March 13, 2010

आज मैले रक्सी पिएको छु


दु:ख पीर को त के कुरा
संसारकै पीडा लिएको छु
आशुं नाप्दै नपाऔं
पूरा का पूरा निलेको छु
र पनि रक्सीले गर्दा
म खुशी भएको छु
हो कुरा बूझ्नु भयो हजुर
आज मैले रक्सी पिएको छु

सादा जिबनमा त सधै
डर र त्रास लिएको छु
सत्य तथ्य बोल्दा पनि
भय लिएको छु
भलो गर्दा गर्दै
धोका खाएको छु
भेउ पाउनु भयोहोला हजुर
आज मैले रक्सी पिएको छु

कस्ले बनायो यो रष
रात दिन खोज्या खोज्यै छु
नाम नै किन चाहियो र
आखिर यस्लै दु:ख बिर्सया छु
पिडा जस्तो गार्है होस
हल्कै रुपमा लिएको छु
शंका ठिक गर्नुभयो हजुर
आज मैले रक्सी पिएको छु

दिमगाको के कुरा भयो र
खुट्टा सहि नै टेक्या छु
जिब्रोको पदचाप ननापौं
ठिक कुरा औकलेको छु
हाउ भाउ बेग्लै भयोहोला
तर सत्य तथ्य बोलेको छु
आखिर सबैले थाहा पाउनु भयो हजुर
आज मैले रक्सी पिएको छु


9 Comments:

ठरकि दादा said...

ल नेपालियन सर, यो रक्सीको महात्म्य भने दामि गयो है !

हाउ भाउ बेग्लै भयो होला
तर सत्य तथ्य बोलेको छु


पक्कैपनि, सत्य बोल्दा भय हुने समय आएपछि सत्य बोल्न पनि सुराको सहारा लिनु पर्छ होला ।
अनि यो कविता पनि सप्ताहन्तमा आएको छ कतै साँच्चै पिउँदै - लेख्दै त हैन :)

Dinesh Chandra Panthy said...

सत्य तथ्य बोल्दा पनि
भय लिएको छु
भलो गर्दा गर्दै
धोका खाएको छु
भेउ पाउनु भयोहोला हजुर
आज मैले रक्सी पिएको छु

जय श्री १०८ स्वामी रक्सी महाराज !!!!!!

Nepalean said...

ठरकी सर सप्ताहअन्तमै लेखेको त हो तर पिउंदै भने लेखेको हैन है! तपाइको रक्सी माहात्मलाइ मैले काहां पो छुन सक्छु र?

हुन त रक्सी खान हुने चिज त हैन तर यस्मा कोरिने साहित्यमा भने कहिल्यै कमि आएन। भगवानले सोमरस त बनाएकै हुन गांठे।

Nepalean said...

दिनेश जी मैले पनि दोर्हाए है;
श्रि १०८ रक्सी महाराजकी - जय!

Anonymous said...

सादा जिबनमा त सधै
डर र त्रास लिएको छु
सत्य तथ्य बोल्दा पनि
भय लिएको छु
भलो गर्दा गर्दै
धोका खाएको छु
भेउ पाउनु भयोहोला हजुर
आज मैले रक्सी पिएको छु

MANU said...

Last but not least, I like this paragraph.
दिमगाको के कुरा भयो र
खुट्टा सहि नै टेक्या छु
जिब्रोको पदचाप ननापौं
ठिक कुरा औकलेको छु
हाउ भाउ बेग्लै भयोहोला
तर सत्य तथ्य बोलेको छु
आखिर सबैले थाहा पाउनु भयो हजुर
आज मैले रक्सी पिएको छु

Anonymous said...

I liked the poem Nepalean ji,
Panda khus huwa,
Because I have also taseted this som ras.

-Zero Hour from the "womens' Island"

Anonymous said...

Maile pani piye bro. cheers!

Inashrestha said...

अनि घरमै बसेर खा हो कि बाहिर तिर हो गाँठे? बाहिर तिर धोकेर आ'भे पुलिसको फन्दामा परिने डर क्या . त्यसैले घरमै खान सल्लाह छ हाम्रा नमेजीलाई . बरु यस्सो मौका मिल्यो भने संगै बसेर दन्काम्ला क्यारे . फुन गरिल्याम .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !