May 26, 2010

संबिधान सभाको म्याद थपे के नथपे के?

संबिधान सभाको म्याद सकिन करिब २४ घण्टा बांकी छ। किस्ता किस्तामा संबिधान सभालाइ तन्काउन बसेका बैठक
अर्को बैठकमा सहमती गर्ने भन्दै टुंगिएका छन। प्रमको राजीनामा र सहमतीको प्याकेजमा पार्टीहरु जुधेका छन। यसरी नै बिगत २ बर्षसम्म संबिधान बनाउन जुधेको भए अहिलेको समय आउने थिएन। संबिधान सभाको चुनाब भए पनि पार्टीहरु संबिधान सभालाइ सरकार बनाउने हतियारको रुपमा लिए। कुर्चीमा केन्द्रित नेपाली राजनितीको यो कुनै नौलो पहिचान होइन। तर मूल मर्म भुलेर संबिधान बनाउने कार्य पूरा नगरेकोमा अब के गर्ने होइन कि कसरी सत्ताको सांचो हत्याउने सबै त्यसैमा केन्द्रित छन।

संबिधान सभाको म्याद नथपिए के हुने हो आमजनतामा त्रास छ। कोही अब नेपालमा तानासाही हावी हुने कुरा गर्दैछन त कोही देशै नरहने हो कि भनेर चिन्ता ब्यक्त गर्दैछन। दु:खले आर्जेको लोकतान्त्रिक गणतन्त्रको हालत के हुने हो प्राय सबैको चिन्ता यसैमा छ।


हाल देश अन्तरिम संबिधानले चलेको छ। संबिधान सभाको म्याद थपिए, थपिएको समयसम्म अन्तरिम संबिधानले काम गर्नेछ। तर थपिएको म्यादमा संबिधान बन्ने हो कि होइन त्यसमा शंकै छ। हल्ला अनुसार १ बर्षका लागी म्याद थपिने कुरा छ। २ बर्षसम्म केही खाका नकोरिएको अबस्थामा आउने १ बर्षमा संबिधान बन्ला त?म्याद थपेमा अहिलेको संकट केही समयकोलागी टर्नेछ तर कहिले संबिधान बन्ने हो या कस्तो संबिधान बन्ने हो त्यो चिन्ता भने कायमै रहने छ।

म्याद नथपे के हुने हो? सरकारले संबिधान नबनेको खण्डमा परिआउने स्थीतीको सामना गर्न सुरक्षा दललाई तयार पारेको छ। संबिधान सभा नथपिएमा सरकार सहमतीमा होइन पेलेरै भए पनि सत्तामा रहिरहन तयार छ। यस्लाइ संसदमा रहेका बहुमत दलको समर्थन छ। माधब कुमार नेपाल सत्तामा रहिरहने र संबिधान सभा बिघटन हुने भए माओबादी पक्कै चुप रहेर बस्ने छैनन। यस्तो अबस्थामा माओबादीहरुले के गर्ने स्पष्ट रहेकोक छैन। माओबादीको समर्थक रहेको उपेन्द्र यादबको मधेश फोरम अहिले संबिधान सभाको म्याद थप्ने पक्षमा छ। तर माओबादीले संबिधान सभाको म्याद थप्न समर्थन नगरेमा संसदबाट म्याद थप्न भोट पुग्दैन। संबिधान त बनेन बनेन अब देश झन अन्यौलतिर लागेको छ। भोलीका दिनमा के हुने हो र के गर्नु पर्ने हो स्थीती गम्भिर छ।

7 Comments:

rajeeb said...

nathape k na k. desh ta pashupati nath le chalaihalchhan ni.

Anonymous said...

के न के ? हिजडाको बिहे जस्तै हो बने पनि नबने पनि निमुखाले पाउने केही होइन क्यार ।

ठरकि दादा said...

संबिधान सभाको म्याद थपे के नथपे के?

थपे फेरि एक वर्षसम्म हाम्रो करको पैसा छ सय एक नालायकले खान्छन (संविधान त तैपनि बनाउँदैनन)

नथपे कसमेकम त्यो पैसा त जोगिन्छ ।
यि नालाकयले २ बर्षमा ४ अरब भन्द बढि सकेका छन ।

Anonymous said...

मेरो विचारमा थप्दा जाति , नथप्दा झन जाति ! हे हे

तर नथप्दा मुलुकमा वाइसिएलाइजेसन र छापामाराइजेसन अझ बढी हुन्छ होला । सक्ने र दादागिरी देखाउनेले लुट्ने र खाने कुरो हुनेछ । अव्यवस्था र अराजकता निर्मम रूपमा हाबी हुनेछ । पूर्वतिर लिम्बूवान र खम्बुवान आदिले समानान्तर सरकार घोषणा गर्ने रे , अरुले पनि त्यी सिको गर्ने छन् । समस्या तर लाग्ने सीमाभन्दा बिग्रेर जानेछ अनि संयुक्त राष्ट्रसंघ वा भारतको शान्ति सेना नेपालमा पस्ने छ । नेपाल हैटी, रूवाण्डा, टिमोर वा सियरालियोनको बाटोमा जाकिनेछ । सक्नेहरू पलायन हुनेछन् नसक्नेहरू नेपालमा तड्पिने स्थिति हुनेछ विस्तारै ।

सम्यक

Anonymous said...

What is going on in Nepal? What is the real problem? I wish nepalese people all the best.

Nepalean said...

४ अरब हसुलेछन त सांसदहरुले? संबिधान बन्दैन भन्ने त धेरै पहिले नै थाहा थियो नि होइन र?
नथप्दा पैसा त जोगिन्छ तर देशको संबिधानको हाल के हुन्छ,त्यो मैले बुझ्न सकेको छैन।

सायद संबिधान को म्याद थप्छन होला। त्यस पछि खल्ती पनि भरियो, जनताको आंखामा छारो पनि हालिने भयो।

Luna said...

देश अन्योल को भूमरी मा फसे पछी निसासिने जनता नै हुन , नेताहरुलाई आ- आफ्नो सुबिधा छ । के भो र ! जती ङ्याके पनि भो मुलुकलाई ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !