November 5, 2009

गाऊँखाने कथा - ३२ (Nepali Gau Khane Katha)

 अपडेट: यस पटकको गाउंखाने कथामा अनुकराणत्मक शब्दहरको थुप्रो भएको ले उत्तर यो हो की त्यो
भन्ने निकै अन्यौल खडा गर्यो। यसो हेर्दा जांतो या मिल जस्तो लागे पनि सहि उत्तर भने लुगाको तान हो।
लुगाको तानमा घरी यताको काठ चलाइन्छ घरी उताको अनि बेला बेलामा धागो राख्ने काम गरिन्छ।
गाउंखाने उत्तरमा सहभागी सबैलाइ धन्यबाद। उत्तर मिलाउने पोस्तक जीलाइ हार्दीक बधाइ। पोस्तक जी
आफ्नो मन पर्ने गाउं माग्नुहोला।
------------------------------------------------------------------------------------------------------------------------
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छु।

खर्र वर खर्र पर, खर्र हा्ल्यो चारो, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


13 Comments:

Anonymous said...

khai ke ho k?

पुष्प said...

यस्तो गाउँ खाने कथा कहाँबाट ल्याउनुहुन्छ नेपालियनजी । कहिल्यै नसुन्या, कस्तो गाह्रो ।

नेपालियन said...

त्यती गार्हो छैन होला है। गार्हो भए पनि गेस त गरौं पुष्प जी।

नपत्या लुना जीलाइ सोधौं त?

ठरकि दादा said...

हैन, यो त गाउँ खाने भन्दा पनि "दिमाग खाने" परेछ जस्तो छ :)

खर्र वर खर्र पर, खर्र हाल्यो चारो

के हो, के हो ? यसपालाको गाउँ तपाईलाईनै दिने हो बरु उत्तर छिट्टै राख्नु होला :)

Anonymous said...

Ma pani tehi bhandai chhu यो त गाउं खाने भन्दा पनि "दिमाग खाने" परेछ जस्तो छ :)
Any help plzzzzzzzzz??????

Dhruba Panthi said...

जाँतो हो कि जस्तो लाग्यो है मलाई त!

postak said...

charkha or luga bunne taan? guess gareko.

arjun said...

jhalma bhayako parda ho

नेपालियन said...

कुरो कानी अली अलि मिल्ला जस्तो छ है।

पुष्प said...

लौ, यसपालि ध्रुबजीले गाउँ लैजानुहुने जस्तो लाग्यो ।

Anonymous said...

ramailo lagyo gau khane katha.."jato "ho ki jasto lagyo malaipani

सुवाश श्रेष्ठ said...

धान कुट्ने मिल होला सायद | खर्र वर खर्र पर को मतलब मिल को फिता यता र उता घुमेको ....

पोस्तक श्रेष्ठ said...

अलि धेरै गाँउ जितेर देश नै माग्न पर्ला। बरु कुन देश माग्ने सोच्दै छु।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !