February 8, 2010

दश टुक्रा

फुर्सतको आन्दोलन
गिरिजाबाबु गजधम्म बसेपछि
प्रचन्डलाई फुर्सत हुन्छ
र उनी आन्दोलनमा निस्किन्छन

संयन्त्र
अहिले संयन्त्र चलेको छ
आन्दोलन बन्द छ
षड्यन्त्र जारी छ

सिंगापुर यात्रा
गिरिजाबाबु चल्नै नसक्ने हुँदा पनि
अलिकति चलिदिने आशामा
सिंगापुरसम्मै धाइयो,
ओखती सोधेर आइयो

कठपुतली
सडकमा नाच्दा नचाउँदा पनि चलेन
सिमानामा ढ्यांग्रो ठटाउँदा पनि चलेन
धत्तेरिका, कठपुतली पो रहेछ यार!

प्रभु
प्रभु उता छन् भनियो,
उताका प्रभुले यताका प्रभुलाई भेट्न
मानिस पठाउन थाले पछि
खास प्रभु कता हुन् ?
बिलखबन्दमा परियो

कांग्रेस-सुजाता
राजनीतिको पनि ज्ञाता
समाजसेवाको पनि ज्ञाता
अब त दायाँ बायाँ, दाता नै दाता
यस्ती सुजातालाई कस्को चाहियो नाता ?

एमाले
टालटुल पार्छन झलनाथ
ह्वांग-प्वांग पार्छन ओली
माधबजीलाई अहिले ठीकै छ
'पार्टीको कुरो भोलि!'

ओबामा र खुकुरी
ओबामाले मलाई टाढाबाटै चिने यार!
चढाएथें 'गोर्खाली खुकुरी' उपहार,
ओल्टाई पल्टाई निकैबेर हेरेपछि
सोधे-यै हो डा.बाबुरामको हतियार ?

प्रश्न
सदन पनि निकैबेर अड्काउनु भो महोदय,
सडक पनि निकैबेर तताउनु भो
पठाएको त यहाँलाई संबिधान बनाउन हो,
भन्नोस् कति बनाउनु भो ?

साग खेलकुद
राती अबेरसम्म 'सोमरस' चढाईयो,
भोलिपल्ट मैदानमा धोका खाईयो
टीम त हाम्रो हार्ने खालको हुँदै होइन !
आयोजकलाई दुत्कार्दै गफ लडाइयो
(प्रबासी शर्मा, काठमाडौँ, नेपाल)

3 Comments:

Nepalean said...

मैले छान्दै छु कुन चांही राम्रो भनेर। सबै उस्तै छन।
यो त सांच्चैको कबिता पो परेछ।
हुन पनि हो यो आन्दोलन सिजन सिजनमा चल्ने गर्छ।
धन्न सिंगापुर गएर प्रचण्डले ओखती सोधेर आएछन।
प्रभु चाहीं कता हो त्यो त प्रचण्डलाइ पनि थाहा छैन हामी के कुरा गर्ने।
एमालेको पिडा भने सहि निकाल्नुभो। बिचरा नेपाललाइ कती टेन्सन। प्रधान मन्त्री नहुंदा प्रधान मन्त्री हुने टेन्सन,प्रधान मन्त्री भए पछी कहिले कुर्ची जाला भन्ने टेन्सन।
सागमा २ गोटा सुनका तक्मा ल्याछन हामी सबैलाइ बधाइ। अहिलेलाइ त्यतीमै चित्त बुझाउं। दिन भेरी नेपाल बन्द,राती लोडसेडिगं कसरी अभ्यास गर्ने हो ति खेलाडीले?

Anonymous said...

अति राम्रा रहेछन् टुक्राहरू । प्रवासी शर्माजीलाई धेरै धन्यवाद ।

एकलव्य

ठरकि दादा said...

दशै टुक्रा चोटिला, पोटिला र स्वादिला रहेछन !

वाह!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !