August 30, 2009

गाउँखाने कथा - २८ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २८ को सहि उत्तर हो डढेलो। उत्तर मिलाउने सुजन जी लगायत सबैलालाइ बधाइ।
अब गाउं माग्ने पालो पनि सुजनजी को।
------------------------------------------

सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

अघि-अघि रतुवा, पछि-पछि कलुवा, के हो?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोला। उत्तर जान्न गार्हो परे अनुमान लगाएर भए पनि रमाइलो लिनुहोला। नेपाली मौलकिपन झल्काउने अन्य रमाइला सामाग्री भए प्रश्तुत गर्नुहोला।


5 Comments:

Unknown said...

डढेलो लागेको !!! ल गाउँ पाँउ ।

बिप्लब said...

रातो गाइ र कालो गोरु होला?

नेपालियन said...

आगो कि गाइ कुन उत्तर ठिक होला?

लेकाली said...

सुजनले भन्नु भएको उत्तर "डढेलो लागेको " नै हो।

Anonymous said...

राइट डढेलो लागेको नै हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !