December 3, 2009

हा.. हा… हा… हा… हा…..

एकजना एशीयन डक्टरले अमेरिकामा आफ्नो घरको बाथरुममा पाईपलाईन मर्मत गर्न एकजना प्लम्बरलाई बोलाएछन । काम सक्केपछि प्लम्बरले ४०० डलरको को बिल दिएछ।
डक्टर: यति थोरै समयको लागि यत्तिका पैसा त  मैले समेत कहिल्यै लिएको छैन !
प्लम्बर एकैछिन चुप लाग्छ र बोल्छ : ...होला..., मैले पनि डक्टर हुँदा यत्ती समयको लागि यति पैसा कहिल्यै चार्ज गरेको छैन ।

   -------------                       --------------                           ---------------                                               --------------

एकजना नेता कार्यकर्ताहरुको प्रश्नको जबाफ दिँदै।
कार्यकर्ता: यदि हाम्रो दलको कोही मानिस विपक्षमा प्रवेष गर्‍यो भने त्यसलाई के भन्ने?
नेता: विश्वासघात !
कार्यकर्ता: अनि कुनै अर्को दलको मान्छे हाम्रो दलमा आयो भने नि ?
नेता: ह्रदय परिवर्तन !

-------------                       --------------                           ---------------                                               --------------

श्रीमती: सिन्दुर- पोते जस्ता चिजले स्वास्नीमान्छे विवाहित वा अविवाहित भएको थाहा हुने जस्तै विवाहित लोग्ने मानिस चिन्न पनि केही चिन्हहरु हुनु पर्ने हैन र ?
श्रीमान: छ नि…, विवाहित लोग्ने मान्छे त झन अनुहार हेरेरै थाहा हुन्छ नि… ।

-------------                       --------------                           ---------------                                               --------------

A hot girl came into professor's cabin.
Girl: I’m ready to do anything to pass the Exams.
Professor: Anything??
Girl: Yes..
Professor: Anything??
Girl: yeah!!!
Professor: Then study Hard , dear!!!

-------------                       --------------                           ---------------                                               --------------

प्रश्न: एकजना कंजूसको एक रुपैयाँ छतबाट खसेछ । कंजूस हत्त-पत्त तल पुगेर हेर्दा भूईँमा पैसा थिएन कसरी ?
उत्तर: कंजूस रुपैयाँ भन्दा पनि पहिलै तल पुगेछ ।



8 Comments:

दूर्जेय चेतना said...

हा हा हा हा!! सबै पढ्दै आए अन्तिमको कंजुसको जोकले चाहिँ एक छिन खुब हसायो ल। धन्यवादहै मुड फ्रेस बनायो।।।

लेकाली said...

कन्जुसेले निकै हँसायो। मूला, सिक्का भन्दा पनि पहिले पुग्न कसो हाम्फालेन रहेछ।

दिनेश राज said...

हाहाहाहा ठरकी जी , रमाइलो टाँसो का लागि धन्यबाद । नेताको ब्यङ्ग्य र अन्तिम जोक गज्जब लागे है ।

Anonymous said...

हा हा हा हा हा हा,
विवाहित लोग्ने मान्छे त झन अनुहार हेरेरै थाहा हुन्छ नि, यो चहीँ मज्जा को छ है, अनि Then study Hard , dear!!!, , हा हा हा हा हा हाहाहाहाहाहा

Anonymous said...

kanjus hos ta yasto...

HAWA said...

i liked the prof's adv.;)

Nepalean said...

सबै जोक रमाइला लागे। हो त कन्जुस हुन त यस्तो।

नेताको त जोक भन्दा पनि नेपालकै यथार्तहो हैन र?

त्यो बिबाहीतको जोक चांही ठरकी सरले आफैले बनाएको जस्तो छ।

Anonymous said...

ramailo lagyo sabai joks thankx

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !