September 13, 2009

गजल

दह्रो छैन भन्छन् चिप्लेला पाउ हजुरको
हार्दा'नि जित हुने हुन त दाउ हजुरको ।

वहाबको धार बुझी खियाउनु आफैँ अब
अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको ।


कुन सपना छर्नुभो घाम नपुग्या गाममा
चर्चाको शिखरमा पुगेछ हाउ हजुरको ।

प्रभुको कृपा हजुरको भक्ती तथास्तु भो कि
आजभोलि बढ्या छ सर्वत्र भाउ हजुरको ।

कोठामा बसी छाना जलाउनु हुन्न लैलैमा
जलेपछि दुख्दैन र आफ्नै घाउ हजुरको ।

1 Comments:

प्रबिण थापा said...

वका जि को गजल सुन्दर छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !