October 6, 2009

फोहोरी खेल !

जहाँ नैतीकताको अभाव र
बेइमानीको भेल हुन्छ ।
विश्वकै अनुपम व्यबस्था पनि
त्यस ठाउँमा फोहोरी खेल हुन्छ ।

न नियम तोडनेलाई सजाँय
न आपसी मर्यादा र मेल हुन्छ ।
स्वच्छतालाई पनि फोहोर बनाएर
फोहोर माथि फोहोरी खेल हुन्छ ।

विपक्षीलाई हराउन
यो खेलमा सधैं झेल हुन्छ ।
कहिले एउटै टोलीमा फुट त
कहिले कुकुर बिरालोको मेल हुन्छ ।

कहिले आफ्नै खेलाडीले धोका दिएर
आफ्नै पक्षसंग तोल-मोल गर्छन ।
कहिले विपक्षीले पनि ‘पोका’ लिएर
जानी जानी आत्मघाती गोल गर्छन ।

जित्ने टोलीका खेलाडीहरु
खेललाई जतीसक्यो लम्बाउन खोज्छन ।
हार्ने पक्ष भने ढुङ्गा मुडाले
अर्काको शिल्ड पनि हत्याउन खोज्छन ।

कहिले जर्सी पनि साटासाट हुन्छ
कहिले मुक्का र लाता-लात हुन्छ ।
न नीति न तर्कको बात हुन्छ
केवल तथानाम र काटाकाट हुन्छ ।

साम, दाम, दण्ड अनि
जहाँ पाईला पाईलामा झेल हुन्छ ।
फोहोरमाथी फोहोरीहरुको
पुरानै फोहोरी खेल हुन्छ ।
विश्वकै उत्कृष्ट व्यबस्था पनि
त्यस ठाउँमा फोहोरी खेल हुन्छ



4 Comments:

लेकाली said...

राजनीति फोहोर र सफाचट हुने खेल नै हो। खेल खेल्ने नियम यस्तै भए पछी खेलाडी पनि के कम जानेको सीप प्रयोग गरेका हुन्छन। मलाई त्यती धेरै ज्ञान त छैन साहित्य लेखनमा तर साहित्यप्रती रुची हुने र त्यसैमा कलम चलाऊनेको लागि ह्र्सो दीर्घको शुद्धीमा ख्याल पनि गर्नु पर्ने हो कि थरकि सर? जस्तै नीयम (नियम?!) शाम(साम?!) यी दुई शब्दहरुको अर्थ पनि फरक फरक लाग्छ क्यारे।

पीजी said...

के हो ठरकीजी गिरिजा र प्रचण्ड लोकमान कार्की कहां जाने वित्तिकै कविता फुर्यो जस्तो छ नि!

Jotare Dhaiba said...

"विश्वकै उत्कृष्ट व्यबस्था पनि
त्यस ठाउँमा फोहोरी खेल हुन्छ ... "

वाह ! सोह्रै आना सटीक विश्लेषण । बाँदरको हातमा नरिवल सिबाय केही हुन सकेन यो भूमि
। हुँदाहुँदा यस्तै फोहोरी खेल नै मानक गोरेटोमा स्थापित हुन गए झैँ भएको छ ।

ठरकि दादा said...

लेकाली जी गल्ती औंल्याईदिनु भएकोमा धन्यवाद । केही दिन अलिकता व्यस्त थीएँ अब मिलाउँछु ।

शुन्य समय जी, यी गिरिजा र प्रचण्डले कार्कीलाई भेटेर मात्रै हैन, प्रचण्ड र माकुनेले सूदलाई अनी यस्तै यस्तै धेरै 'डबल रोल' खेल्ने नायकहरुका भेटघाट बाटै बनेको हो यो !

धाइबा जी, केही दिन अगाडि टेलिभिजनमा हेरेको थिएँ, आजकल केही बाँदरहरु पनि बाठा भैसकेछन । नरिवल भेटेमा जंगल नजिकको हाईवेमा राखेर गाडिले कुल्चाएर वा कुनै ठुलो ढुङ्गाले हानेर फुटाएर खान जान्ने भैसकेका छन बाँदरहरु पनि ।

हाम्रा देश चलाउनेहरुमा म त कहिलेकाही त्यत्ती बुद्दी पनि देख्दिन !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !