September 13, 2009

अकथा

दुई वर्षअघि:
ऊ नेपालमै थियो। सहरको कुनै साइबर क्याफेबाट दिनको समयमा विदेशिएको साथीसँगै कुरा गर्दै थियो:
ऊ:         के छ, मस्ती होला नि तेरो त ?
उताबाट: मस्ती कि सास्ती ?
ऊ:         विदेश गएपछि के को सास्ती ?, सास्ती त हामी यहाँ बस्नेलाई पो हुन्छ !
उताबाट: हैन त्यस्तो हैन..., यहाँ पनि समस्या उही हो… ।
ऊ:         अनि कमाइ कति हुन्छ त ?
उताबाट:  ......., …
ऊ:          ...ओहो !..... त्यसो भए त मलाई पनि बोलाऊ न हो !...
उताबाट:  ...हैन कुरा त्यस्तो हैन ..., .... ....
नेपालमा अचानक बत्ती निभ्छ र  इन्टरनेट डिस्कनेक्ट हुन्छ । उताबाट लेखिएको सबै मेसेज उसले पढ्न सक्दैन ।



---------------------                                      --------------------------
                                
दुई वर्षपछि:
आज ऊ आफैँ अमेरिकाको कुनै सहरमा पुगेको छ। फरक समयका कारण आधा रात बितिसक्दा ऊ अनिदो आँखा र थकित शरीर लिएर ‘घरका’ कोही भेटिन्छन् कि भनेर च्याटमा बसेको छ ।
अचानक कलेजको एकजना साथी भेटिन्छ र दुईजना कुरा गर्न थाल्छन् :
साथी:  के छ, मस्ती होला नि तेरो त ?
ऊ:      मस्ती कि सास्ती ?
साथि: विदेश गएपछि के को सास्ती ?,… सास्ती त हामी यहाँ बस्नेलाई पो हुन्छ !
:      ... हैन त्यस्तो हैन..., यहाँ पनि समस्या उही हो ।
साथी: …अनि कमाइ कति हुन्छ त !
ऊ:      ......., …..
साथी:  ...ओहो !..... त्यसो भए त मलाई पनि बोलाऊ न हो !...
ऊ:      हैन कुरा त्यस्तो हैन ..., .... हेर न, यहाँ पनि हजार समस्या छन् । भाडा.., कलेजको फी, इन्सुरेनस, …ट्याक्स, ग्यास, क्रेडिट कार्ड....सबैको खर्चले गर्दा वचत हुनै मुश्किल छ....फेरि राम्रो काम पाउन पनि त्यस्तै गाह्रो...”
उसको मेसेज पुग्नुअघि नै अचानक उसको स्क्रिनमा साथी “अफलाइन” देखिन्छ ।
“ल जा !, नेपालमा फेरि लोडसेडिङ भयो जस्तो छ ....” उ एक्लै बर्बराउँछ “ …अब ४-५ महिनामा यहाँ आइपुगेपछि आफैँ बुझ्ला !”

15 Comments:

Himal_paari said...

He He Tharki sir, sarai chitta bujhyo!

लेकाली said...

ठरकी दादाले आफ्नै वास्तबिक भोगाइ लेख्नु भए जस्तो छ नी?! जे होस् मनमा खसक्कै टांसियो। धन्यवाद दादा।

आश्मा said...

सत्य तथ्य !!

प्रबिण थापा said...

true reality

नेपालियन said...

यो त अ कथा भन्दा पनि अ ब्यथा रहेछ। सबैले सहि थापीसके, कुरो भने कसैले खोलेनन है। भने पछि हामी सबै यांहा आइपुगेको त्यी च्याट गर्दे लोडसेडिग भएकोले रैछ।

यस्तैमा केटा केटी छद भनेकोक उखानको याद आयो "सबै टल्कने बस्तुको पछी नलाग किनकी हरेक टल्कने बस्तु हिरा होइनन"

Anonymous said...

definitely true...a nice post.

Anukul said...

नेपालियन sir sahi kura garnubhayo........"सबै टल्कने बस्तुको पछी नलाग किनकी हरेक टल्कने बस्तु हिरा होइनन"
**अकथा वास्तविक छ , नितान्त:वस्तविक ........

Prajwol said...

हो, यो यकदम सहि हो ।

Nepalean said...

रमाइलो लाग्यो च्याट। त्यही क्याफेको अर्को कम्पियुटरमा भने यस्तो च्याट भइरहेको थियो।
एता:हेल्लो
उता:हल्लो हल्लो
एता:A/S/L
उता:के भनेको त्यो A/S/L?
एता:Age/Sex/Location भनेको नि।
उता:२१ बर्ष,सेक्स भर्जिन,काठमान्डौ
एता:सेक्स भनेको केटा कि केटी? By the way 24/m/US here
उता:केटा भए नि केटी भए नि गफ गरौ न त।
एता:केटी भए मात्र गफ गर्ने। म gay होर केटासंग गफ गर्ने?
उता:gay त नेपालमा देखेको छैन,उही बिहारको रेलमा मात्रै देखेको हो।
एता:gay भनेको त्यो होइन, केटाले केटा मन पराउने हो के।
उता:राम्रो भए त केटा पनि त मनपर्छ नि। राजेश हमाल क्या हेन्डसम छ।
एता:राजेश हमाल gay नै हो नि। अहिले सम्म बिहे नगरी बसेको छ।
उता:मेरो मन पर्ने हिरोलाइ जे पाए त्यही नभन है दाइ,अहिले।
एता:अहिले के गर्छस?
उता:यो कम्पियुटर नफुट्ने भए पहिला एक दिन्थे अनि बल्ल भन्थे।
एता:मलाइ threat नगर है म पुलिस बोलाइदिन्छु।
उता:म त Y.C.L हो।पूलिस त म देखी डराउंछ!
एता:ए स्याल पो परेछ। के खान बाघसंग जोरी खोजेको?
उता:अब दशैं पछी हाम्रो सरकार बन्छ अनी आउलास नि नेपाल,तलाइ त्यो एयरपोर्टमै ठिक पार्छु।
एता:सरकार त बना अनि तलाइ त्यही उपेन्द्र यादबले ठिक पार्छ,के न्यु खोज्जस?
उता:ओइ बुसको चेला,अमेरीकामा भांडा माझेर सान देखाउंछस?
एता:बुस गएको १ बर्ष हुन लागीसक्यो,समाचार पढ्दैनस?
उता:ओबामाको सरकार ढले त बुस आइहाल्छ नि। बरु यो ओबामा कांग्रेस हो कि कम्नियुष्ट हो दाई?
एता:रा.प्र.पा भए नि तलाई के को चासो?
उता:यो मण्डले त सारै न्यु पो खोज्दो रहेछ।तलाई......
एता:तलाई के.........
उता is offline. Messages you send will be delivered when उता comes online. उता लोडसेडीगं भइसकेको हुन्छ।

HAWA said...

रोचक प्रस्तुती...कतै आफु गैसकेपछी हामीलाई तर्साउन खोजेको त हैन ? फर्किन त जहिले नि सकिन्छ घुम्नु पर्छ देश बिदेश एकबार को जुनीमा

ठरकि दादा said...

यो सानो “अकथा” पढेर मन पराईदिनु हुने र कमेण्ट लेख्‍नु हुने सबैमा धन्यवाद ।

सुरुमा कथा लेख्‍न थालेको, लेख्‍दा लेख्‍दै अलिकता कथा-अलिकता व्यथा भएर कथा र सत्य घटनाको बिचमा लटकीएकोले “अकथा” बन्यो ।
हिमाल पारी र लेकाली जी, यो तपाई हामी सबैको "अर्ध सत्य" हो ।

नेपालियनजी तपाईले राख्‍नु भएको संबाद पनि दामी छ हो, यसलाई त छुट्टै पोष्टमा राख्‍नु पर्ने...कमेण्टमा हाल्नु भएछ ।

हावब्रो, हेर्नुस त लोडसेडीङ नहुँदा पनि बुझाउन सकिएन तपाईलाई त हे हे हे...। तपाईले पनि सबैकुरा नेपाल छाडेपछि मात्रै बुझ्नु हुनेछ :)।

सबैमा धन्यबाद ।

Anonymous said...
This comment has been removed by the author.
Anonymous said...

नेपालियन सर ले दिनुभएको संबाद एकदमै मन पर्यो , म सर्ग पनि यस्तै संबाद भएको थियो एक जाना संग मैले कपि गरेर राखेको छु तर बोल्नै नहुने भासा प्रयोग भएको कारण...................

Ddus said...

एता:A/S/L
उता:के भनेको त्यो A/S/L?
एता:Age/Sex/Location भनेको नि।
उता:२१ बर्ष,सेक्स भर्जिन,काठमान्डौ
एता:सेक्स भनेको केटा कि केटी? By the way 24/m/US here
उता:केटा भए नि केटी भए नि गफ गरौ न त।
एता:केटी भए मात्र गफ गर्ने। म gay होर केटासंग गफ गर्ने?

यो प्रशङ्गमा एउटा कुरो याद आयो,
एक पल्ट इङ्लेन्ड को एक केटी संग कुरा भए राखेको थियो

उता:als ?
एता:m 20 virgin Bombay (India)
उता:what wrong with you ?
एता:What ?
उता:in 20 years you have a virgin ? , u have some problem ?
एता: हेरेको हेर्रै,

यस्तो भयो भने के भन्ने त ?

Jotare Dhaiba said...

'अकथा'ले पूरै कथा ल्याइदियो । लोडसेडिङ नै रहेछ समस्याको चुचुरो ।
समस्याबारे उहापोह पोखिएको च्याटका हिस्साहरू नै नै उता नपुगेपछि के गरोस् अमेरिका पुग्ने रहर नपाली । फेरि कति त यस्ता महसुर हुन्छन्, त्यहीँ नपुगेसम्म त जति नै च्याट, फोन मा फुकिदिए पनि ती अमेरिकी स्वप्नजीवीहरूलाई त तह लगाउन गाह्रै पर्ला !
नेपालीयनजीको टुक्रे प्रसङ्ग पनि रमाइलो लाग्यो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !