April 26, 2010

माओवादी पार्टी अर्थात नेपालको सबैभन्दा नाफामूलक कम्पनी

-सम्यक

- लगभग डेढ वर्ष अघि बालाजुमा चार्टर्ड एकाउण्टेण्ट नारायण बजाज र अन्यहरूबाट माओवादी पार्टीले एउटा रूग्ण ( जनमैत्री ) अस्पताल लगभग ३० करोडमा किने । यो रकम बाबुराम भट्ठराई अर्थमन्त्री भएका बेला , नेपालका केही वाणिज्य बैँकहरूलाई दबाब दिएर बनाइएको एउटा कन्सोर्टियमले ऋणको रूपमा उपलब्ध गरायो । हालसम्म, माओवादी पार्टीले यो ऋण रकमको एक पैसा साँवा वा व्याज तिरेको छैन । कन्सोर्रटियम बनाएर ऋण दिएका ५ वटा बैँकका पदाधिकारीहरू ‘ऋण फिर्ता देऊ’ भन्न सक्ने हैसियतमा छैनन् किनभने , कुनै बेला सरकार पनि बन्न सक्ने लुटेराहरूलाई चिढाएर ज्यानको धम्की किन लिइमाग्नु ।

- माओवादी पार्टीले आफ्नो कोटेश्वर पेरिस डाँडामा रहेको हेडक्वार्टर भवन किन्न लालीगुराँस सहकारी लगायत अन्य संस्थाबाट ३ करोड भन्दा बढी बैँक ऋण लियो तर यो रकमको साँवा र व्याजको एक पैसा उसले सम्बन्धितलाई फिर्ता बुझाउन आवश्य ठानेको छैन ।

माथिका २ प्रतिनिधि घटना बाहेक , देशव्यापी रूपमा माओवादी पार्टी र उसका ठूलादेखि ससाना नेता र कार्यकर्तासम्मले , हरेक बैँक र वित्तिय संस्थाहरू बाट धम्की कै भरमा अरबौँ को ऋण कुम्ल्याएका छन् र पहिलो किस्तासम्म तिर्न जरूरी ठानेका छैनन् । पार्टीको नाममा नीजी स्कूल, व्यापारी , उद्योगपति र उद्योग, जग्गा कारोबारी , आर्थिक कारोबार र फाइदाको ( भञ्सार, मालपोत, कर) अफिसमा कार्यरत कर्मचारीसंग माओवादीहरूले मासिक वा नाफा प्रतिशतको हिस्सेदारीमा धन जम्मा गर्ने उद्योग चलाएका छन् । मासिक करोडौँ उठ्ने यस्तो चन्दा, कर र वा हप्ता असुलीले माओवादी पार्टी पोषिएको छ भने , नेताको नाममा व्यक्तिगत सम्पत्ति छैन भनेर फलाको हाल्ने माओवादी नेता र कार्यकर्ताको पूँजिवादी चुरीफुरिको कुनै बयान गरी साध्य छैन ।

यो बाहेक , देशव्यापी रूपमा वाइसिएलको दादागिरीमा , सबै खालका ठेक्कापट्टा र बोलकबोलका कारोबारहरू निर्धारित गरिएको छ । न्यूनतम १० देखि २०% प्रतिशत दिने कागजमा सही गराएर मात्र , वाइसिएलले कसलाई कुन स्तरको ठेक्का हासिल गराउने भन्ने निर्णय गर्ने गरेको छ । मुलुकभरका जग्गा प्लटिङ र घडेरीका कारोबारमा माओवादीको एकछत्र राज छ । जो माओवादी भएर काम गरेका छैनन् , तिनीहरूले प्रतिशत बुझाउने शर्तमा काम गर्न पाएका छन् । हिजोको गुण्डा र डनहरूले गर्ने गरेको हप्ता असुली आज माओवादी र उसको अर्ध मिलिसिया वाइसिएलको एकाधिकारमा पुगेको छ । जिल्ला सदरमुकाम र वरिपरि रहेका ऐलानी, पर्ति र सरकारी वा विवादमा परेका जग्गा र टुक्राटाक्रीहरूमा आफ्नो अधिकार जनाउँदै , तिनलाई सामन्तिहरूबाट खोसेको हौवा पिटाएर , बेच्ने तथा पैसा कमाउने प्रपञ्चमा आजका माओवादीहरू लागेका छन् ।

आज माओवादी पार्टीका नेताहरूसंग मुलुकका राजनीतिक मान्छेहरू संग भएका मध्ये सबैभन्दा बढी गाडि र सवारी साधनहरू छन् । यस्ता गाडि र साधन मध्ये अधिकांश धेरै महंगा तर बिभिन्न मान्छेहरूबाट बलजफ्ति लुटेर आफ्नो बनाइएकाहरू छन् । राष्ट्रिय, जिल्ला र गाउँस्तर सम्मका माओवादी नेताहरूको जीवनमा बिगत दुई वर्ष यता देखिएको परिवर्तन हेर्दा लाग्छ, धनले माओवादी पार्टीमा निकै राम्रो पोष पाएको छ । घर घडेरी , गाडी र व्यवसायमा माओवादी हुनुको आज छुट्टै सफल स्थान बनेको छ ।

माओवादी पार्टीले छापामार भनी देशभर शिविर खडा गरी थन्काइका २१ हजार माओवादी छापामारहरू मध्ये अहिले एक तिहाइमात्र शिविर भित्र रहेको कुरा माओवादीका मझौला नेताहरू भन्ने गर्छन्। उनीहरूका अनुसार पार्टीले पार्टी कामका लागि भनेर नै शिविरभन्दा बाहिर यसरी छापामारहरूलाई राख्ने योजना बनाएको हो । तर शिविर बाहिर बसेर पार्टीका तथा अन्य व्यवसायिक काममा लागेका आफ्ना सबै छापामारहरूको भत्ता र भरणपोषण खर्चको नाममा माओवादी पार्टीले थोकमा लगभग मासिक ४५ करोड रुपैयाँ हात पार्ने गरेको छ । छापामारले पाउने मध्ये पनि ४०% रकम पार्टी कोषमा जम्मा गर्नु पर्ने नियम भएको यो पार्टीमा छापामारलाई बुझिएको रकम मध्ये २५% पनि दिनु पर्दैन । यसबाट मात्र माओवादी पार्टी नामको कम्पनीले ३० औँ करोड खूद मासिक मुनाफा कुम्ल्याउने गरेको देखिन्छ ।

माओवादी पार्टीले हिजो युद्ध लड्दाका दिनमा जे जति लूट मच्चाए पनि यो मान्न सजिलो थियो कि हिंसात्मक युद्धमा लागेको समूहका सदस्यको पालन पोषण र युद्ध तयारीका लागि यसो गर्न आवश्यक थियो । तर आज , साम्यवादी माओवादी पार्टी र यसका सदस्यगणहरू धन सोहोर्ने काममा यसरी लागेका छन् कि यिनका लागि चन्दा, हप्ता असूली, जग्गा कारोबार, फिरौति असूली , ठेक्कापट्टा , धार्मिक यज्ञ र सबै कुराहरू स्वीकार्य बनेका छन् । यतिबेला माओवादीले मुलुकभर कथित अन्तिम युद्ध लड्ने प्रपञ्च अघि सारेर , बलजफ्ति चन्दा असूलीको हूरी कायम गराएको छ- स्कूल र गाडि समेत जलाइएका छन् । अस्तिको दिनमा यस्तै चन्दा अनुरोध महोत्सव , नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीका साथ कामरेड प्रचण्डले आयोजना गरे । आचार, व्यवहार र सम्पूर्ण जीवन पूर्ण पूँजीवादको संस्करणमा यसरी ढालिएको राजनैतिक पार्टी र यसका धनको चास्नीमा घाँटीसम्म डुबेका माओवादी के उनीहरूले अँगालेको भनिएको साम्यवादी राजनीतिप्रति इमान्दार होलान् ? अथवा , यही ब्रम्हलूटको बाटो नै साम्यवाद हो वा साम्यवाद यस्तै हो ?

42 Comments:

LB Ghising said...

hoina lekhak jyu tapaile yee deshaka bhrastaharu patti chai kattiko akha laune garnubhacha ni hau....jasle yo deshalai shadiyou samma yahi daldal ma fasaera rakhyo.....tapaijasta chetanashil pranile kehi garna khojnelai hausala dine ki ulto alochana garne ..hola afno thauma sabaile gareko galti haru holan ..tapaiko aru lekhama aru yee deshaka dhamira haruko pani chirfar gareko paune asha chaa. yadi tyaso bhaema yahalai mahan thanne chu.

Anonymous said...

What a big deal? Once they were richest terroist. Now they are richest party. It is just a little transformation in the definitation. Perons are same.

mskhanal said...

maobadi lai ke matrai bhane. kati matrai bhanne?

ठरकि दादा said...

उतिबेला महेन्द्रले देश माटो सुहाउने व्यबस्था भनेर पञ्चायत लादेजस्तै यो पनि सायद "देश माटो सुहाउने साम्यवाद" होला ।

धेरै पहिला कतै पढेको थिएँ : "शोषक र जनता बिच युद्ध हुँदैंन, युध्द केवल बहालवाला शोषक र आउने वाला शोषक बिच हुन्छ" भनेर। सहि रहेछ ।

Nepalean said...

माओबादी ज्यादती देख्दा लाग्छ उनीहरुले देशै खान लागे। तर अर्को पक्ष के भने नियम कानुन लगाउने भनेर सरकारमा बसेका किन हेरेका हेर्यै हुन्छन। देशमा कानुन लगउने त सरकारको काम होइन र? सकेको खाने लुट्ने काम गर्ने माओबादी पहिलो होइन। यो सबैले जानेको कुरा हो। भएका नियम कानुनलाइ बाकसमा थन्काएर सरकार किन मुकदर्शक भएर बस्छ। जब सम्म नेपाललाई कानुनी राज्य बनाइदैन यस्ता मनपरी काम हरेक दल,तह,समुह आदीबाट भइराख्छ।

milan rawal said...

Alkayada pachiko dhani terrorist maobadi lutaha jangali.

Anonymous said...

लेखले यथार्थ तस्विर उतारेको छ । माओवादीप्रति सहानुभुति राख्ने साथीहरूलाई दु:ख लागेको भए यो अतिवादी झुण्डलाई , हतियार , हिंसा र लूटमा रमाउन छाडेर उदाहरण हुने खालको राजनीति गर्न अह्राउनुहोस् न , राम्रो गरे हामीले पनि त मत दिन हुन्छ नि । विचारका कारणले नै मान्छे मार्ने वा घाइते बनाउने अनि लूटको साम्राज्य मच्चाएर जनताको राजनिति गरेका हौँ भन्नु निर्लज्जता हो । नेपालमा भएको परिवर्तनलाई अब हतियारको बलले हैन जनताको अभीमतका बलमा संस्थागत गर्ने हो , यसका लागि हतियार र हिंसारहित समाज हुनु आवश्यक छ र यो कुरामा माओवादी पार्टी वाधक रहेको छ ।

Anonymous said...

Tapai haru maobadi ko birudda kina yeti bedhi bolnu huncha? Deshma haruwa le raaj gareko chha, tini haruko lekhnus na. Maoist le j gareko cchha tyo janata ko lagi gareko chha. Kina yesari maobadi mathi khaninu huncha?

Anonymous said...

Maoists are not doing for people but for their own party people and establishing the rule of Communist democracy. They are killers and against all kinds of human liberty. They cannot tolerate any differing views in people, don't want to listen to their criticism and are against the rule of law.

Despite the reflection being under the violent threat of the Maoistst, they had got about 29% of popular votes . Rest 71% was with the other parties. The majority of people are represented in the government. Besides, if the Maoists are really for the people and 'nagarki sarwochchata' , I challenge them to renounce violence and dare to go to people , they will learn how strong they are. You can't prove your strength with a few thousnsand gun carrying killers. Maoists are dacoits in the garb of politics.

Basanta said...

एकदम सही बिश्लेषण!

माओवादीले जे गरेको छ गरीब जनताको लागि गरेको छ भनेर माथि प्रतिकृया साथीहरुले चाहिँ केहि उदाहरणहरु पनि दिनुहुन्थ्यो कि? माओवादीले गरीब जनताको जीवनलाई झन् नर्क बनाईदिएको छ। उसैपनि माओबादी देशमा रोजगारी सृजना भएको र जनताको आर्थिक स्तर बढेको देख्न चाहँदैन किनभने त्यो हुनासाथ उसको राजनीतिक समाप्त हुन्छ।

अलिकति मात्रै पनि चेतनशील मान्छे कसरी माओवादीको मध्ययुगीन चिन्तनको दास हुनसक्छ?

Anonymous said...

sala maobadi... kukur haru... laat hanera desh bata nikalnu parne... pahila ka haru le yeso garey hamile kina nahunu bhanera bolne maobadi haru lai ali kati pani laaj chaina hai?? thukka sala janta ko lagi ladne ani desh banaune re... gayera bagmati ko fohor ma dubera mare huncha... gadha, daka, jungali haru...

Reshu said...

Mr Anonymous, name lukayera gali garne. Sakincha bhane mitra parichya na lukai gali dine sakincha? Sirak bata mudki takne tapai jasta ko k kura?

Reshu said...

Maobadi lai laat hanne ko anuwar heru ta khai? Ani timro khutta ko kura garaula.

Anonymous said...

I am agree with this Column. Maoist are not doing for People. They are doing for them itself and their caders. Maoist have lots of investment in different sectors quating with another person Name. They Have Petrol Pumps, Small Hospitals in District Levels. Their investment has been reported in Communication sector too.

It is good to invest but they have to show their money resource. Thay are not paying at tax. Where does money come from??///

Anonymous said...

sab mayobaadi ko neta haru chor ra lutera ho.
jhan yo Reshu bhanne jantu ta khukhaar chor rahechha. Hijo samma prachanda ko tatti samtera hidthe ahile herana yesko furti.

कृष्ण पौडेल (Krishna Paudel) said...

देश भनेको सबै दलहरूले खाने कुरा रहेछ, मिलिजुली बाँडीचुँडी खाएर बसे हुन्थ्यो । जनतालाई शान्तिले बस्न खान दिए मात्र पुग्थ्यो । तर यस्तो होला जस्तो देखिन्न । माओवादी शान्ति प्रकृयामा आएको ४ वर्ष हुँदा पनि हतियार र हिंसालाई त्यागेर , नागरिक पार्टी बन्न चाहेको देखिएन । कसले के गरेको छ र के गर्दै छ , सबै समाचारमा आइरहेको छ । यस्तो अराजक र असफल मुलुकको नागरिक भएर २१ औँ शताव्दिको युगमा बाँच्नु पर्ने हामी नेपालीको दुर्भाग्य र श्राप नै हो कि क्यार !

पीजी said...

धेरै पहिला कतै पढेको थिएँ : "शोषक र जनता बिच युद्ध हुँदैंन, युध्द केवल बहालवाला शोषक र आउने वाला शोषक बिच हुन्छ" भनेर। सहि रहेछ ।

ठरकीजीले माथि उल्लेख गरेको वाक्यांश सार्है चित्त बुझ्यो । देशका लागि गर्ने भन्दा पनि शासक (वा शोषक) बन्ने लहडले नै देशलाई यहां पुर्यायो ।

माओबादीले एउटा लडाकु घर फर्काउंन २० लाख वा एक बिघा जग्गाको माग गरेर उनीहरुको "कम्पनी" कति रकमी छ भन्ने देखाइसकेको छ नि । बिचरा जिन्दगीभर दुख गरेर खानेहरुसंग ६ कट्ठा जमीन हुदैन तर दुधे लठैतहरुलाई राज्यले २० लाख वा एक विघा खेत दिनु पर्ने ! जे होस जनताको व्यापार दर्होसंग फस्टाइसकेको रहेछ !

Reshu said...

Anonymous, why dont you come with the name? Introduce yourself to everyone. Ani taha huncha kattiko dam chha bhanaima.

The People said...

रेशु जी, तपाईको लेखन शैली हेर्दा तपाई पनि माओवादी समर्थक नै हुनुहुंदो रहेछ भन्ने लाग्यो । किनकी, यस्तै खालका वाक्यहरु मैले माओवादी साथीहरुबाट धेरै पटक सुनेकोछु । यद्यपी यसमा तपाईको कसुर देख्दिन म, बुवा आमाले जस्तो सिकायो नावालक बच्चाले सोहि बोली टिप्ने न हो । जनतालाई डर, धम्कि र त्राहि–त्राहि बनाएर चुनाव जितेको उन्मादमा मुखमा आएजति गाली, गलौज र जंगली शव्दहरु जनसभामा बोलिसके पछि भरै टिभिको पर्दामा आफ्नै कुरा सुनेर लामो जिब्रो निकाल्ने तपाईहरुकै नेताहरु होईनन् र ? आफ्नो आलोचना सुन्न नसक्नु माओवादीहरुको पहिलो बिषेशता हो । एनोईमसको सान्दर्भिक प्रतिकृयाको जवाफमा 'खुट्टा' र 'दम' को कुरा मात्र गर्नु शिकारु माओवादीपारा भएन र ? पक्का माओवादीले त 'सफाया' को कुरा पो गर्नु पर्ने थियो, हैनर ?

Anonymous said...

धन्यबाद Anonymous माओबादीहरु बिचारको लडाई लडेको भय बिचारको सम्मान गर्न जान्दथे. बन्दुक नालबाट कमायको लोक प्रियता नागुमाउनका लागि बन्दुक चाहियाना त

Nepali Janata said...

Yo Reshu jee le aafu ta darayera nakkali naam rakhera comment gari rakheko chha aru lai introduce garne kura garna suhaayena ni, pahila aafno ID khulne gari introduce garera dekhaunu dum chha bhane ani kura garda huncha kasma kati ko dam chha bhanera.

Anonymous said...

बोल्ने आवाज र भाषाबाट जनावर र मान्छेको भेद खुल्छ । रिषु भन्ने जन्तुले भनिरहेको छ 'नाम नलुकाइ आइज अनि देक्छस्' । यसको मतलब एउटा बहुलाहा कुकुर , मान्छे बोलेको सुनेर टोक्न आतुर छ भन्ने भएन र ? माओवादी अपराधी नै हुन बन्न अरु के उदाहरन खोज्नु पर्‍यो र ?

Anonymous said...

reshu ji le afu lai ekdamai bhayankar samjhanu bhayeko hola... tara reshu lekhdai ma kasaiko parichay khuldaina... aba kura rahyo himmat ra dam ko... tyo ta tapai jasta haru le nagarekai bes... pahila banduk, ahile lathi, khukuri ko aad ma jabarjasti chanda uthaune, nirdosh haru lai dhamkyaune, afno birodh garne lai tatha naam gali dine, teslai tapai le bahaduri samjhinu bhako ?? gaali garna ta tapai ko prachanda batai sikeko hu... testo thau ma pugeko mananiya bhanaudo manche le man pari gali garna hune, hami aam janta le tapai haru le gareko naramro kaam lai naramro bhanna namilne?? yehi ho tapai haru ko loktantra ki barko matrai loktantra ko... samantawad ra pujiwad lai ashrya dine tapai haru jasto sanga hami daraunu pardaina... euta ramro kaam garera dekhaunus ani tyo din yehi mukh le tariff pani garaula... hunna reshu ji?? aba phusro dhak dina chodnus... tapai haru jasta comrade lai suhayena testo...

Reshu said...

k aru party ko pocket money aakash bata aucha? Moist thulo party ho dherai kharcha chaincha. aru partyle ghus khayera kamauchan, maoist le janata sanga help magera party chalaucha. kura bujnu bho?

Reshu said...

AeMaLe ko bakhu darbar ta kangress ko teku dabar afai baneka hun ki ka ho? lekhak ra pathako ko buddia ma birko lage jasto chha.

Anonymous said...

रिषु बाउ,

त्यो पैसो एक बोरा गुच्चा, २ बोरा गुदेली , ४ सय लिटर पेट्रोल र २ बोरा काठको धूलो किनेर शान्तिपुर्ण आन्दोलन गर्न होला है ?

हेमन्त आले

Doha Quatar said...

Yo blog chalauna bharate le paisa incha ki kya ho?

ठरकि दादा said...

पाठक साथीहरुमा अनुरोध:

कुनै पनि विषयमा मत-मतान्तर हुनु भनेको सामान्य मानवीय गुण हुन । एउटा भनाई छ नि " २ जना मानिस बसेको ठाउँमा ३ थरी विचार आएन भने ति मानिस वौद्धिक रुपमा कमजोर छन भनेर थाहा हुन्छ" । त्यसैले कुनै एक विषय माथी फरक फरक विचार आउनु स्वभाविक हो । तर वादविवाद र वैचारिक मन्थन सही भएपनि होच्याउने शब्द र गाली गलौजका भाषा भने प्रयोग नगर्दा नै राम्रो हुन्छ ।

सभ्य भाषामा पनि विमती राख्न सकिन्छ । त्यसैले सहमती वा विमती जे छ सभ्य भाषामै राखौं ।

अनि माथी Doha Quatar को नामबाट कमेण्ट लेख्‍नुहुने मित्र:
"ब्लग चलाउन पैसा लाग्दैन" ।अहिलेलाई यत्ति मात्रै बुझ्दा पनि राम्रो होला ।

Reshu said...

होटेलमा गुच्चा र बोतल हुन्छ भने त्यही होटलवालालाई सोध्नुहोस,हेमन्त आले मलाई के सोधेको?
यो पूलिष आर्मीको माओबादीलाइ होलो छ्याप्ने चाल हो।

Anonymous said...

Hello Reshu jee,
Aafu le gareko kaamlai hotelwala lai sodha bhannu milenani. Garne belama aafuharu garne ani dosh chahi arulai thupaarne.
kina ki ma pratachhaya darsi hu. yedi tapai lai kehi kura thaha chaina bhane dhaakchoop garna pani nakhojnu tito satya lai.

Anonymous said...

हे हे हे , हँसायो रिषु । खाजा भनेर होटेलमा गुदेलि, गुच्चा, भुष र पेट्रोल अनि सिसा ल्याएर लुकाउने अनि पुलिसले राख्यो भन्ने कस्तो लाज नभाको तिमि त ? कट्टु त लाको छौ ? धन्न पुलिस घटनास्थलमा फोटो पत्रकारसहित पुगेर कुरो प्रष्ट पार्दिएछ नत्र यो माओवादि जम्दारहारु जे पनि भन्न सक्छा हो । अनि त्यो ग्रिनेट , लट्ठिहरू , सुतली कि पुतली बम माओवादि कमाण्डरले बोकेर शान्तिपूर्ण जलुसमा किन हिँडेको होला ? माओवादिले ग्रिनेडलाई रोटि ठानेर खान्छ कि क्या हौ ?

तिमी माओवादिहारूले हाम्रो सुन्दर सान्त देसलाई ध्वस्त पारिस् , बस्नाखान नदिनि भइस् यार । आझ तिमिहरू नै चर्रको डाँको छोड्छस् , कति लाज नभाको ।

-हेमन्त

Anonymous said...

yo maobadi ko purano sanskaar ho... afnu kura sabai ramro, arka ko sabai naramro... ani afnu alochana sunna nasakne tara aru ko chahi marunjel alochana garne... alochana sunne himmat rakhnus ra afu lai sudharnus... jabarjasti chanda asulne ani 'swechik' bhanne, 'swekchik' bhako bhaye byapari haru le kina pasal banda garera basnu parthyo ra ? pahila school banda garaune ani school ma kabja garera afna karyakarta ko lagi dharmasala banaune, goli, lathi, grenade, haru sangai tapai ko manche lai pakrepachi sarkar ko sadyantra ho bhanne, tapai kun dristikon ma afu lai nepali ho bhannu huncha, laaj lagdaina... thulo thulo kura garne, desh lai maya garchu, janta ko lagi kehi garchu bhanne tapai haru malai euta kaam dekaunus jun tapai le afno karyakarta ra party bahek ka aam janta lai garnu bhako cha? tapai ko anusar ta maobadi le ahile samma naramro kaam garekai chaina ni haina ta?? janta haru ta baulaha ho tesai pagal jasto karai rakhne... tapai ko andolan, tapai ko lakshya bhaneko janta ko lagi bhaneko haina ta?? khai ta kun janta ko lagi gardai hunuhuncha, 'karyakarta' naam gareko janta matra janta hun haina nepal ko?? aba dherai khokna chodnus, 'mero goru ko barhai takka' prawirti chodnus, thulo swor ma boldai ma asatya satya hudaina... afno chawi afai nabigarnus, natra bholi ko din ma itihaas le pani laaj manne cha tapai haru lai dekhera...

Reshu said...

अब जनआन्दोलन ३ हुदै छ। सबै तयार रहनु होला। त्यस पछि नेपाली जनताले आराम संग बाच्न पाउने छन।
बिदेशी दलालहरु शरणार्थी भएर दिल्ली लागे हुन्छ। नभए चम्चामा पानी तताएर मरे पनि हुन्छ।
जो पत्रिका र दलालका कुराको पछी लाग्छन तिनीहरुको को हाल देखेर ज्ञानेन्द्र शाहको समझना आउंछ।
यो शान्तीपूर्ण जनआन्दोलन ३ लाइ जोड तोडका साथ तुहाउने साथीहरु एक पटक ध्यान दिएर सोच्नुहोला। अनी तपाइले आफूलाइ नै क्षमा दिन सक्नुहुन्न।

Anonymous said...

Ye Reshu ko bachhe, timro dimag ta thau ma chha? hoina yestain hunchan ki YCL. lau hera ani afai bhana.
लम्जुङ्गबाट काडमाडौंतर्फ आइरहेको बा.१ ज ९७३५ नम्बरको माइक्रोबसबाट ७२ वटा डेटोनेटर, २ सय मिटर फ्युज वायर र ५ किलो जिलेटिन बरामद भएको छ। काठमाडौं हिडेको गाडिमा प्रहरीले गरेको छड्के चेकजांचकोक्रममा ति विष्फोटक पदार्थ बरामद गरहेको थियो। विहिवार साँझ साढे ४ बजे इलाका प्रहरी कार्यालय खैरहनीको टोलिले चेकजाँच गर्नेक्रममा काठमाडौँ ल्याइएरहेको अवस्थामा ति विष्फोटक पर्दाथ बरामद गरेको थियो। प्रहरीले माइक्रोचालकसमेत ६ जनालाई पक्राउ गरेको छ।
•शुक्रवार नै प्रहरीले माओवादी प्रर्दशनकारीले एक हलमा लुकाएर राखेको सात सय २० वटा लाठी बरामद गरेको छ। सितापाईलाको कान्तीपुर सिनेमा हलवाट सात सय २० वटा लाठी बरामद गरेको हो। माओवादीले आन्दोलन घोषणा अगाडि मुलुकभर प्रहरीको प्रतिवाद गर्न लाठि तालीम संचालन गरेको थियो।•सिन्धुपाल्चोकको बिन्जेल कोठे भन्ने स्थानबाट बा.२ ख ६३२० नम्वरको बसबाट शुक्रवार दिउसो साढे १२ बजे २ सय वटा लाठी बरामद गरेको थियो।
•पुतलीसडकमा एक माइक्रोबसवाट प्रहरीले २ वटा सकेट बम र ३ वटा सुतली बम सहित जनमुक्ति सेना बासु स्मृति बटालियनकी श्रीजना सिजापतिलाई पक्राउ गरेको छ।
•प्रहरीले यस अगाडि काठमाडौंमा हतियार सहित २ जना जनसेनालाई पक्राउ गरिसकेको छ। विहिवार ठमेलको गेष्ट हाउसमा लुकाएर राखेको पेट्रोल बम निर्माण गर्ने कच्चा सामाग्रि, गुलेली र गुच्चा समेत बरामद गरेको थियो।
•सुन्धारा नजिकै निर्माणधिन सिभिल मनलको भवन कब्जा गरेर बसेका माओवादी कार्यकर्ताहरुले नेपाली सेना जवान रामबहादुर खड्कालाई जासुसी गरेको आरोपमा पक्राउ गरेको छ। विरामी विदामा रहेका उनलाई माओवादी कार्यकर्ताले सार्वजनिक गरेर प्रहरीलाई बुझाए। खड्काले आफु विरामी विदामा रहेको र जुस पसलको खोजीमा रहेको बेला एक्कासी माओवादीले पक्राउ गरेर थुनेको दावी गरे।
•मध्यरात प्रहरीले क्यासिनो भेनसमा छापा मारेर लुकाई राखेको लाठी बरामद गरेको छ। प्रहरीले काठमाडौंको चार वटै क्यासिनोमा आकस्मीक छापा मारेको थियो।

Anonymous said...

jan andolan 3, jan andolan 4, jan andolan 5, tapai haru lai satta namile samma kati wata andolan dekhnu parne ho... asti jandolan 2 ko bela ni tapai haru le yo antim andolan ani janta le sukha pauchan bhannu bhako haina?? haina tapai haru lai afno boli ko thekan pani chaina ki k ho? bolnu payo bhandai ma baula kukkur jasto ekohoro nabhuknus.. kura bujnus, janta le k chahnchan tyo garnus ani balla tapai lai sabai le manchan... tapai ko behaviour jastai banda, hadtal, asikchya, garibi, udhyog dhanda banda, bikas ko karyakram thappa, khali satta ko pachi daudine ekdum lovi syal jasto dekhayo.. lov garnu thikai ho, tara kaam pani garnu paryo ni.. khali phusro kura garera thodai khana payincha... dadagiri ko bhar ma...

Reshu said...

dada giri hona yo janata ko andolan ho. aba deshma janata le raj garne chhan. dalal haru hereka herai hunechan. janata ko dar le garda dalal haru attaliyeka chhan. tara janta ko jeet sunischit chha.andolan garda dherai kam garnu parne huncha, ye sabai kam ko tayari pura bhayeko chha. teso bhayera birodhi haru attiyeka chhan.
kura garera hoina aba maobadi le kam garera dhekaudai chhan.

Anonymous said...

kaam garnu bhako khanda ma ta hami sabai khusi nai hunchau... tapai lai dherai dherai suvakamana... tara pheri uhi dadagiri, uhi lutpaat, uhi dhamki ko rajniti chahi kripaya nagarnu hola... desh ma pariwartan lyaunus tapai haru lai hami sabai ko sahamati ra samarthan cha tara tapai haru ahile jun charitra dekhai rahanu bhako cha tyo charitra lai badlera janta ko bhalai hune euta kaam bhaye pani garera dekhaunus, tapai lai sabai le manne chan natra jindagi bhar yestai gali ko sikar bhayera basnu parnecha...

Anonymous said...

Nepal ko number 1 dalal nai timi haru hau Reshu jee, Janatako andolan bhanchau, jantako nai nindraa haram garchau, janataako andolan bhanna pani kasari sakeko bhanya yesari, latthi ra banduk tersayera andolana ma soja saja jantalai hidna badhya bhanai, katinjel chuschau janataako ragat banduk ko aadmaa, aati bhayepachhi dekhnechhau timiharu le sachhikai janataako andolan.

Reshu said...

tapai haur jpt nabolnus hai. la padnus news. yeha maobadi lai fasauna k k gardiai chha.
एनेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको विघठन गरी आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार स्थापनाका लागि शान्तिपूर्ण जनआन्दोलन गर्न लागिएको बताउनुभएको छ। आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले स्थायी शान्ति र संविधान निर्माण तथा एनेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार स्थापना गर्न जनदबाब सिर्जनाका लागि शान्तिपूर्ण जनआन्दोलनको आयोजना गरिएको हो भन्दै सरकारले आन्दोलन हिंसात्मक हुने अनर्गल प्रचारप्रसार गरेको भन्दै दुःख व्यक्त गर्नुभयो।
एक प्रश्नको जवाफमा उपाध्यक्ष श्रेष्ठले सुन्धाराको गेस्ट हाउसमा समातिएको विस्फोटक पदार्थ आफ्नो पार्टीको नभएको र त्यसमा संलग्न व्यक्ति पार्टी कार्यकर्ता नभएको दावी गर्नुभयो। उपाध्यक्ष श्रेष्ठले सरकारको नेतृत्व एमाओवादी अध्यक्षले नै गर्ने पार्र्टीको आधिकारिक निर्णय भएकाले कसैले अर्को व्यक्तिको माग गर्नु उचित नहुने बताउनुभयो।

Rajan said...

रेसु जी, यो news हैन माओवादीको Statement हो हैन र?

Reshu said...

Rajan ji tapai naya patrika ma gayera yo news padna saknuhune chha. tes pachi tapai nai bhannu huncha yo statement hoina news ho bhanera.

Anonymous said...

Reshu jee Naya patrika mayobaadi batai sanchalit hoina ra?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !