September 27, 2009

विजया दशमी ( दशैँको) शुभकामना !

मेरो आफ्नै घरमा आज ( २८ सेप्टेम्बर) खिचेको

टीका लगाउनका लागि शुभसाइत:यस वर्ष विजयादशमीको उपलक्ष्यमा टीका लगाउने सबैभन्दा राम्रो साइत असोज १२ गते (सेप्टम्बर २८) विजयादशमीका दिन बिहान ९ : ३५ बजे देवी बिसर्जन र बिहान १० : ५५ बजे टीका लगाउनका लागि शुभसाइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
*****************************************************************************
मातृशक्ति दुर्गाभवानीको पूजागरी समस्त आसुरी वा दानवी शक्तिको पराजय र दैवी शक्तिको अविर्भाव चाहने हामी नेपाली संस्कृतिका अनुरागीहरूका लागि विजया दशमी वा दशैँले अति ठूलो महत्व राख्छ । समस्त नेपाल , दार्जिलिङ, सिक्किम, आसाम, देहरादून, वर्मा र संसारभर छरिएर रहेका आप्रवासी नेपालीहरूको सांस्कृतिक एवं धार्मिक ऐक्यवद्दताको पर्व दशैँले हामीलाई एउटा मालामा उनेको छ । संसारभर छरिएर पनि आफ्नै मातृभूमि र पैतृक थलोको सदैव उन्नति र प्रगति चाहने मनहरूको पवित्र कामनाले नेपालभूमिको अस्मिता इतिहासको सूवर्ण पानाहरूमा सुरक्षित हुनसकेको हो । जुनसुकै धर्म, संस्कृति र परिचय अवलम्बन गरेर स्थानियतामा समाहित भएपनि 'यो मन त नेपाली हो' भन्ने सन्धानले बाँधिएका हामीहरू नेपाली मात्रको महान चाड विजया दशमी वा दशैँको शुभकामना मार्फत एकाकार होऔँ । शुभ दशैँ !
शुभ विजया दशमी २०६६ विक्रम सम्वत् !





9 Comments:

नेपालियन said...

एकलव्यजी लगायत दौंतरी संपूर्ण लेखक पाठक लाइ मेरो पनि दशैंको शूभकामना।
दार्जीलिगं,सिक्कीम आदी भन्दा अमेरिका,अष्ट्रेलिया आदी भन्न छुटाउनु भयो नि ? ठट्टा मात्रै है।

एकलव्य ( Eklavya) said...

धन्यवाद नेपालियनजी, हो अमेरिका , युरोप, अष्ट्रेलिया छुटेको देखिए पनि कुरा त्यसो हैन ।

तर के भने माथि उल्लेख गरिएका ठाउँहरूमा लगभग एक शताव्दि अघिदेखिका नेपाली स्थायी बसोवासहरू छन् र त्यहाँ दशैँको परम्परा सघन रूपमा उच्च छ , अरूतिरका नेपालीहरूलाई 'संसारभर छरिएर रहनुभएका आप्रवासी नेपाली मनहरू' भनेर सम्बोधन गरिएको छ ,एकमुष्ट रूपमा !

अनि तपाईँ र परिवारको दशैँ उल्लासमय रहोस् ! विजया दशमीको मंगलमय शुभकामना !

पीजी said...

समस्त नेपालीहरुमा मेरो पनि विजया दशमीको शुभकामना ।

पीजी said...

छोटो गफमा कुवेतबाट मनोज काफ्लेजीले दिनुभाको शुभकामना र आशिष यस्तो रैछ है :

"प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु"

Luna said...

दसैंको शुभ कामना है दौतरी परिवार र साथीहरु सबैलाई ।
सेलरोटी त कस्तो राम्रो बनेछ ! हेर्दाइ खाउ खाउ लाग्ने !
( सानी छदा सेलरोटी भने पछी कत्ती भुतुक्कै हुन्थे म ! अब त भुतुक्क हुन पनि मिलेन ! )
एकलब्य जि ले कम्प्युटर बाट पठाइ दिनु भएको सेलरोटी मै ज्ञानी बनेकी छु ।
धन्यवाद है तपाईंलाई मिठो सेलरोटी पठाइ दिनु भएकोमा ।

Anonymous said...

दौतरीले असाध्यै धेरै दिन दसैं मनाउने जस्तो पो छ। स्वदेशी र प्रबासीका धेरै कलम समाउने हातहरुमा दसैं लागेछ न प्रतिकृया न कुनै नयाँ सामाग्री( टाँसो )। अती शान्ती (कतै मुर्दा शान्ती त होइन?!) पूर्वक दशै लागेछ सबैलाई। केही खुराक छन कि आज भनेर हेर्यो सुन्सान । होइन भएका भर दौतरी लेखक सबै बिकट गाउमा दशै मनाउन जानु भएछ कि क्या हो?

Nepalean said...

I hope it will not be like that. Probably you are right it seems there is still hangover of Dashai.

Anonymous said...

होइन नेपालीयन जी, अली धेरै समय भयो नि तपाईंले गाँउ खाने कथा पस्केर हामीलाई मनोरन्जनात्मक भुल्भुलैयामा पारीदिनु हुन्थ्यो। आजकाल ति गाँउ खाने कथालाई पनि दसैं लागेछ कि कसो?

नेपालियन said...

ल Anonymous जी भोली गाउं खाने कथा पक्का आउंछ। हुन पनि दशैं निकै लागेछ दौंतरीलाइ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !