March 30, 2010

एक मान्छेको खोजीमा

कहिले मन्दिरको ढोकाबाट हेर्छु
कहिले टुँडालबाट नियाल्छु
कहिले निष्पट्ट अँध्यारोमा भौंतारिन्छु
कहिले जुनेली रातमा टहलिन्छु
कहिले फाँटफाँटै दौडिन्छु
कहिले अनकन्टार जंगलको बिचमा कुरिरहन्छु
कहिले ढोका ढक्ढक्याउँदै हिंडछु
कहिले अखवारका पाना सर्सर्ती पल्टाउँछु
कहिले भीडमा एकटंकार हेर्छु
कहिले दोबाटोमा पागलसरि एक्लै भुत्भुताई रहन्छु
केबल
एक मान्छेको खोजीमा ।

-दिनेश चन्द्र पन्थी “दीप”

5 Comments:

Basant Giri said...

दिनेश जी ले कस्तो मान्छे खोज्नु भा'को हो थाहा त पाउन सकियन।
तर हाम्रा गाम्ले शिशिर योगीले पनि यौटा मान्छे खोजि रा'छु भन्ने गीत सम्झे। उनले "यो देशमा यौटा मान्छे खोजीराछु" भन्ने गाएका छन। त्यसको लिन्क् यहा राखेको छु। यहा हरुले पनि सुन्न सक्नु हुन्छ।

http://www.youtube.com/watch?v=pcsx_JuSAJY

Anonymous said...

कस्तो भेटिन मुश्किल भएको त :D

-Prajwol-

Dinesh Chandra Panthy said...

सारै राम्रो गीत छ यो नया लाहुरे जी ।
मैले फेरि सुनें अहिले। मन आनन्दित भयो।

वेदनाथ पुलामी (उमेश ) said...

राम्रो कविता रहेको छ - पंथी सर को !
पक्कै कुनै दिन आउने ... छ यो .... मान्छे भेटिएको दिन पनि ! अनि त्यस दिन पंथी सर पुन : एक भेटिएको मान्छे लिएर आउने हुने'छ !

Nepalean said...

एउटा मान्छे भेट्टीयो त दिनेश?
खोजाइको कबिता राम्रो लाग्यो। खोज्दै गरौं एक दिन अबश्य भेटिन्छ।

पूराना लाउरे जीलाइ यु ट्युबको गितको लागी धन्यबाद। आझ बिहान बिहान यो गित सुनियो,अब दिनभरी खुब फुर्ती आउला जस्तो छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !