April 28, 2010

गजल

यात्री शेखर
झ्याप्प झ्याप्प हिजो आज लोडसेडिङ्को मार कत्ति ।
सरकार बढाउँछ राजस्वको भार कत्ति ।

जताबाट भए पनि पिल्सने त जनता न हो ,
आन्दोलन नै चर्काए’नी बन्छ सधैं हार कत्ति ।

सबैलाई गुनासो छ सरकारको चालासंग,
सकेन नी समस्यालाई लगाउन पार कत्ति ।

हिजो आज देश हाक्ने सरकार हैन दल भा’छन्,
दलविचै हुन्छ किन पानी बाराबार कत्ति ।
[email protected]

2 Comments:

Nepalean said...

गजलले देशलाइ नै चिरफार गर्नुभयो शेखर जी।

हो त है , आजकाल देश हाक्ने सरकार हैन दल भएका छन। अनि किन यिनीहरुलाइ जनताको मतलब,कार्यक्रता खुशी पारे भो। सारै घत पार्यो है त्यो अन्तिमको हरफ।

devraj said...

Wa Wa Wa
Thanks

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !