भनसुन गर्दा नि अहिले सम्म उपलब्ध हुनेसकेको छैन।

तपाइले भनेका कुरा निकै घतपर्दा छन। प्राय नेपाली ब्लग खोल्दा पप-अप आउने या साइट खोल्न पनि ब्रोडबेण्ड इन्टरनेटबाट पनि २-३ मिनेट या बढी लाग्ने गर्दछ। साथै नाना थारी ग्याजेट राखेर ब्लगहरु भारी पारिन्छ तर ब्लग खुराकमा निकै कम ध्यान दिइन्छ। तर त्यसो भन्दैमा राम्रा पठनिय सामाग्री हुने नेपाली ब्लग भने नभएका होइनन।
नेपाली ब्लगमा बिभिता नभएका त होइनन तर एउटाको सिको अर्काले गर्ने हुंदा कति ब्लग हेर्दा उस्तै उस्तै लाग्छन त कतीमा एउटा सामाग्री प्राय सबै ब्लगमा भेटिन्छन। तर यो संस्कार भने बिस्तारै घट्दै गएको छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !