September 19, 2009

रमाईलो दशैं खुशी कि पिडा?

आयो दशै ढोल बजाइ गयो दशैं रिण बोकाइ। आउन पनि दशैं ढोल नै बजाएर आउंछ। जब दशै नजिकन्छ ठुला साना,धनी गरिब सबैको अनुहारमा एक प्रकारको चमक आउंछ। आखिर बर्षभरी गरेको दू:ख सबै बिर्सेर रमाउने बेला पनि त यही हो। आफन्त हुन या झगडिया मित्रबर्ग, सबै दशैंको शुभकामनामा बाधिन्छन।

जब बिस्तारै चिसो बढ्छ,धानका बालाहरु पहेंला हुन्छन र एक किसिमको बतासले गाला चुम्छ,बाताबरण मात्रै हैन मन पनि दशैंमय बन्दछ। अनि पिंगमा हुइकिने,आफन्तसंग भेटीने, नया कपडा पहिरिने,मिठो मसिनो खाने आदी कल्पनाले यो मन त्यसै चंगा भइसकेको हुन्छ। एक जना मात्र हो र सबै जना नै खुसी,एक ठाउं मात्र हो र जताततै रमाईलो, कस्ले बनायो होला यस्तो गज्जबको चाड? दशैंको कल्पना गर्दा यो तन त्यसै उफ्रिन्छ अब मनको त कुरै नगरौं। मन त कांहा हो कांहा, समालेर सकिसाध्य छैन।

कसैलाइ खुसीको बम्पर उपाहार पर्छ भने यही दशैमा नै पर्छ। तोते बोली देखी अहिले सम्मको सबै खुसी एकै पटक ल्याउंछ दशैंले। बर्षै पिच्छे आउने दशैंले अहिलेको मात्र होइन पोहोर परार सालको पनि खुसी समेटेर ल्याउंछ। यस्तो खुशीमा बर्षै भरीको सबै दु:ख भुल्न पाउंदा त्यो भन्दा बम्पर उपाहार के पर्नुपर्यो?

घरमै बसेकालाइ घर सिंगार पटारको चटारो,घर भन्दा अली पर बसेकालाइ कुम्लो काम्लो पोको पारेर बस,प्लेनको टिकट समातेर स-परिबार घर फर्किन र आफन्तजन भेट्ने रन्को, यो नापेर नापी साध्य छैन। दशै आउन एक महिना अघी देखी फेशबुक टिका र जमराले छाएको थियो। कतीले त फोटोमै घर जाने प्लेन र खसी बोका उपाहार दिएका थिए। केटा केटी देखी बुढा पाका,घर पसल देखी इन्टेरनट सबै दशैंमय भएका छन।

यसरी बाताबरण उल्लासमय भएको बेलामा बिभिन्न कारणबस शहरकै कोठामा अल्झिएका या अरबको तातो मरुभूमीमा दशैंको न्यानोपन लिन बाध्य मन भने पक्कै बोझिलो भएका होलान। जापान,बेलायत,अष्ट्रेलिया,अमेरिका आदीका नेपाली मनहरु दशैंको आशिर्बाद फोनबाट थाप्दा पक्कै पनि आंखा रसाउने होलान। दू:ख त देशमा मात्र होइन बिदेशमा पनि त्यती नै छ। बर्षै भरिको दू:ख स्वदेशकाले दशैंमा बिर्सदां बिदेशीनेको दू:ख दशैंमा झन बल्झिएर आउंछ। दशैं जस्तो चाडमा बिदेशमा लाटेकोसेरो जस्तै धुमधुम्ती बस्दा आंफू बरिपरिका झिलीमिली बत्ती पनि जुनकिरी जस्तै धमिला लाग्दछन, बिदेशको चमक धमक त बेकारको रबाफ रैछ भनेर बल्ल चेत खुल्दछ।

बाताबरण जस्तै होस,समय दशैंको हो। हामी जे जस्तो अबस्थामा हौंउ,यो महान चहाड धुमधामले मनाउन पर्दछ। सके आफन्त नसके नेपाली दाजुभाइ दिदीबहिनी मिलेर भए पनि बर्षभरीको दू:ख भूलेर यसपालीको दशैं सदाजसो रमाइलो गरी मनाउनुहोला। बिजया दशमी २०६६ को संपूर्ण दौंतरी मित्रबर्गहरुलाइ मंगलमय शुभकामना। स्वदेश,बिदेशमा बस्ने सबै दौंतरी मित्रबर्गहरुले दशैंको शूभकामना यही पोस्टमा साटासाट गर्नुहोला।


16 Comments:

ठरकि दादा said...

नेपालियन जी, दौँतरीका सबै दौँतरी साथीहरु, प्रबुद्ध पाठकवर्गहरु र संसारभर रहनुभएका सम्पूर्ण नेपालीहरुमा मेरो पनि हार्दिक मंगलमय शुभकामना !!

Jotare Dhaiba said...

दसैंको हरेक मसिना कुरालाई छोएर लेखिएको यस लेखमा मैले मेरो अनुहार पनि उत्रिएको पाएँ । बोझिलो मन लिएर पनि सामुहिक खुसीमै आफ्नो खुसी टिप्नु छ अब यसपाली । धेरै शुभ कामना बडादशैको- नेपालीयन जी लगायत समस्त दौँतरी लेखक मित्र, पाहुना लेखकहरू, अन्य ब्लगर मित्रहरू तथा पाठक साथीहरूलाई ।
दसैं सुखमय रहोस् ।

Prelude said...

Happy Vijaya Dashami!

HAWA said...

यो दशै मा नेपालीहरुलाई अलिकता भए नि सदबुद्धी आओस मेरो यही आशिर्वाद छ ;)

प्रबिण थापा said...

Happy bijay dashami to all frens

Unknown said...

तपाँई लगायत सम्पूर्ण दौतरी परिवार र यसका पाठकहरु लाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना!!!

एकलव्य ( Eklavya) said...

संसारभर छरिएर रहनु भएका नेपाली दाजुभाइ , दिदीबहिनी, मातापिता एवं समग्र नेपालीजनहरूमा तथा दौँतरी परिवारका पाठक तथा सदस्यज्यूहरूमा दशैँको ( विजया दशमी)हार्दिक मंगलमय शुभकामना !!!

पुष्प said...

बडादशैं, इद, ल्होसार (अरु के-के पर्छन् सबै) को उपलक्ष्यमा शुभकामना !

Basanta said...

दौंतरी परिवार र यसका समस्त पाठकहरुमा दशैंको हार्दिक मंगलमय शुभकामना!

समीर गोर्खा छेत्री said...

म समीर "गोर्खा" छेत्री अनि हाम्रो सम्पूर्ण रेडियो मिस्टी सिक्किम ९५ एफ एम -को तर्फ बाट सम्पूर्ण दौतरी प्रेमी अनि संस्कृति प्रेमी हरुलाई बडा दशैंको हार्दिक मंगलमय सुभकामना ////////

एकलव्य ( Eklavya) said...

समीरजी ,

धेरै धन्यवाद अनि बडा दशैँको शुभकामना यहाँ मार्फत तपाईँ , तपाईँको परिवार अनि समस्त रेडियो मिस्टी सिक्किम ९५ एफ एम सुन्नु हुने स्रोता महानुभावहरूलाई !

shantosh kharal said...

Really ,this is peaceful moment of own mine in today,so happy dashani all my friends

Visit Nepal said...

happy dasain ..........

Ramesh said...

नेपालियन जी, दौँतरीका सबै दौँतरी साथीहरु, प्रबुद्ध पाठकवर्गहरु र संसारभर रहनुभएका सम्पूर्ण नेपालीहरुमा मेरो पनि हार्दिक मंगलमय शुभकामना !!

Anonymous said...

I enjoy what you guys are up too. Such clever work and coverage!

Keep up the terrific works guys I've incorporated you guys to my blogroll.


My web-site; clash of clans hack

Anonymous said...

I must thank you for the efforts you've put in writing this website.
I am hoping to check out the same high-grade blog posts by you in the future as well.
In truth, your creative writing abilities has inspired me to get my own, personal website
now ;)

Also visit my homepage: call of duty hack

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !