February 24, 2010

गाऊँखाने कथा - ३५ (Nepali Gau Khane Katha)

अपडेट: गाउंखाने उत्तर मिलाउने, मिलाउन प्रयास गर्ने सबै दौंतरीहरुलाई धेरै धेरै धन्यबाद।

गाउं खाने कथा ३५ को सही उत्तर हो गंगटो। गाउंखाने कथाको उत्तर मिलाउने बसन्त जी ले गाउं पाउनु भयो। ल बसन्त जी मन पर्ने गाउं माग्नुहोला।
---------------------------------------------------------------------------------------------
सधैं जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर हुने केही समय सम्म हराउन पूगें। पून गाउं खाने कथा ल्याएको छु, रमाइलो गर्नुहोला।

आइकुटी बाइकुटी कुटीकाइं,आंखा टुलटुल मुन्टै नाइं, के हो ?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


14 Comments:

Manu said...

उत्तर त के गेस गर्नु,प्रश्नै बुझन्नै पनि सार्हो गार्हो पर्यो हो.

नेपालियन said...

हा हा हा मनुजजीले हसाउनु भयो। यसो बुझे जस्तो गरेर भए पनि गेस गरौं न।

jpt said...

ani yesko and old question ko ans chaii kahaa vetinchaa ta?

ठरकि दादा said...

कस्तो गाह्रो हो !, हिन्ट प्लिज !!

Nepalean said...

हिन्ट? ठरकी सरलाइ पनि गार्हो भने पछि त यो गाउं खाने कथा गार्है परेछ कि क्या हो?
मलाइ यो गाउं खाने कथाको शब्द सार्है मन पर्यो, त्यही भएर राखेको।

किरण जी ट्राइ मार्नहोला नभए १-२ दिन पछि उत्तर यहीं राख्नेछु।

ए, ठरकी सरले हिन्ट्सको कुरा गर्दैहुनुहुन्थ्यो - यो एक किसीमको जनावर हो। आली सानै हुन्छ आकारमा।

MANU said...

भैंसी हो कि?

Luna said...

झन कत्ती पनि मिलेन मानु जि !
मिलाउनुस् है मिलाउनुस् !
पर्खिराखेको छु , तपाईंहरुले मिलाउनु भएन भने बल्ल भन्छु :)

Basanta said...

गँगटो!

अर्कै भर्सनमा पनि सुनेको छु मैले, "अंकड-बंकड दश बाहाँ, टुलुटुलु हेर्दछ मुख कहाँ?"

Bibek Adhikari said...

ल मैले पनि गँगटो लाई नै भोट दिँए ।

Anonymous said...

answer khai ta???

Nepalean said...

उत्तर आउंछ आउंछ केही समय पछी अपडेट गर्दा उत्तर नि आउंछ। एनोमिनस जी को उत्तर खै त?

MANU said...

गंगटा कसरी भयो,मैले त प्रश्न पनि बुझेन उत्तर पनि बुझेन।

Basanta said...

गाऊँमात्रैले के मानम्ला र म ब्रो? यो संघीयताको मौसममा एउटा प्रदेश घटीमा त ज्यान गए मानिन्न:)

Nepalean said...

बसन्त जी सबै राज्य खाली छन,गुरुगंबंश,मगरबंश,नेवारबंश,लिम्बुबंश जुने मागे पनि हुन्छ ल।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !