April 1, 2010

गाउँखाने कथा - ३७ (Nepali Gau Khane Katha)

अपडेट: यस पटकको गाउं खाने कथा भने निकै झुक्क्याउने खालको भयो। एक ठाउंबाट सुरु भएर अन्य ठाउंमा सकिने आसय राखेको यो कथाले खोला,टेलीफोन आदी जस्ता उत्तर हुनकी जस्तो भान पार्यो। तर खासमा यि उत्तर कुनै पनि होइनन। अन्तिममा गएर पुष्पीजीले उत्तर मिलाउनु भयो। एक ठाउंबाट सुरु भएर धेरै ठाउंमा जाने चिज हो "बाटो"। पुष्पजीलाइ धेरै धेरै बधाइ,अब आफूंले मनपर्ने गाउं माग्नुहोला। उत्तर मिलाउन प्रयास गर्नुहुने मिलन रावल,ध्रुब पन्थी,राजेश,मिलनलाइ धेरै धेरै धन्यबाद।
-------------------------------------------------

सधैं जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छ।

यहां छन् वरपिपल, काशी गए जरा, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


21 Comments:

Anonymous said...

k ho k ho?

Milan Rawal said...

पानी भने नी भयो नदी भन्दा नी भयो र सागर या समुन्द्र भन्दा नी हुन्छ। आखिर जे भय पनि पनि बग्ने ठाउँ नै हो।
मिलन रावल

Nepalean said...

प्रश्न गार्हो पर्यो कि सबै जनाले उत्तर लेख्ने अल्छी गरे ;)
त्यती गार्हो छैन है। मिलन जी खोजेको उत्तर त त्यो होइन है?

Dhruba Panthi said...

तरुल जस्तो लाग्यो।

Rajesh said...

khola nai hola

hahaha said...

Nepal india ko kura aayo, how abt Nepali neta?

Nepalean said...

उत्तर झट्ट हेर्दा खोला,तरुल होला जस्तो लाग्छ। तर सहि उत्तर यि मध्य कुनै परेनन है। उत्तरको नजिक नजिक भने भयो।

Milan Rawal said...

teliphone ta hoina ?

Nepalean said...

मिलनजी टेलीफोन उत्तर मिलेन है। यो पनि हो की हो की जस्तो लाग्ने उत्तर रहेछ।

Milan Rawal said...

सप्त रंगी धनुष हुनु पर्छ

Nepalean said...

मिलन जी बरु पहिले मिल्न मिल्न लागेको थियो। यो रंगिन धनुष त कत्ती पनि मिलेन है।
यस पटकको प्रश्न सजिलो हो कि गार्हो म आफैं अन्यौलमा छु।
मान्छेले प्रयोग गर्ने चिजमा पर्छ तर कपडा भने होइन। अब अनुमान लगाउन सजिलो होला कि ?

Milan Rawal said...

बन्दुक हो त ?

Anonymous said...

बल गरौँ है बन्धु ...

अर्कै मिलन

Anonymous said...

मलाई त हाम्रा हिमालहरु हुन कि जस्तो पो लाग्यो। वर पिपल चैं हिमालहरु, जरा चैं खोला नाला। नाला भनेर ढल चै हैन नि। हुन त बाग्मती, बिष्णुमती, धोबिखोल, टुकुचाको ताल हेर्दा त भन्दा पनि फरक पर्दैन।

nepalean said...

ह्या त दुइ मिलन पो भेटहुनु भएछ। यो बन्दुक उत्तर पनि मिलेन।
एनोमिनसले भनेको हिमाल र खोला उत्तर मिलेको मिलेको जस्तो भए पनि मेरो किताबी उत्तर संग मिलेन है।
मैले उत्तरको मेसो त दिएकै हो। मान्छेले प्रयोग गर्ने चिज भनेर। हुन त हिमाल,खोला नाला मान्छेले प्रयोग गर्छन तर यो भने मान्छेले नै बनाएको हो। खोला नाला जस्तै अथाह लम्बाइ भने छ है यसमा।

पुष्प said...

बाटो पो हो कि !

पुष्प said...

विद्युत लाइन पो हो कि !

पुष्प said...

लौ गज्जबै भएछ । हावामा छोडेको तीर ठाउँमै लागेछ । अब गाउँचाहिँ पो के माग्ने खै ! ल नेपालियनजी तपाईं नै दिनुस् ।

Unknown said...

tarul ho
binod

kamal said...

नेपालको बर्तमान सरकार (राजनीती) हो क्या भन्या !
कसरी भन्नुहुन्छ भने - बर-पीपल (माकुने-बीधा भण्डारी) मूल संचालक काशी (भारत- राकेस सुद)
कस्तो लाग्यो उत्तर
मलाई मेरो नेपाल गाउ वापस देउ अब !!!!!!!!!!!!!!!!!!!

Nepalean said...

Sagar le bhane jasto rajnitik gau khane katha ta tyakka milyo. la tapaikai gau wapas diye sagar ji ;)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !