October 15, 2009

जय लक्ष्मी !!!

laxmi-ganesh तिहार अर्थात दिपावली, जुन उज्यालोको पर्व हो, भाईचाराको पर्व हो र मुख्‍य रुपमा माता लक्ष्मीको आराधना गरीने पावन पर्व हो ।

त्यसो त शास्त्रमा माता लक्ष्मीको पूजनको विधि विधान धेरै प्रकारको र जटिल समेत छ । समयले भ्याउँदा शास्त्र वर्णीत तरीका अपनाउँदा राम्रो भए पनि नभ्याउँदाको समयमा सामान्य तरीकाले भए पनि माता लक्ष्मीको पूजन गर्नु श्रेयस्कर हुन्छ ।

आउनुस आज विग्रेको देश, बदनाम नेता वा तातो बहसमा नलागेर माताको आराधना गर्न लागौं ।

माथी बताईएजस्तै यस पोष्टमा म माताको सामान्य पूजन विधि दिँदैछु ।

माताको पूजाको लागि सकेसम्म स्नान गरेर र चोखो वश्त्र लगाएर आसनमा बस्नु पर्छ । शास्त्रमा पूजा आसनको विशेष महत्व छ र सकेसम्म कुशासनमा बस्नु राम्रो मानिन्छ, सो को अभावमा कार्य सिद्धि गर्नको लागि आ-आफ्नो राशि अनुशार निम्न आशनमा बस्नु पर्छ :

राशि

आसन

राशि

आसन

मेष

रातो उनको आसन

तुला

सेतो र चम्कीलो रंगको आसन

बृष

सेतो र चम्कीलो रंगको आसन

वृश्चिक

फिक्का रातो रंगको आसन

मिथुन

हरीयो रंगको आशन

धनु

सुन्तला रंगको आसन

कर्कट

सेतो उनको आसन

मकर

आकाशी रंगको आसन

सिंह

फिक्का गुलाबी रंको आसन

कुम्भ

आश्याम ( cyan color)

कन्या

फिक्का हरीयो रंगको आसन

मीन

पहेंलो रंगको आसन

आसन ग्रहण गरेपछि साधारण पूजन संगै यो महालक्ष्मी अष्टकम्‌ पाठ गर्नु श्रेयस्कर मानिन्छ :

 

नमस्तेऽस्तु महामाये श्री पीठे सुर पूजिते ।diwalilightsnew-11-03-2005
शंख चक्र गदा हस्ते महालक्ष्मी नमोऽस्तुते ।। १।।

नमस्तेतु गरुदारुढे कोलासुर भयंकरी ।
सर्वपापं हरे देवी महालक्ष्मी नमोऽस्तुते ।।२।।

महादेव्यै च बिद्महे बिष्णु पत्नी च धिमही तन्नो लक्ष्मी प्रचोदयात् ।

सर्वज्ञे सर्व वरदे सर्व दुष्ट भयंकरी !
सर्वदु:ख हरे देवी महालक्ष्मी नमोऽस्तुते ।।३।।

सिद्धि-बुद्धि प्रदे देवी भुक्ति मुक्ति प्रदायनी । 
मंत्र मुर्ते सदा देवी महालक्ष्मी नमोऽस्तुते ।।४।।

महादेव्यै च बिद्महे बिष्णु पत्नी च धिमही तन्नो लक्ष्मी प्रचोदयात् ।

diwali greetings आद्यन्तरहिते देवी आद्य शक्ति महेश्वरी ।
योगजे योग सम्भुते महालक्ष्मी नमोऽस्तुते ।।५।।

स्थूल सुक्ष्म: महारौद्रे महाशक्ति महोदरे ।
महापाप हरे देवी महालक्ष्मी नमोऽस्तुते ।।६।।

महादेव्यै च बिद्महे बिष्णु पत्नी च धिमही तन्नो लक्ष्मी प्रचोदयात् ।

पद्मासन स्थिते देवी परब्रह्म स्वरूपिणी ।
परमेशी जगन्मात:महालक्ष्मी नमोऽस्तुते ।।७।।

श्वेताम्बर धरे देवी नानालन्कार भुषिते ।
जगत स्थिते जगन्मात:महालक्ष्मी नमोस्तुते ।।८।।

महादेव्यै च बिद्महे बिष्णु पत्नी च धिमही तन्नो लक्ष्मी प्रचोदयात् ।

आज खोज्दै जाँदा यो श्लोकको भिडियो युट्युबमा पनि भेटेकोले सबैको सुबिधाको लागी यो युट्युबको भिडियो पनि यहाँ राख्दैछु । पूजनको अनुकूलता नहुनले यहाँबाटै भएपनि भर्च्युयल पूजा गर्नु होला । (यो भिडियोमा भएको बैदिक मन्त्रोचारण एकदमै सम्मोहीत गर्ने र भावपूर्ण छ –पक्कै हे्र्नुहोला)

पूजा पश्चात: विधिपूर्वक "ॐ ह्रीं श्रीं क्लीं महालक्ष्मी महालक्ष्मी येहि येहि सौभाग्यम् देहि मे स्वाहा:" मन्त्रले १०८ हवन पनि गर्नु उत्तम हुन्छ ।

दौँतरी साथीहरु, प्रबुद्ध पाठकवर्ग र संसारभर छरिएर रहेका नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!!



12 Comments:

Nepalean said...

ठरकी सर मेरो पनि तपाइ लगायत संपूर्ण दौंतरीहरुलाइ तिहारको शुभकामना। तिहारको उत्किरष्ट टांसोको लागी धेरै धेरै धन्यबाद।

मेरो त रातो उनको आसन परेछ, त्यो त पाउन गार्है पर्ला तर यांहा टांसेको भिडियो भने पक्कै पनि हेर्नेछु।
माथीको श्लोक पढ्न लागेको अली शूद्द उच्चारण गर्न सकिएन - १,२ पटक दोर्हाए पछी त कसो शु्द्द नहोला?

Unknown said...

अहा ! मैले बस्नु पर्ने आशनको रंग र मलाई मनपर्ने रंग यौटै रहेछ 'पँहेलो' । यो जानकारी पाउँदा खुशी लाग्यो ।

श्रीलक्ष्मीको जय होस् ! लक्ष्मीमाताले सबैलाई समृद्द तुल्याउन् ।

waka said...

फिक्का रातो रंगको आशान? अब भोलीबाटै पलेटी कस्नु पर्ला ।
दीपावलीको सबै दौतरीलाई शुभकामना पनि है त

Anukul said...

शुभ दीपावलिको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना !!

Basanta said...

दौंतरी र यसका सबै पाठकलाई दीपावलीको हार्दिक मंगलमय शुभकामना!

prakash.shoshit said...

शुभ दीपावलिको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना !!

नेपालियन said...

अरु बेला कमेन्ट बक्समा हात नपुगे पनि चाडबाड आएपछीले चांही भलाकुसारी बढाउदो रैछ।
हेप्पी तिहार।

एकलव्य ( Eklavya) said...

माथि कतै 'महालक्ष्मी च विद्महे विष्णु पत्नि च धिमही तन्नो लक्ष्मी प्रचोदयात् ' हुनुपर्ने । यो महालक्ष्मी पूजनका लागि मूलमन्त्र हो ।


दीपावली अनि तिहारको हार्दिक मंगलमय शुभकामना !

एकलव्य ( Eklavya) said...

तर युटुबको स्तुतिगानमा भने ' महादेवै च विद्महे ; नै भनेको रहेछ , यो 'महादेव' लाई नभनेर महादेवी+ऐ= महादेव्यै भनिएको हुनुपर्छ । केही सन्दर्भलाई हेरेपछि यो विकल्प पनि प्रयोग हुने भन्ने लाग्यो । स्तुति मूलमन्त्रमा जुन देवता वा देवीको पूजा गरिने हो उनीहरूको नामलाई नै लिएर बोल शुरू गरिने गर्छ:

जस्तो कि:

विष्णुका लागि:

नारायण च विद्महे वासुदेवाय धिमही तन्नो विष्णु प्रचोदयात् ।

महादेवका लगि:

तत्पुरुषाय ( महादेव ) च विद्महे महादेवाय धिमही तन्नो रुद्रो प्रचोदयात् ।


सूर्यदेवका लागि:

भाष्कराय च विद्महे महद्युतिकराय धिमही तन्नो आदित्य प्रचोदयात् ।


आदि।


"ॐ ह्रीं श्रीं क्लीं महालक्ष्मी महालक्ष्मी येहि येहि सौभाग्यम् देहि मे स्वाहा " मन्त्रले १०८ हवन पनि गर्नु उत्तम हुन्छ , विधिपूर्वक ।

आश्मा said...

राम्रो जानकारी रहेछ ..मलाई त थाहै थिएन अब देखि चै म सेतो र चम्किलो आसन गर्नु पर्ला ....यहाँहरु सबैलाई दीपावलीको शुभकामना, र हामी सबैको घरमा लक्ष्मीले बास गरून्!

ठरकि दादा said...

धन्यवाद ! एकलव्य जी ।

"महादेवै" हैन "महादेव्यै" नै सहि भएकोले माथीको पोष्टमा सुधार गरेको छु ।

"अनि यो महालक्ष्मी च विद्महे विष्णु पत्नि च धिमही तन्नो लक्ष्मी प्रचोदयात्" र
"महादेव्यै च बिद्महे बिष्णु पत्नी च धिमही तन्नो लक्ष्मी प्रचोदयात्" वारेमा भने नेटमा यसो खोज्दा दुबै बराबर प्रयोग भएको भेटेको थिएँ । वास्तबमा यो यु ट्युबको भिडियोमा पनि "महादेवै" नै भएकोले सुन्दै पाठ गर्दै गर्दा अलमल नहोस भनेर सो राखेको हुँ :)

साथै तपाईले टिप्पणीमा राख्‍नु भएको हवन मन्त्र पनि माथिको पोष्टमा अपडेट गरेको छु ।

धन्यवाद र सबैमा पून: मंगलमय शुभकामना !

Anonymous said...

Thank you Tharaki sir.


Eklavay

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !