October 12, 2009

गैर-आवासीय नेपालीहरुको चौथौ एन.आर.एन को विश्व सम्मेलन

अनुप गुरुङ्ग

विश्वमा छरीएर बसेको सम्पूर्ण गैर-आवासीय नेपालीहरुको संगठन एन आर एनको चौथो विश्व सम्मेलन काठमाडौमा असोज २७ गतेदेखि औपचारिक रुपमा हुन गईरहेको छ । सो सम्मेलनको उदघाटन राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुनेछ । सम्मेलनको मिति नजिकिदै जादाँ काठमाडौमा विश्वमा छरिएर रहेका रहेका नेपालीहरु यस सम्मेलनमा भाग लिन आउने संख्या पनि बढदै गइरहेको छ । यस सम्मेलनमा करिव ७०० जनाको उपस्थित हुने आयोजक कमिटीले बताएका छन् ।

निर्वाचन उम्मेवारका रुपमा संस्था खोले देखिनै सक्रिय रुपमा रहदै आएका राम प्रताप थापा देबमान हिराचन र भीम उदास छन् । सर्बसम्मत नेतृत्व चयनको लागि एन.आर.एनका पदाधिकारी बिच छलफल भइरहेको छ र केही संचार माध्यमका अनुसार जर्मनीका रामप्रताप थापा सर्बसम्मत भएका छन् । यसै गरी ११ बजे पत्रकार सम्मेलन गरी अध्यक्ष पदका उम्मेवार देबमान हिराचनका अनुसार सर्बसम्मति भएको भन्ने कुरा झुठो भएको बताएका छन् । अनलाइनखवरलाई प्रतिकृया दिदै हिराचनले भने - त्यो समाचार गलत छ अहिले सम्म कुनै सहमति भएको छैन भनेका छन् र उनी चुनाव लड्नेमा निश्चित छन् । यस्ते गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका प्रवक्ता जुगल भुर्तेलले भने सर्वसम्मतिमा नै नेतृत्वको चयन गरीने वताएका छनु । तीनै जना उम्मेवारद्वारा नेपाल बाहिर रहेका नेपलीहरुले दोहोरो नागरिकताको आवाज उठाएका छन् र त्यसो भयो भने नेपालमा बसेका नेपालीहरुले यदी कुनै देशको लागि आवासीय भिषा पाएमा पनि हाल भईरहेको घरजग्गा सस्तोमा बेचेर जान नपर्ने र बर्ष बर्षमा छुट्टी आउने र आफनो देशमा र केही उत्पादनमुलक काममा लगानी गर्ने अबसर मिल्दछ । उनीहरुले एउटा नयाँ कोष खोली त्यसमा करिव १०० मिलियन डलर उठाउने र त्यो पैसा नेपालमा विभिन्न विकासको काममा लगानी गर्ने जनाएका छन् । सवैबाट अलि अलि पैसा उठाएर त्यो १०० मिलियन डलर उठाउने योजना बनाएका छन् । त्यो उठेको रकमले नेपालको बिभिन्न प्रोजेक्टमा लगानी गर्ने बताएका छन् ।

भारतमा सन् १९८० को दशकमा विश्वको विभिन्न ठाउँमा छरिएर रहेको भारतीयहरुलाई आफनो देशमा लगानीको गर्न चालेको कदमले अहिले भारत धेरै माथी पुगिसक्यो । हाम्रो नेपाल सरकारले पनि गैर-आवासीय नेपालीहरुको लगानी नेपालमा भित्राउनको लागि वातावरण उपयुक्त वातावरण बनाउनु पर्दछ । नेपाल जलश्रोत्रको धनी देश अनि हाम्रो जलश्रोत्रवाट करिव ८३००० मेगावाट विधुत उत्पादन गर्ने क्षमता छ । त्यसैमा लगानीको वातावरण बनाइदिए नेपालमा लोड सेडिङ्गको समस्या समाधान हुने थियो यसका साथै नेपालको नेपालको अर्थतन्त्र बलियो हुने थियो र यसमा गैरआवासीय नेपालीहरुले सहयोग गर्ने बताएका छन् । नेपाल सरकारले उपयुक्त वातावरण बनाइदिए नेपालमा लगानी गर्ने उनीहरुले वताएका छन् । हालसालै नेपाल सरकारद्धारा गैर आवासीय नेपालीको लागि १० बर्षे मल्टिपल भिसा तथा घर जग्गा किन्न पाउने ऐन बनाइएको छ ।


10 Comments:

नेपालियन said...

यि एजेण्डा पूरा भए त राम्रै उपलब्धी मान्नुपर्छ। गांठी कुरो त देखाउने दांत र खाने दांत के हुन त्यसले कती उपयोगी छ भन्ने बताउंछ।

बालाजु बसपार्कको ब्याबस्थापनले गयर आबासियको बेइजती गरिसक्यो तर सधैं त्यस्तै हुन्छ भन्ने छैन।
देशमा लागानी भित्रीए बिकास हुनुका साथै रोजगारको अबसर पनि बढ्दछ। तर अहिलेको जस्तो नियम कानुन बिनाको देश बन्यो भने भद्रगोल सिबाय केही हुंदैन।

जलश्रोतको धनी देश भनेता पनि खान पिउने पानी र बाल्ने बिजुलीको अभाब देख्दा भने लाजैमर्दो छ।

Anonymous said...

yojana haru ta sabai ramro nai chha tara pura garna sakyo bhane yesko lagi nepal sarkar le sakdo sahayog garnu pardachha

Sanjita U said...

Ghai aawasiya nepali sanga le jun 100 billion paisa uthaune bhaneko cha tyo paisa uthayara kunai project ma lagani garne ho ki?? Ani dekhauna ko lagi matra ali ali paisa kunai project ma lagani garyo tar aaru paisa chahi interest khayara aafno matra bhudi bharne kam garcha ki tyo herna baki nai cha..

kalpana Thapa said...

सबै राम्रो छ तर कार्यक्रमको उद्घघातन नै नभै किन नेत्रित्वको लागि बिबाद गर्नु पर्ने होला जहाँ गए पनि नेपालीको बानी उस्तै

Naanu Thapa Magar said...

I think the NRA objectives and future plans seems to be great and beneficial to all Nepalese because their strategy to invest in various sectors such hydropower and all in Nepal will help to improve the economic status of Nepal and also motivate other people to invest in Nepal. Hope they will implement their works in near future...

HAWA said...

जता गयो त्यै तोरिलाउरे एन आर एन को चर्चा छ बा... हैन के छ त्यस्तो मरिहत्ते गर्नुपर्ने ?

बिप्लब said...

ल यसपटक भने NRN ले केही गर्ला जस्तो छ। 100 billion भनेको त चाने चुने होइन नी। बिकास गर्न पैसै चाहिन्छ र पैसा भए पछि बिकास हुन्छ।

Prajwol said...

"करिव ८३,००० मेगावाट विधुत उत्पादन गर्ने क्षमता छ" भन्ने कुरो कता बाट आयो, कृपया यो NRN ले खोकेको वा लेखक को आफ्नै बिचार हो खुलाइदिनु होला । यदी आफ्नै विचार हो भने त्यसको स्रोत केही छ भने पाउं न ???

पीजी said...

नेपालीहरुको जे मा पनि राजनीति गर्ने बानी छ । र यो एन आर एन भन्ने भांडोमा पनि सबै आफ्नो हैसियत जमाउन कस्सिएका छन। विदेशमा बस्ने नेपालीले पुन अर्को भुमरीमा फसेर राजनीतिको अखडा खोल्नु भन्दा विशुद्ध रुपमा देशमा लगानी भित्र्याउने र नेपाल छोडे पछि पनि चाहेको खण्डमा नेपाली भएर बाच्न पाउने हैसियत सधै राख्न पाउने अवस्थाका सम्पुरण नेपालीलाई रहिरहोस ।

तर नेपालीको टाउकामाथि चढेर आफ्नो हैसियत र औकात प्रदर्शन गर्ने वा बनाउने नियतले एन आर एन बन्ने वा बनाउनेहरु प्रति मेरो कहिल्यै पनि सकारात्मक धारणा हुने छैन ।

तसर्थ कार्यकारी समिति नामको सिण्डिकेट खोलेर सम्पुर्ण काम, ठेक्का पट्टा र व्यापारिक अवसरलाई आफ्नो द्वार भित्रबाट छिराएर दुनो सोझ्याउने प्रवृति निरुत्साहित गर्न सबै विदेशिएका नेपालीहरु चनाखो हुनै पर्छ।

यसको अर्थ विदेशिएका नेपालीहरुको हक अधिकार घट्नु पर्छ भन्ने होइन कि बढ्नु पर्छ ।
अझ भन्न खोजेको के हो भने भोलि "एन आर एन" बन्न वा नेपाली पासपोर्ट लिन वा सुविधा लिन कुनै समितिका अध्यक्षहरुको सहि वा सिफारिश लिनु पर्ने अवस्था नआओस । किनकि अहिले नागरिकता लिएको, ग्रिन कार्ड भएको, विद्यार्थी, लुकेर बसेको, वर्षमा यति कमाउने आदि भन्ने भेदभाव यो सिण्डिकेटमा धेरै देशहरुमा देखिइसकेको छ ।

त्यसैले दोहोरो नागरिकता र सुविधाहरु सम्पुर्ण विदेशिएका नेपालीहरुलाई दिइनु पर्छ तर यसको दुरुपयोग हुन रोक्न सक्नु पर्छ । र सुविधाका लागि एन आर एन नाम गरेको पार्टी वा सिण्डिकेटको माध्यमबाट जानु पर्ने नियम कदापी बनिनु हुदैन ।

Nepalean said...

NRN this time really caught everyone's attention. What the wind said is correct - everywhere it is on the top.

By nature, we nepalese give priority to foreigner rather than to our own people. Is that they are getting too much attention becasue they are half foreigner (NRN)? Just a thought.

Kam lagne kura gare ta sabailai faida nai huncha!!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !