March 20, 2010

अन्तत खरानी भयो कोइरालाको शरिर

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । यसअघि पूर्व राजाहरुलाई मात्र दिने गरिएको राजकीय सम्मान राजनेताहरुलाई दिइएको यो पहिलो पटक हो । कोइरालाको पार्थिव शरीरमा बेलुका ७ बजेर ५० मिनेटमा छोरी सुजाता कोइरालाले दागबत्ति दिनु भएको हो । कोइरालाको अन्त्येष्टीमा नेपाली सेनाले १५ तोपको सलामी र सेनानीको कमाण्डमा खटिएको १ गण अर्थात १ सय ३९ जनाको समुहले शोक धुन बजाएर श्रद्धाञ्जली व्यक्त गरेको छ । यस अघि कोइरालाको सव श्रद्धाञ्जलीको लागि दशरथ रड्डशालाको मध्यभागमा राखिएको थियो । कार्यालयमा राख्दा भीड नियन्त्रण गर्न कठिन हुने भएकाले सबैलाई श्रद्धान्जली दिने व्यवस्था अनुसार काठमाण्डुको दशरथ रंगशालामा राखिएको हो । कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न दशरथ रड्डशालामा बिभिन्न दलका नेता, तथा सर्बसाधारणको घुइंचो लागेको थियो । २ बजेपछि रंगशालाबाट सुरु भएको शवयात्रा सुन्धारा, रत्नपार्क, बागबजार, मैतिदेवी, पुरानो बानेश्वर र बत्तीसपुतली हुँदै पशुपति आर्यघाटमा पुगेको थियो शवयात्रामा ३ लाख बढी सर्वसाधारणाको सहभागीता भएको याहाका सञ्चार माध्यमले अनुमान गरेका छन ।

5 Comments:

Anonymous said...

Sad Indeed!

कृष्ण पौडेल (Krishna Paudel) said...

हार्दिक श्रद्धाञ्जली गिरिजा बाबु !

Nepalean said...

मेरो पनि हार्दिक श्रदान्जली गिरीजा प्रसाद कोइरालालाइ।

राष्ट्रको इन्ट्रेस्टमा काम गर्नु भन्ने उनका अन्तिम शब्द निकै मर्मषपर्दी लाग्यो। सबै नेताको दिमागमा यो कुरा घुसे हुन्थ्यो की?

ठरकि दादा said...

गिरिजा प्रसाद कोइरालाप्रति म पनि यहि बाटै हार्दिक श्रध्दान्जली दिन चाहन्छु ।

नेपालियनजीले भन्नुभए जस्तै उनका अन्तिम वाक्यमा सबै नेताहरुको बिचार प्रवाह होस ।

Aayush said...

मृत्यु शाश्वत छ । मृत्युभन्दा पर त कोहि छैन तर बिचलित पार्नु यसको नियति हो । गिरिजाप्रसाद कोइराला तिमिलाइ हाम्रो श्रद्वासुमन छ । तिमिलाइ देशले सम्झिरहनेछ ।
गिरिजाप्रसादप्रति श्रद्वासुमन

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !