July 13, 2010

सुन्दर फूल

शिव प्रकाश

बगैंचामा सुन्दर फूल, एउटा फुलेको थियो
कलेजीमा कतै उनकै, तस्वीर डुलेको थियो

दिन बित्थे पर्खाइमा, तृष्णा पाली मनभरी
मादक बन्थे रातहरु, जुनतारा खुलेको थियो

वर्षातको रात थियो, मीठो मात थियो रातको
वयल खेल्थे यौवन, तन मन झुलेको थियो

बग्थ्यो यौवन सिन्धु, घुम्टो ओढी गोधुलीमा
डुङ्गा सरी यो मन, किनारामा भुलेको थियो

बगैंचामा सुन्दर फूल, एउटा फुलेको थियो
कलेजीमा कतै उनकै, तस्वीर डुलेको थिया ।

2 Comments:

Luna said...

very nice poem !

Nepalean said...

Utai utai maan dulayera po shiva dai haraunu bhayeko rayecha. Gajal ramro lagyo. Fheri fheri pani lekhnu hola.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !