October 15, 2009

गजल

आखिर त्यही भयो पित्तलमा सुन दल्नु भो
टलक थियो थेन जलपको भरमा छल्नु भो

उज्यालो छर्न नि पिधँमा पुगी सक्यो तेल
धिपधिप गरेर फेरि किन आँफै बल्नु भो

हुकुमको एक्का हपिए चल्ने आँट कसको
खेलाडी मसुर हजुर कत्रो चाल चल्नु भो

बर्तमान थर्कमान हुन्छ जो सित भने
पत्ताउ कसरी,हल्लै रछ हजुर गल्नु भो

रेफ्री आफ्नै मैदान आफ्नै खेलको कुरा न हो
छेक्ने कसले? बल नै हजुरले जो भल्नु भो

4 Comments:

ठरकि दादा said...

रेफ्री आफ्नै मैदान आफ्नै खेलको कुरा न हो
छेक्ने कसले? बल नै हजुरले जो भल्नु भो

गज्जब लाग्यो !
पुरै गजल पढ्दा यो गजल भित्रको "हजुर" पनि प्रष्टै चिनेको जस्तो लाग्यो !!

नेपालियन said...

मलाइ पनि गज्जब लाग्यो गजल। पात्र पनि कता कता चिने जस्तो लाग्यो। तर अन्तीम हरफमा छ नि - "छेक्ने कसले? बल नै हजुरले जो भल्नु भो " त्यो भल्नु भनेको माने चाहिं बुझिने है।

waka said...

धन्यवाद ठकरी दादा अनी नेपालीयन जि ,
हजुर लाई नचिन्ने नेपाली को होला र ?
यो भल्नु भनेको गर्नु भन्ने अर्थ लाको हुँ ,
खोइ यस्तै होइन र

waka said...

धन्यवाद ठकरी दादा अनी नेपालीयन जि ,
हजुर लाई नचिन्ने नेपाली को होला र ?
यो भल्नु भनेको service गर्नु भन्ने अर्थ लाको हुँ ,
खोइ यस्तै होइन र

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !