September 24, 2009

शुभकामना

झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भो खुशी निभेको आउ उषा लाली पोती

पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती

सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्छ कहाँ आर्काको छातामा ओती

भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी

खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती

4 Comments:

Nepaliko Aawaz said...

blogka admin lagayat yaha lekhnu hune tathaa yas blogma palnuhune samurna pathak harulai pani dashain ko shubhakamana .
yo dashainmaa sabaiko ghar pariwaarmaa sukha shanti ra sambriddhi chhaawosa .

डीआर न्यौपाने'सूर्य' said...

बिजया दशमीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत देश-विदेशमा रहनुभएका सबै नेपालीहरुमा हार्दिक
मंगलमय शुभकामना ब्यक्त गर्दछु , दुर्गा माताले सबैको सधै कल्याण गरुन, मेरो शुभकामना .......

एकलव्य ( Eklavya) said...

वाकाजी,

म त तपाईँका गजलहरूको फ्यान हुँदै हुँ । सुन्दर शुभकामना गजलका लागि अतिशय धन्यवाद !

साथै विजया दशमी दशैँको मंगलमय शुभकामना !

waka said...

thanx eklavya ji ,
yaha lagayat sampurna nepali harulai bijaya dashamiko mangalmaya shubhakamana

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !