October 14, 2009

अभिलाषामा


- आयुष चौधरी सम्मोहन
- रझेना ५ बाँके
- हाल रेडियो जन आवाज एफ। एम। ९७।३ नेपालगाज बाँके

सेताम्य हिँउ बोकेका पहाडहरु
देख्ने अभिलाषमा
रमाईरहेका मेरा सपनाहरु
रातको अन्त्यसँगै
बिलाएकाछन् उज्यालोहरुमा
तर म किंचित पनि डगमगाएको छैन
सपना देख्नकालागी हुन्छन्
उज्यालो सपना तोड्नकालागी हुन्छन्
सपना चिस्सिएर चरचरती फुटेपिन
फेरी रातको प्रतिक्षामा
जोडिने अभिलाषामा
थालेकोछु लामो अथक यात्रा हिमयुगतिरको ।
यात्रा लामो छ कठिन पिन
पर्न सक्छन् मुसलधारे वर्षा अबरोध बिना
चिरा फाट्न सक्छन् बाटाहरुमा
बिस्फोट हुन सक्छन् ज्वालामुखी लाभाहरुमा
चिन्न नसकी आफ्नै अस्मिता
बेराउन सक्छन् बेडी र जन्जिर शरिरमा
आँशु भेलको यो सामुन्द्रीक यात्रा
तर पनि म तय गर्दैछु
ति सेताम्य हिँउ बोकेका पहाडहरु देख्ने अभिलाषामा ॥


3 Comments:

पोस्तक श्रेष्ठ said...

राम्रो छ। कविता यस्तै हुन पर्छ।

nepalean said...

पोस्तक जी मैले पनि त्यही भन्न आंटेको थिएं - कविता यस्तै हुन पर्छ।

कबिताको भाव निकै मन पर्यो। निकै द्रिड छन भावना,यस्तो अबिलाषा पक्का पूरा हुन्छ।

Anonymous said...

Paschim tira surya matrai astauna jancha vanne mannetalai toddai yo poem aako ma khusi lagyo .

Anu thapa

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !