December 26, 2009

गजल

- यात्री शेखर

मन लाग्यो गुन्द्रुकसंग, ढिडो खा’को गजल लेख्न ।
गैरी खेतको पर्म तिर्न, मेला गा’को गजल लेख्न ।

ती बर्खामा छानो चुदाँ, थाल थापी हुत्याएको,
बर्षै पिच्छे घरको छानो, खरले छा’को गजल लेख्न ।

गोठालोका गट्टाकुट्टी, आइरहन्छ सम्झनामा,
चोरपुलिस लुकामारी, हैरान् भा’को गजल लेख्न ।

नेप्टी चेप्टी डल्लीलाई, झ्याङ्मा लुकी तर्साउदा,
रामे श्यामे हामीलाई, मज्जा आ’को गजल लेख्न ।

स्कुल छाडी सिनेमामा, रमाउँदा कस्तो मज्जा,
भोली पल्ट छडी खाँदा, दुःख पा’को गजल लेख्न ।

बालापन्का यादहरु, संगालिन्छन् हिजो आज,
स्मृतिमा ती दिनहरु, र्तिमिरा’को गजल लेख्न ।



6 Comments:

प्रबिण थापा said...

really nice gajal, keep it continue
स्कुल छाडी सिनेमामा, रमाउँदा कस्तो मज्जा,
भोली पल्ट छडी खाँदा, दुःख पा’को गजल लेख्न

Ashesh said...

वाह वाह वाह!!!

स्कुल छाडी सिनेमामा, रमाउँदा कस्तो मज्जा,
भोली पल्ट छडी खाँदा, दुःख पा’को गजल लेख्न ।
बालापन्का यादहरु, संगालिन्छन् हिजो आज,
मन लाग्यो गुन्द्रुकसंग, ढिडो खा’को गजल लेख्न ।

मनभित्रै पुग्यो । पगाल्यो मुटू... पगाल्यो पगाल्यो मैन पगाले झैँ । फेरि तारिफ गर्छु वाह वाह वाह ।
साह्रै सुन्दर सम्योजन अनि हृदयस्पर्सी भाव!!

ठरकि दादा said...

दामी !

मेरा पनि केही यादहरु ताजा भए !

Nepalean said...

शेखर जी ले वालापनको स्मरण राम्रो तरिकाले बर्णन गर्नू भएछ गजलमा ।

एउटा भिन्नै स्वाद भएको गजल जस्तो लाग्यो। हुन त म गजलको त्यती जानकार परिन तर बेला मौकामा पढ्ने गजल भन्दा अलि नौलौ र रमाइलो लाग्यो।

bishesh said...

ती सम्झनाहरु अबत धेरै पुरानो हुन लागिसके साथी । सम्झिन खोज्दा पनि कता कता के के हुनथाल्छ। शायद हामी पुरानो हुदैछौ .

बालापन्का यादहरु, संगालिन्छन् हिजो आज,
स्मृतिमा ती दिनहरु, र्तिमिरा’को गजल लेख्न

Milan Rawal said...

त्यो बालापन फेरी फर्केर आउने भैदेमा कति मज्जा हुन्थ्यो होला है

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !