September 11, 2009

मुटु माझमा

  • यदु
ओखलढुङ्गा, हाल : दोहा कतार
----------
तिमीबाहेक यो मन कतै सर्दै सरेन |
यो मुटुमा तिम्रो माया मर्दै मरेन ||

अझै तिमीलाई पर्खिरहेछु भेटिएला भन्दै |
बाँचिरहेछु बिछोडका दिनहरु गन्दै ||


साउने झरी भएका छन् मेरा नयन आज |
तिम्रो माया मेटिएन मेरो मुटुमाझ ||

किन होला आज-भोलि सारै याद आउँछ |
छातीभित्र जताततै तिम्रो मात्रै नाम छ ||

यो जीवनमा मैले आज यस्तो ढोका खाएँ |
कसैको पनि विश्वास छैन भन्ने शिक्षा पाएँ ||

आफ्नो भन्ने कोही'नि छैन सबै पराइ भए |
मनका सबै खुसी जती बिलाएर गए ||

गरी खान्छु भन्ने इच्छा ओइलाएर गयो |
बाँच्न मलाई रहर छैन विष पिए भयो ||

मेरो पीडा दिन्नँ तिमीलाई आँसु बनाई पिएँ |
बाहिर आउने मनका शब्द यहीँ रोकिदिएँ  ||

1 Comments:

प्रबिण थापा said...

यदु जि यो माया भन्ने जात नै यस्तै हो भए पनि पिडा नभए पनि पिडा, फेरी गर्दिन गर्नु परेको छैन भन्दा पनि मनले धर नदिने त्यसै त्यसै छटपटी तुल्याइदिने । जे जस्तो भएपनी सबै कुरा मनभित्रै दबाएर जिवनको आफ्नो महत्वपूर्ण उधेश्य प्राप्तिमा लाग्नु नै राम्रो । गीत मिठो छ लेख्दै गर्नुस तपाइलाई शुभकामना!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !