March 26, 2010

माईसंसारकी सुमिना बुझाइ ठाउंमा ल्याउने हो की?

सर्बप्रथम त कुकुरले आची खानु भन्दा पहिले डिस्को गएर समाचारमा छाएको मा बधाइ। सानै उमेरमा सेलीब्रिटी भएछौं,पत्रपत्रीकमा फोटो छापियो,११,१२ गन्दै गरे,अहिलेलाइ पत्रिकाकै थोपडामै गर्ब गरे। सरकाले अनुमती दिएको डिस्कोमा सबेरै पूगेकोमा स्विकार गर्यो। आखिर मान्छे नै उपस्थित भएपछी स्कुले ड्रेसको के कुरा भो र? बंक पार्टीमा
भेला भएकोमा गर्भ या हिनताबोध लिनु महत्ब होइन,खाने बेलामा हग्ने हग्ने बेलामा खाने त्यसमै कुरो टुंगियो,सायद त्यसैले लाज लाग्यो होला।

म त भन्छु एक दुइ जना बंक गरेर कुनै झुण्डमा नझ्याम्मिय कमसल नागरिक कसरी जन्मिन्छ। सबै असल नागरिक भए त जेलका कर्मचारीको भोली नै जागिर चट। यो हिनमय नौटंकी बर्तमान समयको नया आयाम हो भनेर सोच्नु बेकार हो। पौराणीक कालमा पनि दैत्य भएको कस्लाइ थाहा छैन? तिम्रा जेल नेलका टाइटुइ माइसंसारमा देखेको थिए। संसारै सांगुरो भएको अबस्थामा हलिउड स्टाइलका कथा दिनानु दिन पत्रपत्रिकमा आइरहन्छन। अमेरिकमा ११ बर्षको बच्चाले रक्सी पियो, नेपालमा ११ कक्षामा पढ्नेले बोतल समाते,यसमा संसारले नौलो मान्दैन। तिम्रो आपत्ती जनक अबस्थाको माने नबुझेकोमा ११-१० मा पुग्नु पर्ने भो। मान्छेको उमेर फरक हुन्छ त्यसै अनुसार उसको दिमागको बिकास हुन्छ। ११-१०मा पढ्नेले कती पय बयस्कका कुरा बुझाइको दायरा भन्दा पर हुन्छन। बिकसित देशमा ११-१०का लागी ब्यसकका संसारबाट कानुनले नै नजिक आउन अनुमती दिंदैन। तर १०+१मा पूगेकाले आफूले बयस्क ठान्दा ठान्दै बुझाइ बयस्कमा नआउनुमा मलाइ छक्क परू परू लाग्यो।

प्रहरी नायब उपरीक्षक राधिका खड्का को हुन परिचय चाहिएन,सरकारी बर्दीमा उनी आउछिन त उनको बोलीनै कानुन हो। कानुनको खिलाफमा जानु म उचित ठान्दीन। उनी कसरी जन्मिन?उनका बुवाले हलो जोतेर पक्कै उनलाइ भेटाएका होइनन,नत न‍-सुमिनालाइ? सुमिना तिम्रो बुझाइ सोझाउन माथीका पाठ उपपाठ बाचन गरेको होइन। तर सार्बजनिक अबस्थामा योनजन्य क्रियक्रलापमा प्रहरीले हात किन लगायो भनेर प्रश्न सोध्यौ। यसमै हांसो उठ्यो। हास्न पनि ठिक होइन कि, म पाइला पछाडी हटाउंदै छु। प्रहरीले बटौलीको डांका समात्ने मात्र होइन समाजमा असान्धर्भिक हर कुरा प्रहरीको चासोको बिषय हुन्छ। आफ्नो अधिकारमा जे गर्न पनि सकिन्छ तर समाजमा कानुन छ,त्यसको हेक्का प्रशासनले गर्छ। बाटोमा नांगै हिन्नु आफ्नो अधिकार होला तर त्यसमा अरुलाइ असर पर्छ कि पर्दैन त्यो प्रहरीले बिचार गर्छ,अरुलाइ असर पारे पुलिस हत्कडी लिएर जाइ लागे कामी गाली नबर्साउनु,बरु आफ्नो बुझाइ ठाउंमा ल्याउनु।

(यो ब्लग सुमिनाको ब्लगमा आधारित)

10 Comments:

Prajwol said...

Personally, I did not see any offense with her post. Everyone is entitled to their opinion, it's a free country (at least in constitution). Law should always be objective, not subjective.

-Prajwol-

Nepalean said...

Prajwol ji i agree its a free country at least in constitution.
But lets take it this way, can we drive freely in a free way? Oh yeah but cops would come behind isn't it ;)
Everybody doesn't like cops and again teenagers are the one who really hate them. Also cops put extra eye at teenagers.

Prajwol said...

Nepalean Ji,

Freeway (not talking about Autobahn in Germany) is generally for moving without having to stop for lights, not speeding. Cops are only there to enforce the law.

In the case of "Sumina"; I am not talking about morals or ethics, just the law of the land. I am being objective here; if the person is of legal age (not sure or care if she is), then they can't be stopped or defamed for "not illegal" activities, period. My take is, I don't see any point in making mountain out of a mole.

Cheers!!

Anonymous said...

This is all about cheap publicity. Achut Kharel le 46 saal tira kapal katana lagako ra yo kadna ma ma kehi bhinnata dekhdina.

Nepalean said...

Prajwol ji even in Autobahn if you drive too fast, I heard cops come behind you. I agree legal age or not , they can do anything but if they cross the line, administration comes.

@Anonymous, I was pointing illegal activities in public places like those adult thing. I was not talking abt disco becasue I dont know how the Nepal's law regarding disco. Even I dont know whether we have legal age limit to drink or enter the bar.

Anonymous said...

उमेर पुगेकाले कहिले काहिँ डिस्को जाँदा ...बार रेस्टुरेन्टमा भेला हुँदा ...वा आपसी सहमतिमा दुइले रात बिताउँदा किन अर्काको टाउको दुख्छ म यहि कुरो बुझ्दिन |

सरकारी बर्दी लाएर बोलि नै कानुन हो भनेर जे सुकै गर्न कहाँ पाईन्छ र ! यो सब ति पुलिस्नी आन्टीको हिट खाने मेलो मात्र हो |

Anonymous said...

नेपालीहरु नियम कानुन मान्न कांहा तयार हुन्छन र? देश बिग्रयो भनेर नेतालाइ दोष दिन्छन नियम मिचेर भांडभैलो मच्चाउने जनता त हुन। पुलिस किन मन पर्नु यिनीहरुलाइ।

Avash said...

Such a commie inspired article.

I want to say lil bit about dautari. I initially joined n helped dautari, thinking that it was a cool idea to do group blogging, as even though someone is busy others would put the article and the website always will be fresh. But, now I realize is that it is not working. The reason is that we are giving equal weight to all those poster or poser who think they are "the" political pundit or social commentator. But the truth is you either have that quality or not. The most of the dautari bloggers dont have it. N most of the dautari blogs are of mediocre quality, except Ekalavya and Tharki dada (weird name, I dunno why would people give any weight to his words with that name).

There needs to serious redesign of the website, if any amount of public interest need to drawn. Right now, this website clearly sucks. Btw, redesign wouldnt be possible with this blogger template and their server.


Or, the other way of running a successful is to give new material to read, like most of the prominent US blogging sites operate. This doesnt look feasible in dautari setup. I dont think dautari can be a news maker in recent future.

In gist, this website clearly sucks.

Nepalean said...

आभास जी,छद्मनाम प्रयोग गरेर दौंतरी प्रती तिक्तता पोखेकोमा धन्यबादै टक्राउंछु। दौंतरीको स्थापनाकालमा सहयोग गर्नुभऐको रहेछ,त्यसमा दौंतरी टिमको तर्फबाट धेरै अनुग्रही छु।

तपाइले भनेको कुरा सहि हो। जस्जस्को फुर्सत हुन्छ उहांहरुले दौंतरीमा लेख्दै जानुहुन्छ। कहिले कांहि सबै ब्यस्तहुंदा दौंतरीमा नया लेख धेरै दिन आउंदैन। यो तपाई हामीले देखेकै कुरा हो। फुर्सतको कामलाइ पन्छाएर आफ्नो काममा लागीरहनुहुने दौंतरी ब्लगरहरु प्रती यो गर्ब गर्ने बिषय हो। समय र बिषय भए पछी उहांहरु राम्रा सामाग्री लिएर पक्कै आउनुहुनेछ।

दौंतरीको ट्याम्पलेट फेर्दा फेर्दा सारै भद्दा भएकोले यो नया टेम्पलेट ल्याएका हौं। यसमा पनि समस्या देखिएको ले अर्को ल्याउने तयारी छ तर समयले साथ दिएको छैन,भनौ न समय आभाव छ। समय र प्रस्तुती मिले छिटै नै नया ट्याम्प्लेट ल्याउने छौं।

लेखाइ तिखार्न त्यती सजिलो पक्कै छैन। यो मैले दौंतरीमा ब्लग लेख्दा अनुभव गरेको कुरा हो। तर लेखाइमा सुधार गर्ने ठाउंहरु भने पर्याप्त हुन्छन। यस्मा दौंतरी मित्रहरू सधै लागीरहनु भएको छ। २ बर्षको दौरानमा कमसल लेख र दोर्हाइने लेखलाइ कम स्थान दिन थालेका छौं। तर लेखलाइ यो राम्रो र यो नराम्रो भनेर छुट्टाउन त्यती सजिलो छैन,यो पढ्ने मान्छेमा भरपर्छ। तपाइ पनि क्वालिटी सुधार्न सहयोग गर्नसक्नुहुनेछ। गौण कुरा के हो भने परिबर्तन गर्न सकिन्छ तर कुनै परिबर्तनले पुरानो अबस्थाबाट तल झार्छ भने त्यस्तो परिबर्तन तिर नलागेकै राम्रो। त्यसैले दौंतरीमा कतिपय परिबर्तन गर्न म सैधैं हिच्किकाउंछु।

ब्लगलाइ सफलता तिर लैजान प्रश्सत बाटाहरु छन तर ति बाटहरु कत्तीपनि सजिला छैनन। अप्ठ्यारै किन नहुन हामी सधै सफलताको बाटोमा हिड्न प्रयास गरिरहने छौं। तपाइले पनि सफलता तिर लम्किन अप्ठ्यारा बाटा छोचोल्न पक्कै सहयोग गर्नुहोला।

पुष्प said...

मनपर्यो है नेपालियन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !