July 31, 2010

भडास ।

निकम्माको हुललाई महायोग्य मान्यौं हाम्ले ।
मुढ, मन्द, बेकार सबलाई अति विज्ञ जान्यौँ हाम्ले ।

कि गाई भा’भे हुन्थ्यो कि साँढे नै सही,
कस्ता-कस्ता नालायक यी गोरुहरु छान्यौँ हाम्ले ।

शान्ति श्वस्ति जप्दै आ’थे अनेकानेक जत्था जब,
स्याल गिद्ध, हुँडार सबै शाकाहारी ठान्यौँ हाम्ले ।

जान्छौँ, बुझ्छौँ, गर्छौ, सक्छौँ भन्नेहरु कति कति,
सबले बोले, सबले भने, सबको कुरा मान्यौँ हाम्ले ।

पद-पैसा, पहिचान र परिवारमै सबै लागे ।
लाग्दैछ आफ्नै खुट्टाँ,आफैँ बन्चरो हान्यौँ हाम्ले ।



9 Comments:

Luna said...

ठरकी दा !
तपाइले भन्नु भा कुरा यथार्त नभैदिए म कत्ति खुशी हुन्थे - - - -
हामि नेपालीले रोजेका धेरै नेताहरु यस्तै नै परे , कति लाइ त रोज्दै नारोजिकन
पनि राजनेता मान्न बाध्य पारिए - - उदाहरणको लागि सरकार आधि भन्दा बढी
हरुबा हरुले चलाउनु - -
यस्तो भए पछी हाम्ले कस्तो गित गाउने त ?

Anonymous said...

पद-पैसा, पहिचान र परिवारमै सबै लागे ।
लाग्दैछ आफ्नै खुट्टाँ,आफैँ बन्चरो हान्यौँ हाम्ले ।
वा वा ठरकि जी चोटीलो प्रहार दिनू भयो ।माने ।,,,,,
खलानको मान्छे

Anonymous said...

hanau hanau bancharai hanau,sabai daure ra bancharo banau.
Astu.

sanu jange said...

yathartha chitran, wastab ma ati nai samayanukul... badhai yaha lai

Nepalean said...

यो भडास भनेको के हो नि? बुझ्नै गार्हो भो के।

हाम्रा निकम्मा लेख,समाचार,कबिता हुंदै गजलमा पनि छाउन थाले। भाग्य पनि गतिलै
ल्याएका रहेछन। काम गर्नु शुन्य तर गफको शिर्षकनै तिनीहरु हुने गर्छन। धन्न छन हाम्रा
सभासदहरु। कतै सुनेको एक दुई जनता त कखरा पनि नखुट्टाउने छन रे। हो नपढ्नेको
पनि बुद्दी हुन्छ तर अक्षर नै खुट्टाउन नसक्नेले के को संबिधान लेख्छन? संबिधान त उही
छेपाराको उखान जस्तै होला नि।

आफ्नै खुट्टामा बन्चरो हानेम कि अरुले आएर हाम्रो खुट्टामा बन्चरो हाने त्यो भने सोच्नै पर्ला है। मलाई त यो लोकतन्त्र भारतबाट आयतित जस्तो लाग्छ।
१२ बुंदे पनि दिल्ली तिरै बन्यो अब यो लोकतन्त्रको लाज जोगाउन संबिधान पनि उतैबाट
बनेर आए त होला, नेपालमा संबिधान त बिरबलको खिचडीसंगै तयार हुनेछ।

sanu said...

man paryo. dherai ramro chha.

Garima said...

maile pani bhujhina Bhadas? kabita ramro chha THARAKI DADA. aRU RAMRO kabita pani padna paiyiyos.
Thanks.

Kathmandu today said...

Good post.

ठरकि दादा said...

कमेन्टको लागि सबैमा धन्यवाद। केही दिन व्यस्त रहेकोले यता सहभागिता जनाउन पनि पाएको थिइँन ।

अब यो "भडास" को कुरा। यो भडास भन्ने शब्द वास्तवमा ठेट नेपाली शब्द भने हैन। हिन्दी र उर्दूमा प्राय: मनका तिक्तता वा मनमा रहेको तीब्र असन्तोष पोख्नु लाई भडास भन्ने गरिन्छ । नेपालीमा आफ्नो मनको भावना व्यक्त गर्ने ठ्याक्कै शब्द नभेटेको र गुण र मात्रा हेर्दा असन्तोष मा सीमित नभइ "भडास" नै बनिसकेको ले यो शब्द प्रयोग गरेको हुँ ।

सबैमा पुन: एक पटक धन्यवाद ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !