September 13, 2009

खुल्ला आकाश

  • यात्री शेखर
खुल्ला आकाश जूनतारा, गीतको लागि भाका होला ।
लाली गुराँस फुलिरहने, नवै रंगका पाखा होला ।

प्रकृतिको सिर्जनामा, सबै दङ्ग मख्ख पर्छन् ,
प्रकृतिकै उपहार हाम्ले साथ पा'का होला ।


हात भए साथ हुन्छ, भावना त हो नि सानु
भेट गर्न हामी पनि, त्यसैले त धा'का होला ।

उचाइमा पुग्छन् सबै, नसोचेकै साथहरु,
आपसमा हराएर हाम्ले माया ला'का होला ।

केही थे'न हिजोसम्म, एक अर्कामा लिनु-दिनु,
अब सधै भेट्न पर्ने किन यस्तो भा'का होला ।

विचित्रको संसारका, छुट्टाछुट्टै दुई मन,
एकै हलमा नारेर, कस्ले यस्तो दा'का होला ।

मनभित्रका लहरहरु, आयात-निर्यात गरिरहुँ ,
चेक अनि भन्सार छैन, हाम्लाई खुल्ला नाका होला ।

1 Comments:

नेपालियन said...

यो हरफ कसरी गजलमा आएको होला, सारै राम्रो लाग्य!

"विचित्रको संसारका, छुट्टा छुट्टै दुइ मन,
एकै हलमा नारेर्, कस्ले यस्तो दा'का होला "

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !