February 16, 2010

निर्लज्ज मन्त्री कुजाता


नेपालकी परराष्ट्र मन्त्री सुजाता कोईराला काम गरेर भन्दा गलत वा नराम्रा कामले चर्चाको बजारमा छाएकी हुन्छिन् । ९० वर्ष पुग्न लागेका अन्धो धृतराष्ट्रको बुढो काँधमा निर्लज्ज चढेर उपप्रधान मन्त्रीको पदमा पुगेकी यी नामले सुजाता र कामले कुजाता नै हुन भन्दा फरक पर्दैन । यिनको नाम ठीक बिपरितार्थक नै छ भन्दा हुन्छ । उनको नाममा ‘सु’ उपसर्ग झुण्डिनु तर काममा सदैव ‘कु’ हुनु उनको परिचय प्रमाणित सत्यो । आजीवन बिदेशमा नै रहेकी यी बिदेशी पतिकी ई उभयचर पत्नि अहिले नेपालकी बिदेश मन्त्री भएकी हुनाले अहिले नेपालीलाई बिदेश घुम्न नभइ नहुने राहदानीलाई यिनको गिद्दे नजर र अघोरी भोकले खान खोजेको छ ।

अहिले सुजाता बहुचर्चित मेसिन रिडेबल पासपोर्ट प्रकरणमा चर्चित छन् । उड्ययन सम्बन्धी आधिकारिक अन्तर्राष्ट्रिय संस्थाले आउँदो अप्रिलसम्ममा मेसिन रिडेबल पासपोर्ट भएमात्र बाह्य उडान गर्न पाउने वाध्यकारी फर्मान जारी गरेकाले यो हुनै पर्ने थियो । तर आजीवन कमिसन र पैसाको जोहो गर्न भनेर राजनीति गर्ने र मन्त्री हुने ध्याउन्नमा लागेकी यी निर्लज्ज नारीका लागि , यो पासपोर्ट बनाउने सुनौलो मौका कमीसन सोहर्न पाउने कुम्भ मेला साबित भयो । त्यसैले हरेक हतकण्डा प्रयोग गरेर भए पनि यसबाट आउने ठूलो कमिसन हात पार्न , उनले नेपाली नागरिक बाहिर जानै नपाए नपाऊन केही मतलब छैन तर , पासपोर्ट बनाउने कामको जिम्मा लिने कम्पनीको छनोट र मोलतोलको बार्गेनिङले दिने बिशाल कमिसनको पोको नलिई नछाड्ने अड्डी लिँदा अब नेपालीले खाडी र मलेशियाको श्रमबजारको यात्रा सम्म पनि गर्न नपाउने स्थिति पैदा हुँदैछ । मन्त्री कुजातालाई यी सबै कुराको कुनै टण्टा छैन ।

यस्ता लाज नभएका मन्त्री जो हाक्काहाक्की नेपालीलाई थर्काएर खाने मौकाको ताक कुरेर बस्छन् र सारा नेपालीमाथि आउन सक्ने बिपत्तिमा पनि कानमा तेल हालेर मस्त रहन्छन् , यस्ता दुष्ट पात्र हामीलाई किन चाहिएको छ ? हिजोको संसदिय समितिमा अझ उसैको चर्को डाँको सुन्दा , यो देशको दूर्भाग्य नै रहेछ कि यस्ता मनुष्यलाई मन्त्री मानेर मुलुकवासीले बोकेर चल्नु पर्ने ! नेपालले यस्ता कुजाता टाइपका मन्त्रीबाट कहिले मुक्ति पाउने होला ?



5 Comments:

manu said...

तपाइहरुले शैलेजाले संसदिय समितीमा दिएको प्रश्न उत्तर सुन्नुभयो?
छिटो भन्नुहोस,मलाइ अन्य कार्यक्रममा जान हतार छ रे? देश त आफ्नै बिर्ता जस्तो। कुजाता भन्दा पनि अरु केही भन्नु छैन यिनी मैयासापलाइ?

पीजी said...

बाउको पावरको भरमा मान्छेलाई मान्छे नगन्ने यिनले देश र जनताको लागि काम गर्नु भन्दा पनि बाउको बिर्ता स्वरुपको देशरुपी "लालीपप" चुस्न सरकारमा गएकी हुन । विना बन्दुक पनि देशलाई बाउको विर्ता ठान्ने यिनी यस्ता जनता, संसदीय समिती आदि इत्यादि हैन माओबादी प्रभु र भारत प्रभुलाई मात्र गन्छिन ।

Nepalean said...

I dont know much about Sujata, is the most capable among congress so she is in important post? If not why other congress people supports her or let her to be in this important position?
Wasnt she had NGO earlier?

पुष्प said...

जनताले जिताएर पाएको पद भएपो जनताप्रति उत्तरदायी हुनुपर्थ्यो । बाउ टट्टु अनि छोरो लट्टु ! मज्जाले नाचिरहेकी छिन् अहिले । अनि नचाइरहेकीछिन् नेपाली जनतालाई आफ्नै तालमा ।

अनि नेपालियनजी के साह्रो बुझपचाउनुभएको हो ! माओवादीका बारेमा पाखुरा सुर्काई-सुर्काई कुरा गर्नुहुन्छ; तर सुजाताको बारे त्यति थाहा छैन भन्नुहुन्छ । पत्याउने कुरा गर्नुस् न । अँ उनलाई उनकै दलका सदस्यहरूको समर्थन थिएन; गिरीजाले बाध्य पारेका समर्थन गरेका मात्र हुन् ।

Nepalean said...

पोस्तक जी धेरै समय पछि गफ गर्ने मेसो मिल्यो। बेला बेलामा गफमा सामेलहुंदै गर्नुहोला।
माओबादीसित पाखुरा सुर्केर कुरा गर्यो भन्नुभयो, माओबादीबारे धेरै सिक्ने अबसर मात्र नमिलेको होइन
माओबादीको जंगली ब्यबहारबाट केही पटक ज्यानै जोगाउने भाग्य पनि मिलेको छ। यस बारे दौंतरीमा लेखौंला भनेको
त्यस्तै भएको छ। कुनै बेला ब्लगमा राखौंला।
अब रह्यो शैलेजाको कथा कुथुंग्रि बहने पालो। यिनी शुस्मा कोइराला मेमोरियल ट्रष्ट चलाएर बसेको थाहा थियो। नेपालकी छोरीले राम्रै काम गरिन भनेर ठान्थे। पछि कताबाट राजनितीमा आइन र कसरी उप-प्रम भइन भन्ने मेसो भने मैले पाइन। उनको बारेमा जान्ने अबसर २ पटक मिल्यो - १) माधब नेपाल भारत जांदा उनी नगएर पत्रकार सम्मेलन गरेको बेला २) संसदिय समितीसंग पासपोर्ट छाप्न किन रोकेको भन्ने बारेमा। त्यस बाहेक अन्य जानकारी नभएको हुंदा मैले प्रश्न राखेको हुं। उनी गिरीजा पूत्री भएको त सबैलाइ थाहा नै छ,त्यो त किन सोध्नु पर्यो र हैन त?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !