August 9, 2009

गजल

थोपा पुगेनन कि आँसुको छाती त जली नै रह्यो
लप्काले छोप्यो हेर्दा हेर्दै मुटु मेरो बली नै रह्यो

देखेको हुन्न रहेछ लेखिएकी रहेनछ्यौ शायद
भाग्यले पनि यही अभागीलाई नै छली नै रह्यो

जुनी जुनी पुराउछु भन्थ्यौ हाम्रो नाता बार बार
तिम्ले गाड्या मायाको चिनो हेर्दा हेर्दै ढली नै रह्यो

अधेँरोमा छु शायद खुशी छु अधेँरो बाँचेर पनि
दियो त के बल्थ्यो मन भरी हुरी जो चली नै रह्यो

मुटु भित्र दुखेका अतीत घरि घरि घोच्छन किन
रोक्दा रोक्दै पनि आँखाको त्यो गोरेटो गली नै रह्यो


6 Comments:

Prajwol said...

Waka जि राम्रो छ गजल ।
नबुझेको कुरो एउटा सोधुम है ? गजल = दुखी हो ? जुन गजल हेरे पनि दु:खका कुरा बहेक केही देखिन्न :)
कि दु:खको अभिब्यक्त्ती मा पनि मिठास भएकाले त्यस्तो भएको ?

प्रबिण थापा said...

वा वका जि!
सुन्दर गजल । बिशेष गरेर यो पहिलो शेरले नै लोभ्यायो मलाई त ।

थोपा पुगेनन कि आँसुको छाती त जली नै रह्यो
लप्काले छोप्यो हेर्दा हेर्दै मुटु मेरो बली नै रह्यो

nepalean said...

jati roye pani aakhako tyo goreto banda chhai nagarau hai. tyo pani jiwab ko euta samjana yogya paath ho.

bhai said...

Yehi Blog marfat mero yeuta gajal prastut gare hai......
हल्का हल्का लिएको हुँ हल्का हल्का पिएको हुँ
तिमी गयौ मन च्याति त्येइ मनलाई सिएको हुँ

आउछौ तिमी फर्की अबस्य एक दिन यहाँ
एक मात्र आशा राखी आज सम्म जिएको हुँ

पागल भन्छन सानु तिमी बिना यहाँ मलाई
पागल भने पागल सही तेइसैले पिउन हौसिएको हुँ


साथ तिमी छैनउ प्रिया एउटा नशा चाइदो रैछ
तेइ नशाको तिर्खा मेटाउन अलिकती लिएको हुँ

हल्का हल्का लिएको हुँ हल्का हल्का पिएको हुँ
तिमी गयौ मन च्याति त्येइ मनलाई सिएको हुँ !!!

ठरकि दादा said...

अधेँरोमा छु शायद खुशी छु अधेँरो बाँचेर पनि
दियो त के बल्थ्यो मन भरी हुरी जो चली नै रह्यो

फेरि एउटा वियोगान्त भाव ! तर सधैं झै उत्कृष्ट पनि ।

------------------------------------------------
भाई !
तपाई यदि दौँतरीमा आफ्नो लेख रचना छपाउन चाहनुहुन्छ भने कृपया [email protected] [email protected] मा पनि सिधै सम्पर्क गर्न सक्नु हुन्छ !

(नेपाली युनिकोडमा लेखेर र भाषिक शुद्धतामा सकेसम्म ध्यान दिएर लेख रचनाहरु पठाउनु होला। धन्यवाद !)

Nepalean said...

Bhai ko ramro gajal rayecha. Lekhdai garau. Dautari ma pani r akhdai garau.
Ek jana le fohori comment lekheko ma ye post ma puna ayipuge. Dautari ko euta ramro part bhaneko gajal pani ho.
Kehi pahile google group ma nepal ko gajal ko history ayeko thiyo. 1-2 din ma tapai haru samakchya abasya badne chhu.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !