May 12, 2010

फेरियो पार्टीहरुको बोली

मैले केही पहिले भनेको थिए - जब नेपालमा कुनै देशको पाईखाना मन्त्री आउंछ,नेपालका पार्टीहरु हरेक घरमा चर्पी बनाउने उर्दी जारी गर्छन। त्यसको केही दिन पछी पून सबै खोल्सा,खोल्सी,बाटोको छेउ छाउमा दिशा बस्न जान्छन।

फेरी हिज आज त्यस्तै भएको छ। आमहडताल भन्दै मसान बोकेर आएको माओबादी जब एमाले र कांग्रेससित भैसेपार्टीमा नर्वेका राजदुतसंग भेट्न गयो लुत्रुक्क परेर मसान तिरै लाग्यो। खै कुरो के भयो त थाहा छैन तर हल्लामा चांही सरकार परिबर्तनमा कुरो भाको थियो रे। ति राजदुतले के मोहनी लगाए कुन्नी माओबादीले आफ्नो हडताल फिर्ता लियो। तिनीहरुका कार्यकर्ता कोही हटएट्याक भएर परमधाम पूगे केही रुंदै गाउं फर्किए। तर सहरका सुकिला बुद्दिजीबी भने माओबादीसंग खुबै
मुर्मुरीएका थिए। माओबादीले कुरा बुझिहाल्यो। स्कुल पढ्दा पढ्दै गरेकालाइ त फकाएर जनसेनामा सामेल गराउन सफल उनीहरु स्कुल पास गरेका सुकिला बर्गलाइ किन फकाउन सक्दैनथ्यो र? पांचतारे होटलमै बोलाएर सुकिलो बर्गलाइ मख्ख पारेर पठाए। झट्ट कुरा सुन्दा सबै नेपाली मख्ख पर्ने खालकै छ। अब माओबादीले चार महिनाभित्रमा सेना समायोजन गर्ने, ४/५ दिनमै वाईसियलको अर्धसैन्य संरचना समाप्त गरी वाईसियलको सबै व्यारेक बन्द गर्ने, एक/दुई दिनमै कब्जा सम्पत्ति फिर्ता गराउने भन्दै भटाभट प्रतिवद्धताहरु ब्यक्त गरे। उनका प्रतिबद्दताहरु तपाइहरुले पहिले पनि सुन्नु भएकै होला,अहिले पनि सुन्नुभो,ति प्रतिबद्दताहरु कति कायम हुन्छन एक/दुई दिन, ४/५ दिन या चार महिना नै कुर्नु पर्ने हुन्छ। प्रतिबद्दता मात्र भएपनि पाएकोमा सबै वाइसियाल पिढीतलाइ बधाइ। आफुले सत्ताको बागडोर समाल्ने कुरोमा भने माओबादीले कुरा बदलनेछ।

यता एमाले पनि के कम,आफ्नो बोली उजागर गरीहाल्यो। माधब कुमारको राजिनामा प्याकेज भित्र हुनुपर्छ रे। लाग्छ देश चाउचाउको खोल हो। मोटरसाइकल,साइकल,खेलौना सबै एक एकवटा चाइन्छ। उनीहरुको बैठकले माओवादी लडाकु समायोजन प्रक्रिया आरम्भ, अर्धसैनिक संरचना खारेज र कब्जा सम्पत्ति फिर्ता भएपछि मात्र राष्ट्रिय सहमतिको सरकार गठनको ढोका खुल्ने निष्कर्ष निकालेको छ। यी कुरा त प्रचण्डका प्रतिबद्दताको कपी भएन र? लाग्छ पार्टीहरुको प्रश्नका साथै उत्तर पूस्तीका उनै राजदुत महाराजले तयार पारे जस्तो छ। एमालेको ठहर पनि सबै पार्टीको सहमतीमै अगाडी बढ्ने रहेको छ।

नेपाली कांग्रेसको आधिकारीक कुरो भने बाहिर आइसकेको छैन। हुन त नेपाली कांग्रेसको न त आधिकारीक मान्छे हुन्छन न त आधिकारीक कुरो नै हुन्छ। सबै नेता आफ्नै स्टाइलमा भाषण छांट्छन,ताली बजाउने आफ्ना गुट छंदैछन। सरकारमा डाइपर बेबी पठाएका छन,उनी व्वां व्वां बाहेक केही गर्दिनन। अहिले उनको मुखमा प्यसिफ्यार छंदैछ क्यार। बांकी ३ मुखिया लिगलिग कोट तिर दौंडेदैछन। बाटोमै कसैले उछिन्ने हो कि तिनै मध्धे एक जना पहिले पूग्ने हुन लिगलिगकोटमै थाहा होला। बडा मुखिया जो सुकै हुन,एमाले,माओबादीसंग जोकर बनिहाल्छन, आधिकारीक कुरो नै किन गरिराख्नुपर्यो ?

यि ३ सांडेहरु मिले पछि बाच्छा बाच्छीहरु त्यसै पछि लाग्ने भइहाले। यसो हेर्दा नेपालीको तालूमा आलु फल्ला जस्तो छ। सरकारको चक्करमा बन्द र हडतालबाट पिडित नेपाली जनतालाइ बिदेशी प्रभूले गर्दा कल्याण होला जस्तो छ। बिदेशी प्रभु कि - जय,पशुपतीनाथ - कि जय। यिनीहरुको राज नेपालमा - कहिल्यै नगए।

10 Comments:

Anonymous said...

सत्ता नपाउन्जेल यि सबै नाटक हुन। सत्ता पाए पछी पनि चलाउन कांहा सजिलो छ र हजुर? उही बिदेशी प्रभूको आशिर्बाद नभै हुदैन? के गर्नुहुन्छ बाउ बाजे देखीको चलन।

Biplab said...

Prachanda ko boli satya hune bhaye ta nepal switzerland bhai saknu parne hoina ra? Nepal kaile hune ho switzerland tyo chhai bhanna bhulnu bhayecha. Sherbahadur k bhannu huncha , la padau:

काङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भनाई र गराइमा समानता नभएकोले एकीकृत नेकपा माओवादीलाई विश्वास गर्न गाह्रो भएको बताउनु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिठो र राम्रो बोले पनि कार्यान्वयन नहुने भएकोले विश्वास गर्न नसकिएको उहाँको भनाई छ ।
‘प्रचण्ड मिठो कुरा गर्नुहुन्छ । राम्रो बोल्नुहुन्छ । तर काम गरेर देखाउनुपर्‍यो नि’ माओवादीले बुधबार राजधानीमा आयोजना गरेको अन्तक्रिर्यामा प्रचण्डद्वारा व्यक्त प्रतिबद्धताबारे विहीबार
सन्चारकर्मीले राखेको जिज्ञासामा देउवाले भन्नुभयो, ‘बोलेको कुरा कार्यान्वयन नहुँदा समस्या आएको हो ।’

डीआर न्यौपाने'सूर्य' said...

कुर्सि मिल्ला जस्तो छ भनेपछि नेताका मुख मात्रै हैन आखा पनि बोल्छन । यी जनता ढाटन पल्केकाहरुलाई किन अझै थपडी बजाउदै छन् जनताहरुले कुन्नि ?

रेशू said...

अब माकूने सरकार ढलेपछी माओबादीको सरकार बन्छ र मात्र जनताका दिन आउंछन। होइन भने यि हरुवाहरुले देशै खान लागे। भोका नांगा जनता मरेका मरै छन। बिदेशी दलाल मोटाएका मोटाएकै छन। त्यस पछि कताबट देश बन्छ त। माओबादीले भन्ने मात्र होइन काम गर्छ पनि।

Anonymous said...

aba chai ke huncha? sambidhan pnai banena. fheri chunab huncha ki yetikai huncha?

Biplab said...

Oye Reshu murkha,yeta hera timra neta ko chartikala.
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीद्वारा कुटपिट गरी सख्त घाइते बनाइएका ओखलढुङ्गाका शिक्षक मीनबहादुर खड्कालाई आज शिक्षण अस्पतालमा भेट गर्नुभएको छ। ओखलढुङ्गाको कुन्तादेवी प्राथमिक विद्यालय धुसेनी, विलन्दुका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सदस्य खड्कालाई माओवादीका सभासद् बालकृष्ण ढुङ्गेलको अगुवाइमा स्थानीय डुडेखोलामा कुटपिट गरी मरणासन्न अवस्थामा ढुङ्गाले पुरेर छोडिएको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको थियो। घाइते खड्कालाई भेटेपछि सम्वाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले यस घटनाबाट माओवादीका नेता तथा कार्यकर्ताका व्यवहारमा कुनै परिवर्तन नआएको स्पष्ट भएको बताउनुभयो।

Anonymous said...

tapaiharu jati karaunuhos rajniti chaldia garcha samay bitdai garcha. aba bhayeka partyharulai gali garera kun chai party lai mathi uchaldai hunuhuncha ta?

Nepalen said...

अब संबिधान सभाको म्याद सकिएपछी त सबै नेताहरुलाइ लाजमर्दो हुन्छ। सायद मिलेर सरकारको गोटी यता उता गरेर काम गरेको देखाउने छन। यो संबिधान बनाउने संबिधान सभा हो की सरकार हो? मैले त ठम्याउन नै सकिन है।
तर जे होस नेताहरु लास्टां मिलेजस्तो गर्छन। जनता त्यसै दंग।

Dilip Acharya said...

नेपालियन जी, ओशोको किताबमा कतै पढेको थिएँ :

एकजना मानिस मुल्ला नशरुद्दीनकहाँ बन्चरो सापट माग्न आएछ। मुल्लाले उसलाई भनेछ : "आज मेरो दाह्री काट्नु छ, त्यसैले बन्चरो दिन सक्दिन" । सापट माग्न आउनेले भनेछ : "हैन, दाह्रि काट्नु र बन्चरोको के सम्बन्ध ?" । मुल्लाले जवाफ दिएछ : "मुख्य कुरा म बन्चरो दिन चाहन्न अब बहाना नै बनाउनु छ भने जे बनाए पनि त भयो नि !"

यो संविधान बनाउने काम पनि त्यस्तै हो । सरकार माथीको कथाको बन्चरो जस्तै हो। कसैले म बन्चरोले नै दाह्री काट्छु भन्यो भने के गर्ने ? । नत्र त संविधान, संविधान सभाले बनाउने भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो :)

अनि यि बाक्ला छाला भएका नेतालाई "लाजमर्दो" होला जस्तो मलाई चाही लाग्दैन । बरु भित्र भित्रै फेरि एक वर्ष भत्ता खान पाईने भयो भनेर धेरै जना खुशी भएका होलान ।

Nepalean said...

दिलीपजी को कथा नदिने बजै बुधबार बार्छीन,पोइल जाने बजै नक्कल मात्रै पार्छिन भने जस्तो भो नि त। दिन मन नभए पछि केही न केही भनेर अल्झायो कुरा खत्तम। दारी काट्ने बन्चरोको कथा भने पहिलो पटक सुन्दैछु। बरु कागज काट्ने बन्चरोको गित भने सुनेको छु।

कांग्रेस किन चुप लागेर बस्यो भनेको त गुदी कुरो त दौंतरी न्युज टावर हेरेर पो थाहा पाए। शान्तिप्रक्रियालाई पूर्णता दिन र नयाँ संविधान जारी गर्नका लागि अब गठन हुने राष्ट्रिय सरकारको नेतृत्व लिन नेपाली कांग्रेसका अधिकांश सभासद्हरुले पार्टी नेतृत्वलाई दवाव दिएका रहेछन। माओबादी र एमालेको झगडालाइ कांग्रेसले फाइदा उठाएर कुर्सीमा रजांई गर्न कांग्रेसीहरुको दाउ पो रहेछ। बांकी नाटक अझै मन्चन हुन बांकी नै छ। हेर्दै जाउं के के हुन्छ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !