May 4, 2010

गौरवशाली दलको नयाँ सोच !

गौरवशाली दलका महान नेतालाई देशको स्थितिवारे प्रकाश पार्न पत्राकारले अनुरोध गरे। उनले दाहिने हातको मुठ्ठी बाटरे हावामा मुठ्ठी हल्लाउँदै भने:

“वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।

वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गरी राज्यको अग्रगामी पुनःसंरचना गर्न हामीमात्रै सक्षम छौं। बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नयाँ सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।


आधुनिक शिक्षा प्रणालीको वारेमा तपाईको धारणा बताईदिनुस न” । कसैले दलकै अर्कै प्रभावशाली नेतृलाई सोधे:

नेतृले पण्डितले कठस्थ श्लोक भट्याएको पाराले भनीन् :

“वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।

वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गरी राज्यको अग्रगामी पुनःसंरचना गर्न हामीमात्रै सक्षम छौं। बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नया सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।


हालको आन्दोलन कसरी अगाडि बढ्छ ?” एकजना टेलीभीजनका सम्बाददातले आन्दोलनको अगुवाई गर्दै रहेका स्थानीय नेतालाई प्रश्न गरे:

“वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।

वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गरी राज्यको अग्रगामी पुनःसंरचना गर्न हामीमात्रै सक्षम छौं। बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नया सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।


विदेश भ्रमणमा पुगेका दलका प्रतिनिधिसंग विदेशी पत्रकारहरुले जिज्ञासा राखे: “नेपाल पर्यटन वर्ष २०११ को तयारी कस्तो चल्दै छ?”

“वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । …… ……………………… …………………………….   …………………………

बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नया सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।

दलका विद्वान प्रतिनिधीले एकै सासमा आफ्नो उत्तर सिध्याए ।



11 Comments:

पुष्प said...

योभन्दा बढी अरु केही सुन्नुभएको वा सुन्नचाहनुभएको रहेनछ ठरकीजीले । हुन त सुन्नलाई ल्याकत पनि त चाहियो नि ।

Anonymous said...

आफैं कहिले पनि नसोच्ने र कण्ठस्त गरिएका माओ पुराणका श्लोकहरु प्रश्न र विषयको सन्दर्भलाई समेत नहेरी टेप रेकर्ड जस्टै गरेर दोहरयाउने कमरेडशैली को क्या रमाईलो वयान गयो ।

आन्दोलन पिडीत नेपाली

mskhanal said...

दर्हो छ। कमरेडहरुले कमेन्टमा पनि त्यहि जस्ताको तस्तै लेख्न बेर छैन।हाहाहाहा

Nepalean said...

यो त गाइको कथा जस्तै भयो नि। एउटाले परोक्षा तयारी गर्दै रहेछ। उ जे आए पनि गाईकै उत्तर दिने भनेर तयार भएछ।
प्रश्न नं १ मा नेपालको बारेमा लेख्नु भनेर आएछ। उसले उत्तर सुरु गर्यो,नेपाली चिन र भारत बिचमा पर्छ।उत्तर तिर हिउं र दक्षिणतिर सम्म मैदान पर्छन। तर गाई जांहा पनि पाइन्छन। गाइ हाम्रो राष्ट्रिय जनावर हो। गाइका चार खुट्टा एक पुच्छर हुन्छ। उसका दुइवटा सिंग पनि हुन्छन। गाइले निकै दुध दिन्छ। उसले गांस र पानी खान्छ।
प्रश्न नं २ मा नेपालको खोलानाला बारेमा लेख्नु भनेर आएछ। उसले उत्तर दिएछ नेपाल जलस्रोतको धनि देश हो। नेपालमा प्रशस्त खोला नाला छन। त्यही खोलाको तिरमा घांसे मैदान हुन्छ जांहा गाइबस्तु चर्ने गर्छन। गाइ हाम्रो राष्ट्रिय जनावर हो। गाइका चार खुट्टा एक पुच्छर हुन्छ। उसका दुइवटा सिंग पनि हुन्छन। गाइले निकै दुध दिन्छ। उसले गांस र पानी खान्छ।
प्रश्न नं ३ मा हवाईजहाजको बारेमा लेख्नुहोस भनेर आएछ। उसले उत्तर दिएछ नेपाल जस्तो पहाड भएको देशमा हवाईजहाजको ठूलो आव्स्यक्ता छ। झन यो बन्द जामले गर्दा जहाजको उपयोज अझ बढेको छ। म पनि हवाई जहाज चढेको छु। एक पटक हवाइजहाजबाट तल हेरेको गाइ चर्दै रहेछ। गाइ हाम्रो राष्ट्रिय जनावर हो। गाइका चार खुट्टा एक पुच्छर हुन्छ। उसका दुइवटा सिंग पनि हुन्छन। गाइले निकै दुध दिन्छ। उसले गांस र पानी खान्छ।
प्रश्न नं ४ मा तपाई नेपालको प्रधानमन्त्री भए के गर्नुहुन्छ भनेर आएछ।उसले उत्तर दिएछ नेपाल गरिब मुलुक हो। याहां भोक रोग र अकिक्षा ज्यादै छ। त्यसैले सबैलाइ गाइ पालेर गाइको दुध बेच्न लगाएर रोजगार बढाउछु। गाइ हाम्रो राष्ट्रिय जनावर हो। गाइका चार खुट्टा एक पुच्छर हुन्छ। उसका दुइवटा सिंग पनि हुन्छन। गाइले निकै दुध दिन्छ। उसले गांस र पानी खान्छ।
......यस्तै यस्तै।

ठरकी जीको ब्लगबाट मलाइ यही कथाको सम्झना आयो। अब कसैको परिक्षा आइरहेको छ भने ढुक्क हुनुहोस र गाईको कथा तयार गर्नुहोस।

कृष्ण पौडेल (Krishna Paudel) said...

हो हो साँच्चै यस्तै छ क्रान्तिकारीहरूको भाषा ,सदाबहार ।

पीजी said...

नेपाली जनताको विशाल क्रान्तिद्वारा निर्देशित यो आन्दोलनले कठपुतली सरकारलाई भग्नावशेष पनि नरहने गरी जरै दैखि निमिट्यान्न पार्दै विदेशी प्रभु हाम्रा मात्रै हुन र यिनीमाथिको एकाधिकार माने हाम्रो मात्रै हो भन्दै सडकबाट आन्दोलन गर्दै हाम्रा कामरेडलाई दिल्ली पठाएका छौं किनकी "बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नया सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।” हामी विधी कानून सिस्टम आदि मान्दैनौ । हामी डिजेल पेट्रोलले चल्ने गाडी मान्दैनौ, हामी कल कारखाना पनि मान्दैनौ । हामीलाई सत्ता चाहिएको छ सत्ताको लागि हामी जे पनि गर्छौं । हाम्रा लाखौं कार्यकर्ता काठमाडौं उत्रन्छन सडकमा भात खान्छन, ४ घण्टा लगाएर आएको बाटो २ दिन लगाएर फर्किन्छन किनकि "बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नया सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।” अरुले कलकारखाना, यातायात चलाएर देश बनाउछन हामीले कलकारखाना, यातायात बन्द गरेर गोली र लाठी चलाएर देश बनाउछौं किनकि "बाँकी सबै विदेशी................हाम्रा ......... ”

Rajan said...

What a writing !.

I had exactly the same feelings, those people actually do not 'speak' they only recite what had been 'inserted' to their minds like parrots. No matter what is the topic and what is the subject of the thing, they just playback the doctrine fed to them ...poor parrots :)

Great post Tharaki bro !

पुष्प said...

सोच हुनेहरूले भन्नुपर्यो नि समग्र विकासको आधार के-के हुन् भनेर । कि सत्ता पाएजस्तै विचार पनि 'उतै'बाट आयात गर्नुपर्ने हो ? होइन भने कसैको नवीन प्रगतिशील विचार र त्यसलाई आत्मसात् गर्नेहरूका विरुद्ध विषवमनको कुनै अर्थ छैन ।

ठरकि दादा said...

पुष्प जी,
पहिलो कुरा त 'सुन्न'लाई ल्याकत चाहिने कुरा गर्नु भएको रहेछ । विल्कुल गलत कुरा हो सुन्नलाई ल्याकत चाहिन्न । ल्याकत बोल्न चाहिन्छ । यहाँ मैले 'बोल्न' भनेको मतलव 'सुगा रटान' गर्न भने होईन । सुगा रटानको लागि त सुन्नलाई जत्ती ल्याकत पनि चाहिन्न।

अर्को कुरा विचार उताबाट आयात गर्नु पर्ने कुरा कताबाट आयो?। यो कुरा न मेरो व्यङ्यमा छ न त कुनै साथीको कमेण्टमा ।

ममा ल्याकत नभएको कुरा त ताईले माथी लेखिसक्नु भएकै छ त्यसमा मलाई आफ्नो ल्याकत भएको प्रमाणीत गरेर पुरस्कार थाप्नु पनि छैन र त्यतातर्फ जान्न । तर माथिको व्यंङ्य एकचोटी फेरि पढनुस त, के ल्याकत भएर बोल्ने मान्छेले दोस्रो व्यक्तिले आफूलाई के सोधेको छ भनेर सोच्नु पनि पर्दैन र? । जुन प्रश्नको पनि एउटैजवाफ हुन्छ भन्या ? ।

आफूमा ल्याकत नभएर मैले नबुझेको पनि हुनसक्छ , हैन भने यहि कमेण्ट मुनि माथी महेशजीले भन्नु भएजस्तै उही:

“वर्गीय रूपमा राज्यको पुनःसंरचना......हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।” लेखिदिए भै हाल्यो :)। (आखिर कसले के सोधेको छ र कुरा के हो भन्ने सोच्नै नपर्ने रहेछ)

प्रगतिशील विचारप्रति कुनै समस्या छैन, मेरो व्यङ्य 'प्रगतिशीलता' को नाममा कुरोको चुरो नै नबुझी 'क्यासेट प्लेयर'चलाउनेप्रति मात्रै हो, जसले साँच्चै भन्ने हो भने प्रगतिशील विचारकै अवमूल्यन गरिरहेको छ ।

नेपालियन जी,

तपाईको कथा पढेर राती सुत्ने बेलामा समेत हाँस ऊठ्यो... त्यो कथा त पोस्ट नै बनाउने पर्ने पो छ त :)।

अमुल्य समय दिएर केमण्ट लेखिदिनु हुने सबैमा धन्यवाद ।

Anonymous said...

nepali haru le comedy pani bujna chode jasto chha. aba yini haru pani al quedia bhanda kam holan jasto lagena.

Anonymous said...

हिँजो झडपमा घाईते एकजना मानिसलाई अस्पताल पुराएपछि डाक्टरले सोधेछन: तपाइलाइ अहिले कस्तो छ:

उनले पेनि त्यहि उततर दिएछन रे:
“वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।

वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गरी राज्यको अग्रगामी पुनःसंरचना गर्न हामीमात्रै सक्षम छौं। बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नया सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।”

हा हा हा हा
म त फेरि फर्केर आएँ, र यो पनि थपिदिएँ। नरिसाउनुस है थरकि दादा ।

आन्दोलन पिडीत नेपाली

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !