June 13, 2010

3 G को जमाना

नरेन्द्र रौले
टेलिकमले बिस्तार गरेको नया सुबिधा प्रति मानिसहरुको आकर्षण बढ्दो, तर गुणस्तरमा कमी आएको गुनासो ।
प्रिपा ९ कपिलबस्तु स्थायि घर भएका सन्तोष न्यौपाने नौ महिना अघि बेल्जियम पुगेका थिए । बेल्जियमको बु्रगी शहरमा बसोबास भएका न्यौपाने, २२ पेसाले पत्रकार हुन् । नेपालस्थित टेलिभिजन च्यानल न्युज २४ का बेल्जियम प्रतिनिधी उनी नेपालइजरायलडटनेट, रेडियोटिटानडटकम जस्ता अनलाइनमा पनि आबद्ध छन् । बेल्जियममा पाइलो टेके देखि नै न्यौपानेले एप्पल ब्रान्डको थ्रि जि मोबाइल चलाउन थाले । यतिबेला उनको पेसामा अभिन्न सहायक बनेको छ , थ्रि जि
  मोबाइल ।
न्यौपाने संलग्न रहेको रेडियोटिटानडटकम अनलाइन रेडियो हो । जसमा उनी कार्यक्रम संयोजक छन् । धेरै जसो समय आवाज संग खेलिरहनुपर्ने हुन्छ । नेपाल स्थित टेलिभिजन च्यानल न्युज २४ मा समाचार रिपोर्ट पठाउदा आवाज र तस्विर दुबैको आबश्यकता पर्छ । यिं दुबै कामको लागी थ्री जि अत्याबश्यक बनिसकेको छ । ब्यबसायिक कामका लागी भिडियो रेर्कर्ड र भ्वाइस रेर्कर्ड गर्ने न्यौपाने आफ्ना साथीहरु संग बिशेषत भिडियो कल गर्छन् र अरु बेलामा इन्टरनेट चलाउछन् ।

कुनै बेला इन्टरनेट चलाउन पाउनु सपना जस्तै लाग्थ्यो, लङ्कु ६ चितवनका आशिष रिजाल, १९ को लागी । तीन बर्षअघि विद्या विकास इंगलिस बोर्डिङ स्कुल अध्ययनरत छंदा बीस मिनेट साइकल चढेर नारायणगढ बजार आइपुग्थे उनी । इमेल चेक गर्नकै लागी भनेर ५० रुपैया तिरेर साइबर पस्थे उनी । त्यो पनि इन्टरनेट एकदम ढिलो गरी चल्थ्यो ।
तिनै आशिष रिजाल अहिले दंग छन् । स्कुले जीवनमा जुन रहर पुरा गर्न पाएनन्, त्यो अहिले पुरा गरिरहेका छन् । गएको पांच महिना देखि उनको खल्तिमा थ्रि जि मोबाइल छ । जर्मनीबाट उनकि आमा लक्ष्मीदेबीले थ्रि जि सेट पठाइदिएपछि यसमा धेरै सुबिधा लिन थालेका छन् उनले । दैनिक ६ घण्टा भन्दा धेरै समय इन्टरनेटको दुनियामा बिताउंछन् आशिषले । अष्टे्रलियामा रहेका दाइ संग भिडियो कल गर्छन्, साथीभाइहरु संग एमएसएन, इबडि, याहु म्यासेन्जर, फेसबुक मार्फ नियमित सर्म्पर्कमा रहन्छन् । मन परेका किताब पढ्छन् । ह्वाइट हाउस कलेजबाट विज्ञान विषयमा प्लस टु उर्त्तिर्ण आशिषको लागी पढाइ मा पनि थ्री जि मोबाइलले ठूलै सहयोग पुर्‍याइरहेको छ । जीवनमा इन्जिनियर बन्ने सपना पालेका छन् आशिषले । त्यो आकांक्षा पुरा गर्न राम्रा इन्जिनियरीङ कलेजहरु खोजिरहेका छन् यतिबेला । सके पुल्चोक इन्जिनियरिङ क्याम्पस नत्र भारतको कुनै इन्जिनियरीङ कलेजलाइ आफ्नो गन्तब्य बनाइरहेका छन् उनी ।
धेरै कुरामा थ्री जि मोबाइल सजिलो लाग्न थालेको छ आशिषलाइ । सानो स्क्रीन, चलाउन पनि सजिलो छ । पैसा पनि निक्कै सस्तो । १०० केबिको जम्मा ०.२५ पैसा मात्रै । टु जि भन्दा त कैयौ गुणा बढी छिटो चल्ने । साइबर धाइरहनु पनि परेन । आफुलाइ मन परेका म्युजिक भिडियो, गीत, प्रोगाम पनि थ्री जि मोबाइल मार्फ नै डाउनलोड गर्छन् उनले । आफुले प्रयोग गर्दै आएको थ्री जि मोबाइलका आएको बारे उनी भन्छन् , "मेरो पढाइ संग संगै साथीभाइ संग अपडेट हुन, रमाइलो गर्न यसले सघाएको छ ।

यहा लिइएका सन्तोष र आशिष दुइ प्रतिनिधी पात्र हुन्, जसले थ्री जि -तेस्रो पुस्ता) मोबाइल प्रयोग गरिरहेका छन् । बदलिदो समय, दिनहु भित्रिने नया नया सूचना प्रबिधि संग अभ्यस्त हुन खोज्दैछ शहरी पुस्ता । मानौ अब आरामदायि ढंगले नया सुबिधा र एप्लिकेसन भएको थ्री जि बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । टेलिभिजन हेर्न मन छ तर घरमा बत्ति गएको छ , अत्याबश्यक काम गर्नु छ साइबर जानु पर्‍यो तर टाढा छ , त्यहा ठुलै भीड छ वा अरु केहि समस्या छ , गीत सुन्न र म्युजिक भिडियो हेर्न मन छ , तर तपाइको कम्प्युटरमा इन्टरनेट कनेक्सन एकदम ढिलो छ, तपाइ कतै जांदै हुनुहुन्छ बाटो हराउनु भयो, यिं सबै समस्याको समाधान थ्रि जी हुन सक्छ ।

आवाज मात्र सुनिने, सिमित क्षमता र थोरै मात्रै प्रयोगकर्ता भएको र एनालग टा्रन्समिटर भएको वन जि अब लोप भएर गइसक्यो । त्यस लाइ बिस्थापित गर्दै नया रुपमा टु जि आयो । जसले जिपिआरएस , जिएसएम रेडियो र एसएमएस लगायतका सुबिधा दिलायो । मानविय गुण नै हो जति सुबिधा पाएपनि थप सुबिधा खोज्ने । टु जि ले मात्रले पनि चित्त बुझेन । र टु जि बिस्तार हुंदै त्यसैको नया रुप आयो थ्रि जि मोबाइल । जसले मानिसहरुको दैनिक जीवनलाइ सहज बनाउंदै छ ।

नेपाल टेलिकमले दक्षिण एसियामै पहिलो पटक तीन बर्षअघि सन् २००७ मा काठमाडौको रिङ रोड भित्र मात्र थ्रि जि सेवा दियो । सुरुमा बीस हजार प्रयोगकर्ताहरुलाइ लक्षित गरेर सेवा विस्तार गरिएको थियो । जम्मा ८ वटा टावर मात्र निमार्ण गरिएका थिए । रु ४१९५ तिरेर प्रिपेड सिमधारीले मात्र थ्रि जि सेवा लिन पाउंथे । पोस्ट पेड सिमधारीलाइ खुला गरिएको थिएन । तर सन् २०१० जनवरीबाट दुइ लाख प्रयागकर्ताहरुलाइ लागी लक्षित गरेको नेपाल टेलिकमले काठमाडौ र भक्तपुर आसपासमा ६४ वटा टावर निमार्ण्र गरिसकेको छ । र पोष्टपेड सिमधारीलाइ पनि यो सेवा दिन थालिसकेको छ । काठमाडौ बाहिरका शहर मध्ये पोखरामा ८ वटा टावर पनि बनिसकेका छन् । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापाले दिएको रेर्कर्ड अनुसार दुइ हजार पोष्टपेड र एक हजार प्रिपेड गरी हाल सम्म जम्मा तीन हजारले नेपालमा थ्री जि सुबिधा लिइरहेका छन् ।

सुरुमा प्रिपेड मोबाइल कर्ताका लागी मात्र खुला गरिएको थ्री जि सेवा लिन रु ४१९५ तिरेर रजिष्टे्रसन गर्नु पथ्र्‍यो । फागुन २० गतेबाट दुबै सिम प्रयोगकर्ता लागी खुला गरिएपछि रजिष्टे्रसन शुल्कमा पनि हेरफेर गरियो । अहिले प्रिपेड सिम प्रयोगकर्ताले रु १५०० र पोष्टपेड सिमकर्ताले २१३० रुपैया तिरेर रजिष्टे्रसन गर्न सक्छन् । दुइटैमा रु एक हजार बराबरको ब्यालेन्स हुन्छ । शुल्क घटाइएकाले यो सुबिधा लिनेहरुको निकै भिड बढेको छ । राजधानीका त्रिपुरेश्वर, पुल्चोक स्थित कार्यालयबाट दैनिक कम्तिमा तीस जनाले रजिष्टे्रसन दर्ता गराउने गरेका छन् । पोष्टपेड सिम प्रयोग कर्ताले रु २५० तिरेर उहि नम्बर प्रयोग गर्न पाउछन् भने प्रिपेडले नया नम्बर र सिम लिनुपर्ने ब्यबस्था छ । विद्यार्थी, पत्रकार, इन्जिनियर ,ब्यापारी, पाइलट, बिभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरु थ्री जि का प्रयोगकर्ता बनेका छन् ।

मोवाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्य तिनै प्रयोगकर्ता मध्ये एक हुन । उनले आफ्नो कार्यालय र घरमा बत्ति गएका बेला टेलिभिजनमा समाचार हेर्छन् । दिनहु कहा के घटनाहरु भए तिं कुरा जान्न उनी उत्सुक हुन्छन् । यस बाहेक उनले इन्टनेट चलाउछन् । नेपाल टेलिकमका इन्जिनियरका प्रक्षेप थापा लाइ बिशेष गरी वर्ल्ड कप हेर्न मन पर्दोरहेछ । "नेर्टवर्क चलिराखेको छ कि छैन, चेकजांच गर्न पनि मैले थ्री जि प्योग गर्छु" उनी भन्छन् । सबैलाइ थ्रि जि ले फाइदा दिएको छ भन्ने अबस्था चाहि छैन । जस्तो कि धुलीखेलको आइटि पार्कमा कार्यरत ज्वलन्त श्रेष्ठले चलाएको एक महिनामै थ्रि जि बन्द गरे । "धेरै जसो समय कामका लागी काठमाडौ बाहिर जानुपर्दा कामै नलाग्ने ।" ज्वलन्त भन्छन् । उनका अनुसार यो सेवा देशैभरी बिस्तार गरिनुर्पर्छ र मुल्य अझै कम गरिनुर्पर्छ ।

प्रबिधिको तुलनामा नेपालले निश्चय पनि फड्को मारेको हो । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापा पनि यो कुरा स्वीकार्छन् । थापाका अनुसार भारतमा जम्मा तीन हजार पाच सय प्रयोगकर्ता छन् भने नेपाल जस्तो सानो मुलुकमा तीन हजार छन् । सुरुवातको हिसाबले पनि नेपालले नै अगाडी यो सेवा बिस्तार गरेको हो । तर इन्टरनेट बाहेक अन्य सेवामा नेपाल टेलिकमले सोचे अनुरुप राम्रो गुणस्तर दिन भने सकेन । जुन समस्यापाइलट नरेन्द्र शाह, ३१ र ब्यापारी हिङ्गुन इफ्रान, ४० ले भोगिरहेका छन् । शाहले बिगत एक बर्षो अबधिमा भिडियो कल निकै कम प्रयोग गरेका छन् । र इफ्रानले पनि दुइ महिनाको अबधिमा जम्मा दुइ पटक प्रयोग गरेका छन् । कारण उहि न्युन गुणस्तर हो । " भिडियो कल गर्दा तस्विर प्रष्ट देखिदैन र ठूलो आवाजमा कुरा गर्नुपर्छ ।" इफ्रान भन्छन् । नेपाल टेलिकमका प्रबक्ता सुरेन्द्र प्रसाद थिके चांडै त्यो समस्या समाधान हुने बताउछन् । " उपत्यकामा एक सय टावर बनाउदैछौ । नेर्टवर्कमा आउने त्यस्तो समस्यामा कमी आउनेछ । " प्रबक्ता थिकेले भने ।

थ्री जि सेवा लिन सकिने मोबाइल सेटहरु
मोडेल: X6 Nokia
मूल्य रु चौंतिस हजार
मेमोरी : १६ जिबि
सुबिधा : ५ मेगापिक्सेल क्यामेरा,
ब्याटि्र : टु जि का लागी साढे ८ घण्टा र थ्री जि का लागी ६ घण्टा
मोडेल : नोकिया 5800
मूल्य : रु २४,७५०
क्यामेरा : ३.१५ मेगापिक्सेल
ब्याटी्र : टु जि का लागी ८ घण्टा ४५ मिनेट, थ्रि का लागी ५ घण्टा
मोडेल : सामसुङ B5310
मूल्य : २१,७००
ब्याटि्र : ८ घण्टा
मेमोरी : १६ जिबि
सोनि इरिक्सन w705
मूल्य : २३,५००
ब्याटि्र : १० घण्टा
मेमोरी : ८ जिबि
सोनि इरिक्सन c 902
मूल्य : २३,५००
ब्याटि्र : १० घण्टा
मेमोरी : ८ जिबि
क्यामेराः ५ मेगापिक्सेल

6 Comments:

Dinesh Chandra Panthy said...

आफ्नै अफिस सम्बन्धित लेख परेछ यो त। रमाईलो लाग्यो। informative पनि छ।
दिनेश

Narendra Raule said...

tapai kun office ma kam garnu hun6 Dinesh ji ?
cai know you ?

Dinesh Chandra Panthy said...

मेरो अफिस nepal telecom नरेन्द्र जी ।

Nepalean said...

US tira 4 G chaldai chha. tara 2-3 inch ko phone ma k dhekiyela? kehi samay agi 10 " ko lap top kineko thiye. 100% gare sano dhekincha. 150% garera ada matra screen aucha. sano electronics bastu rakhan dharan garna ta sajilo tara prayog garda nikai jhanjhat. Mero cell phone ma power point,excel chha , kineko 2 barsa huna lagyo khaile use bhayeko hoina. yo phone ma aune jhilimili commercial hype matra ho ki jasto lagcha.

नरेन्द्र रौले said...

Dinesh ji,
yo news kantipur publications ko NEPAL weekly ma pani publish vako chha.current issue ma. hami vatnu par6 Dinesh ji.maile IT (information technology) ko news lekhchhu.so, you can add me ([email protected])

Dinesh Chandra Panthy said...

sure we can meet naredra jee. i have added you in my GTALK.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !