March 10, 2010

ब्लगर दाइको ब्लगिङ वार्ता

दौंतरीमा नेपाली ब्लगरलाई निम्ताउने क्रममा यस पटक नेपाली ब्लग जगतकै दाइ ब्लगर दाइलाई निम्ताएका छौं। ब्लगसम्बन्धी उहाँका अनुभव दौंतरीलाई बाँड्नुभएकोमा नवीनजीलाई धेरै धेरै धन्यवाद।

१) ब्लग दुनियाँमा कसरी आउनुभयो ? आफूलाई कसरी परिभाषित गर्न रुचाउनुहुन्छ ?
एउटा hobby को रूपमा पहिले कलम कपि लिएर खेस्रा गरीरहन्थे। त्यों बेला खासै इन्टरनेटको सुबिधा थिएन। 2003 पछी इन्टरनेट चलाउदा खुबै साथीहरुलाई rough article पठाएर दिक्क पार्थे :) पछी यो blogspot फेला पारियों र साथीहरुले सायद राहतको महसूस गरेका छन। सुरु सुरु मा थुप्रै experiment गरिन्थ्यो। तर पनि formally online राखेको 2006 (ajabgajab) देखि हो।

२) तपाईँको Frame of Reference को आकार ब्याख्या गरिदिनुहुन्छ कि ?
खासै बाधिएर लेख्ने बानी छैन। "यो चाही मेरो प्रस्थान बिंदु हो , तिमी के भन्छौ त साथी ?" भन्ने हिसाब ले frame of reference को नाम जुरेको हो। नेपाल मा Physics पढ्दै गरेका भाइहरु ले पनि मन परायेका रहेछन।

‍३) तपाईँको ब्लगलाईँ के मा अनुबन्ध गर्नुभएको छ ?
Educational type को information उपलब्ध गर्न खोजेको खासै सकिएको छैन। आफ्नै research का टुकरा -टाकरी राख्ने पहल पनी हुदैछ । Completely boring topic dump गरेर पनि भएन :)

४) तपाईँ कसरी ब्लगर दाइ बन्नुभयो नि ?
दाइ भनेर संबोधन गर्ने भाइका साथीहरु र साथीका भाइहरुको जमातले blogger दाइ न्वारन गरिदिए। आफु लाई खूब academic ठानेर आफ्नो blogging habit को र्को अलग पहिचान राख्ने मेरो प्रयास पनि येसको कारण हो।

५) ब्लगर दाइ ब्लगर भाइहरुलाई केही दर्हो सुझाब छ कि ?
ठुलो अनुभवको पोको त छैन। तै पनि भन्नैपर्दा , धैर्यता राख्नु पर्छ। Blog ले audience pick up गर्न जती गार्हो छ , maintain गर्न उत्तिकै गारो छ। दिन को 10/15 मीनेट मात्रै दिन सकियो भने धेरै हुन्छ।
Technically भन्नु पर्दा :थुप्रै script र gadget राख्दा site लोड हुन slow हुन्छ; राम्रो theme र topic oriented article राख्नु पर्छ; लेखिएको topic मा अली अली research गरियो भने सुन मा सुगंध हुन्छ।एक पटक आउने मान्छे अर्को पटक पनि आउन मन लाग्ने भए त ब्लग सफल नै मान्नुपर्ला।

६) ब्लगको पाठक अन्तरक्रियासंग कत्तिको सामीप्यता राख्नुहुन्छ ?
दिनको केही समय hamro circle लगाएत मा updated post हरु हेर्छु। नेपाली मा कमेन्ट लेखन टाइम लागने भएर interaction मा पछाड़ी नै छू। पढन चाही पढ़ी रहेकै हुन्छु।

७) हरेक कुरा केही न केहीबाट सुरु भएको हुन्छ। यो आकाशगंगाको उत्पती के बाट भएको होला ?
यो चाही गजबको प्रश्न गर्नु भो। Big bang भनेर सबै ले कुरा गर्छन। तर " के यो संसार को उत्पति सून्य समय मा quantum fluctuation ले गर्दा नै भएको हो त ?" यो प्रश्न ले हरेक पटक मेरो मथिंगल घुमाउछ।आज को मिति सम्म स्थापित theory चाही येस्तई छ !

८) बिज्ञानले हरेको कुराको नापजाँच गर्नेगर्छ। आकाशको नाप कती होला? आकाशभन्दा पर के छ ?
Einstein ले एक पटक भनेका थिए , "यो संसार जति सुकै ठुलो भये पनि हाम्रो mathematics को ज्ञानले बाँध्न सक्छौ"। यो फैलिदै गरेको आकास र अनन्तसम्मको लेखाजोखा राख्ने बिज्ञानको प्रयास , दुवै जारी छ।

‍९) तपाईँको आकाशमा अलि बढी ज्ञान रहेछ। मलाइ नेपाल देखिनेभन्दा अमेरीकाबाट देखिन चन्द्रमा अली ठूलो लाग्छ,यो भ्रम हो कि सांचो हो ?

नेपाल landlocked भएको ले गर्दा हामी ले चन्द्रमा लाई डाडा माथि देख्छौ।
अमेरिका मा निकै तल सतह बाट उदाएको देख्नु भो होला। यो relative size ले गर्दा हुने दृष्टी भ्रम हो। http://en.wikipedia.org/wiki/Moon_illusion

१०) तारा गन्न संभव होला ? तपाईँको मन पर्ने तारा कुन हो ?
यो आली गारो question पर्यो :)एक पटक hubble space telescope ले आकास को एउटा अंधेरो कुना मा एक हप्ता सम्म निरिक्षण गर्दा के पाइयो भने , completely अंधेरो लाग्ने region मा समेत हरेक थोप्ला थोप्ला तारा हरु ले भरिएका रहेछन। [http://hubblesite.org/hubble_discoveries/hubble_deep_field/]
अब यो अनंत आकास का अनन्त बिंदुहरु गनेर संभव होला र? तै पनि visible universe मा चाही एती छन भनेर गन्ने प्रयास गर्ने लाई गणना गर्न दिउ न !alpha centauri एकदम मन पर्छ। 2008 मा brazil जाने मौका मिलेको थियो। southern hemisphere बाट आकास हेर्दा जून मज्जा आयो त्येसको बयान गरेर साध्ये छैन [http://www.nabinkm.com/2009/05/constellations-in-southern-sky.html]।

११) संसारबाहिर जीवन होला त ? कि यो बैज्ञानिकहरुको मृगतृष्णा मात्रै हो ?
PlanetQuest भन्ने NASA को mission ले हरेक हप्ता जसो पृथिवी जस्ता planet पत्ता लगाउदै छन। यसै हिसाब ले, संभावना को हिसाब ले पृथिवी बाहेक का ठाऊ मा जीवन नहोला भन्न सकिन्न। तर तिनिहरूका हाम्रा जस्तै दुई हात , नाक कान खुट्टा होलान भनेर भन्न सकिन्न।

१२) भौतीक शास्त्रको बिकसित र बिकासोन्मुख देशबिच भौतिक तथा शैद्धान्तिक अबस्थामा के भिन्नता छ ?
सैदान्तिक रूप मा त भिन्नता छैन। Physics is universal। भौतिक रूप मा equipment हरु उपलब्ध हुने हो भने नेपाल का scientist हरु अन्य देश का scientist संगको प्रतिस्पर्धा मा पछी परलान जस्तो लाग्दैन।

१३) सपनालाई कसरी परिभाषित गर्नुहुन्छ। कुनै राम्रो सपना तुरुन्तै कैद गर्नुभएको छ ?
"राम्रा सपना लाई तुरुन्तै कैद गर्नु पर्छ" , हाम्री आमा को भनाई हो यो। पहिले पहिले कलम कपि सिरानी मुन्तिर राखेर सुतिन्थ्यो। निकै रमाईला सपना हरु लाई कॉपी मा उतारेको छु।सत्य नभए पनि सपना देख्नुमा खराबी देख्दीन।

१४) अन्य ब्लग कत्तीको सयर गर्नुहुन्छ ? राम्रा नराम्रा पक्ष केलाइदिनुहुन्छ कि ?
hamro-circle मा updated सबै जसो blog visit गर्छु। त्येस बाहेक google reader मा पनि केही छन। अर्काको ठ्याक्कै कॉपी पेस्ट गर्ने बाहेक सबै आ-आफ्नै स्थान मा राम्रा छन।bloggers.com.np मा report this blog भन्ने feature राखेर एउटा team बनाउने हो भने येस्ता प्रदुषण नियेंत्रण हून सक्छ।

१५) फुर्सत र ब्यस्तामा आफूंलाई कसरी ब्यालेन्स राख्नुभएको छ ?
हा हा हा ...फुर्सद मा ब्यस्त र ब्यस्तता मा फुर्सदिलो हुने गर्छु। फुर्सद मा blog लेखेर schedule गरी दिन्छु। त्येसै ले त्यती गारो हुन्न।

१६) दौंतरीलाई के सुझाब दिनुहुन्छ ?
दौतरीको प्रयास प्रेरणादायी छ। थुप्रै vetran को संगम थलो मा मैले के सुझाब दिन सकुला र ? निरंतरता दिनु होला सुझाब र शुभकामना यही हो।

१७) तपाईँलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि?
नेपालीमा टाइप गर्ने ख़ास अनुभब छैन हिज्जे माफ़ पाऊँ ! "नया" तथा "पुराना" blogger हरु को संगम थलोमा स्थान दिनुभो , दौतरी टीमलाई धन्यवाद। यो उत्साह र शक्ती सधै कायम रहोस् ।
Happy Blogging!

17 Comments:

Basant Giri said...

Waiting to read his experiences, opinions and many more.............

Dinesh Chandra Panthy said...

रमाईलो लाग्यो ब्लगर दाईको अन्तर्वार्ता ।

dpaudyal said...

"ब्लगर दाई ब्लगर भाई" "हा हा हा ...फुर्सद मा ब्यस्त र ब्यस्तता मा फुर्सदिलो हुने गर्छु"। यो चै सर्है मन पर्‍यो ......

Jotare Dhaiba said...

साँच्चै अजबगजब नाम जस्तै निकै गजब लाग्यो कुराकानी । जानकारीमूलक पनि ।

Dilip Acharya said...

रमाइलो लाग्यो ब्लगर दाइसंगको कुराकानी !

हुनत व्यग्तिगत गुपमा कहीलेकाही अन्तरसञ्जालमा भलाकुसारी पनि हुन्छ तैपनि नेपाली ब्लगलाई उत्थान गर्न वहाँले गर्नु भएको योगदानको म खुला ह्रदयले प्रशंसा गर्छु । हजार व्यस्तताका बाबझूद सायद त्यही व्यस्तताको फुर्सदमा यि सबै काम गर्न भ्याउनुहुन्छ होला !

उत्तरोत्तर कामना सहित

दिलीप आचार्य

Anonymous said...

सार्है रमाइलो लाग्यो यो अन्तर्क्रिया । NKM जी को नेपाली ब्लग प्रतिको योगदान अटुट रुपमा कायम रही रहोस भन्ने कामना छ । HamroCircle को स्थापनाले मलाई त एकदमै सजिलो भएको छ है, धेरै जसो updated नेपाली ब्ल्ग एकै ठाउंमा पढ्न पाईन्छ ।

नेपालीयनजी ले प्रश्न छनोटमा गर्नु भएको मिहेनतले पनि यो ब्लग बार्ता झन राम्रो हुन गएकोमा उहांलाई पनि धेरै धन्यवाद । अविरल रुपमा यस्तो ब्लग बार्ता दौंतरीमा प्रस्तुत भाई रहन्छ होला भन्ने कामना को साथ ;)

प्रज्वल

दिनेश राज said...

उहाँसँग ब्यक्तिगत चिनाजानी नभएपनि यो कुराकानीका माध्यमले धेरै कुरा बुझ्ने मौका पाइयो यस्का लागि ब्लगर दाइ तथा दौंतरी दुबैलाई धन्यबाद ।

Anonymous said...

sarai ramailo lageyo!
Mahesh Bhai

Basanta said...

नवीनजीसंगको चिनजान ब्लगबाटै भएको हो र अहिले त्यो फेसबुकसम्म पुगेको छ, कुनै दिन भेट पनि अवश्यनै हुनेछ।

नेपाली ब्लग-जगतलाई अगाडि लान उहाँले देखाउनुभएको लगनशीलता र समर्पणको जति प्रशंशा गरेपनि कम हुन्छ। उहाँसंगको कुराकानी पढ्ने मौका दिएकोमा दौंतरीलाई धन्यबाद! कुराकानीबाट भौतिक-शास्त्रबारेको उहाँको ज्ञान-भन्डारका एक-दुई ताराहरु पनि देख्न पाइयो, खुशी लाग्यो।

उहाँलाई अझ सफलताको शुभकामना!

Nepalean said...

नबिन जीसंग ब्लग बाट चिनचान भए पनि उहांनै ब्लगदाइ भन्ने पक्का थिएन। अलि पहिला ब्लग दाइ भन्ने नाम सुनेको तर को रहेछ भन्ने उत्तुसकता रहिरहेको थियो। यो संबादबाट मात्र थाहा लाग्यो उहांनै ब्लग दाइ भन्ने। उहांको नेपाली ब्लग जगतको लागी योगदान त जतिभने पनि कम हुन्छ। उहां जस्तै थुप्रै नेपाली अग्रज ब्लगरले गर्दा नै आज ब्लगर बिच यस्तो सुमधुर संबन्ध हुन सकेको हो। उहांले ब्लगर भाइहरुलाइ दिएको सल्लाह बिचार गर्नुहोला है,झिलीमिली हुंदैमा ब्लग उत्तरम हुंदैन,लेखाइ दर्हो राख्नुहोला।
सबै नेपाली ब्लगरलाइ धेरै धेरै शुभकामना।

नबिन सर,यसो एउटा फोटो पनि हालेको भए झन मज्जा आउंथ्यो नि?

पीजी said...

म त शुरुमा कन्फ्युज भएं कोसंगको संवाद हो भनेर । तर जे होस अर्धभुमिगत तरीकाको चिनारीबाटै भए पनि उहासंगको कुराकानी रमाइलो लाग्यो ।

NKM said...

यहाँ हरु को comment , हौसला र प्रेरणा को लागि धेरै धेरै धन्यवाद !
Nepalean G को प्रश्न को कमाल हो यो सब,
वहालाई फेरी पनि धेरै धेरै धन्यवाद !!
--
ब्लग दाइ र ब्लगर दाइ एकै हैनन्
:)
ब्लग दाइ राजनीति कुनै एउटा ध्रुब समातेर दरो लेख्छन (http://nepalnow.blogspot.com/)

-NKM

Dhruba Panthi said...

ब्लगर दाइसँगको वार्ता निकै रमाइलो र जानकारीमूलक लाग्यो। भौतिकशास्त्र सम्बन्धि प्रश्नोत्तर विशेष घतलाग्दा छन्। दौँतरी र ब्लगर दाइ दुवैमा धन्यवाद साथै उत्तरोत्तर प्रगतिको कामना।

Yumesh Pulami said...

बलगर दाइ को ..दौतरी संग को भलाकुसारी एक दम राम्रो लाग्यो ....
धन्यबाद दौतरी लाइ ....

Unknown said...

धन्यबाद दौतरी लाइ .....

दूर्जेय चेतना said...

नबिनजीको अन्तरबार्ता निकै रोचक रहेछ। राम्रो लाग्यो

yanmaneee said...
This comment has been removed by a blog administrator.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !