April 18, 2010

के नया नेपाल हतारमा आयातित गरिएकै हो त?

हिजो आज समाचारमा संबिधान नबन्ने पक्का भन्ने खबर आएको छ। २ बर्ष सम्म ५०० मान्छे जम्मा भएर छारो फोस्रो नगर्नु ले भट्टराइ बाजेले भनेको कुरा याद आयो'यो गणतन्त्र हतारमा आयात गरिएको तयारी पोशाक हो'। कुनै कपडा नभै भएन भनेर जोर जुलुम गर्दै धेरै पैशा तिरेर ल्यायो,केही दिन लागाए पछि कता फाल्ने भन्ने झन्झट जस्तो। यदि हाम्रा नेतालाइ पूरानो संबिधान बेकाम लागेर नया संबिधान चाहिएकै भए त २ बर्ष सम्ममा संबिधान बन्नुपर्ने होइन र? २०४६ सालको संबिधान एकै बर्षमा पूरा भएको हो क्यारे। ति संबिधान बनाउने यिनै पार्टी हुन, लेख्ने मान्छे अझै जिउंदै छन। तर २ बर्ष सम्म ५०० मान्छेहरुले किन बनाउन सकेनन संबिधान?

प्रश्न सजिलो छ,उत्तर गार्हो छ। देश चलाउन सजिलो हुंदैन,संबिधान बनाउने कुरो झनै गार्हो हो। काम जति सुकै गार्हो होस,नया संबिधानको आबश्यक्ता भित्र मनबाटै खट्किएको भए त संबिधान पक्कै बन्थ्यो। आखीर संबिधान सभा त पार्टीको लागी राजनितीक एजेन्डा रहेछ,जनतालाइ केही न केही। संबिधान सभा ताका म नेपालमा थिए। चुनाब आउन महि
 ना दिन जस्तो पनि बांकि थिएन,को को उठ्ने हो या उठेका हुन अत्तो पत्तो थिएन। नया संबिधानका के के एजेण्डा हुन त्यसको त के कुरा गराई भो र? सबै संबिधान सभाको रटान रट्दै थिए,गुदी कुरो कसैले भनेका थिएनन। हेर्दा सुन्दा लाग्द्थ्यो संबिधान सभा बजारमा आएको नया चाउचाउ जस्तो। नया नाम,नया खोल,उपाहारै उपहार भित्र के छ कोहि भन्दैनन,कसैलाइ थाहा छैन।

अब देश कता जाला,प्रश्न सबैको मुखमा छ। उत्तर कसैसंग छैन। दलहरुले उत्तर तयार पारीसके। आफ्नो बिपक्षी पार्टीहरुले गर्दा संबिधान नबनेको कुरो हरेक फोरम,भेला र सम्मेलनमा उद्घघोष गरीसकेका छन। आफू नांगो भएर अरुलाइ कुरी कुरी भन्न पार्टीहरु माहिर छन। यिनीहरुसंग लाजको कुरो के गराइ भो र? अहिले सरकार ढाल्ने या बचाउने खेल रफ्तारमा चलेको छ,संबिधानको कुरा ओझेलमा परिसक्यो। संबिधान सभा होस या सरकार,त्यो त पार्टीहरुको तुरुप भयो,जनतालाइ त हात लाग्यो सुन्ने।

अरुलाइ दोष नलगाइ संबिधान किन बनेन या कहिले बनाउने कसैसंग ठोस उत्तर छ त?आखिर जनताले चाहेको भनेको त आफ्नो देशमा संबिधान बनोस भन्ने न हो। देशमा आमूल परिबर्तन ल्याउने हल्ला पिटियो। नाममा पनि परिबतर्न ल्याएर नया नेपाल बनाइयो। नया संबिधान बनाएर देशमा धेरै सुधार हुने भनेर हल्ला पिटियो। त्यसै अनुरुप संबिधान सभाको चुनाब गरियो। तर नया संबिधानको आबश्यक्ता खट्किएकै भए किन बनेन त नया संबिधान?

5 Comments:

Anonymous said...

nepal ko constitution already ready cha.
Yo sab natak ho jab Delhi la aba yei line jane bhane pach tei nai hunch

last time Delhi le sab lia ek thau ma rakhe ra janaandolan done
bhane pach sab stop bhye ko birsiye ko ho!

Mahesh said...

सारा नेतालाइ खुल्ला मन्चमा राखेर नाङ्गै बनाएर सिस्नो पानी लाउनु पर्ने बेला भयो

mskhanal said...

सारा नेतालाइ खुल्ला मन्चमा राखेर नाङ्गै बनाएर सिस्नो पानी लाउनु पर्ने बेला भयो

Ramesh said...

सारा नेतालाइ खुल्ला मन्चमा राखेर नाङ्गै बनाएर सिस्नो पानी लाउनु पर्ने बेला भयो. hasaunu bhayou mahesh khanal le. Teti dherai sisnu kata bata lyaune?

Free Seo Tutorial - by a fan-Nepal Tourism Year 2011 said...

i like your blog . i really visit this always keep on update or make better

http://www.a1bux.com

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !