August 29, 2009

संसारका सबैभन्दा विद्वान ट्याक्सी चालक र रमाईला ब्लगर !

केही दिन अगाडि सिंगापुरको मुख्य दैनिक खबर पत्रिका द स्ट्रेट टाइम्समा , डाक्टर चाइ मिङ जी का बारेमा यस्तो खबर प्रकाशित भयो ।

COULD this be Singapore's most well qualified taxi driver?

डाक्टर चाइले यहाँको एसएमारटी ( सिंगापुर मास र‍्‍यापिड ट्रान्जिट) भन्ने कम्पनिको एउटा ट्याक्सी ६ महिने कण्ट्रायक्टमा चलाउँदै छन् । उनी बिगत सोह्र वर्ष जति सिंगापुरको Institute of Molecular and Cell Biology(IMCB) भन्ने संस्थामा Science, Technology and Research (A*Star) अनुसन्धाता विज्ञको रूपमा काम गर्थे । तर, उनको पछिल्लो करार सेवा अवधि पछि उनलाई आफ्नो पेशामा पुनर्नियुक्ति दिइएन र उनले जागिरबाट हात धुनु पर्‍यो । फलत; अहिले उनले यो काम गरिरहेछन् जसका कारण यो सनसनीपूर्ण समाचार बन्न पुगेको छ ।

चीनमा जन्मेर पछि सिंगापुरको नागरिक बनेका डाक्टर चाइले अमेरिकाको अति प्रतिष्टित Stanford University बाट १९९० मा molecular biology मा PhD गरेपछि अमेरिका कै University of Washington बाट Professor Lee Hartwell ( जसले फिजियलोजीको २००१ सालमा प्रदान गरिएको नोबेल पुरस्कार समेत जितेका थिए ) को टिममा रहेर उनकै मातहतमा postdoctoral fellowship गरेका थिए ।

ट्याक्सी चलाएर बचेको समयमा डाक्टर चाइले ब्लगिङ पनि गर्ने गरेका छन् । उनको ब्लग हो :


उनको ब्लगको शैलि अति सरल र मीठो छ । पढेर हेरौँ त ।

यत्रो वैज्ञानिक यसरी ट्याक्सी चालक बनेको समाचार पढिरहँदा तपाईँलाई कस्तो लाग्यो ?




6 Comments:

biplab said...

I think there are many Indian Doctors as taxi drivers in Canada. Isn't it?

नेपालियन said...

सुन्दा अचम्म लाग्यो। यस्तो पनि हुंदोरहेछ। सायद संसारैका ओभर क्वालीफाइड ड्राइभर मध्धे एक पर्छन होला तिनी।

माथी बिप्लबले उठाको कुरा पनि सहि हो। म २ बर्ष पहिले भ्यान्कुभर गएको थिएं। हरेक पटक क्याब मा भारतीय ड्राइभर नै पर्थे। खै कस्ले हो त एउटा कथा नै भनेका थिए, भ्यान्कुभरमा हरेक ३ जना क्याब ड्राइभर मध्य एक जना कार्डियोलोजिस्ट पर्छन रे।

अमेरीकामा पनि डिग्री बोकेकाहरु क्याब ड्राइभिगंमा निकै आकर्षित भएका छन। सिकागोमा डिभी पर्नेको एउटा बस्ती नै छ डिग्री जे भए पनि सबैको पेशा क्याब ड्राइभीग हो। आफ्नो इच्छा अनुसारको समयमा क्याब चलायो, मन लागेको बेलामा सुत्यो,ढुक्कैले ५ हजार डलरको आमदानी भित्रीदो रहेछ।

यस्तैमा अर्का एक जना साथि क्यालीफोर्नियामा बस्छिन। उनीलाइ बिहेको कुरो आएछ। डिग्रीवाल केटा तर क्याब ड्राइभिग गर्दारहेछन। सबै कुरा राम्रै भएपनि अन्तिमा उनले भनिछन, "भोलीपर्सी कसैले तिम्रो श्रिमानले के गर्छन भने कसरी ट्याक्सी ड्राइभर हुन भन्ने"। यही कुराले उनले बिहेको कुरो नकारिछन।

ठरकि दादा said...

सुरुमा त मलाई यि डाक्टर सनकि हुन कि जस्तो पनि लाग्यो । तर जब उनको ब्लगमा छिरें, साँच्चै मलाई उनको लेखन सरल र "मिठो" लाग्यो । सायद अब मौका मिलेमा उनको ब्लगमा बेला मौकामा छिर्ने गर्छु ।

Anonymous said...

निकै राम्रो ब्लग रहेछ ।

पीजी said...

यो लेख पढेपछि मलाई लाग्यो के वैज्ञानिकहरुको आवश्यकता छैन धर्तिमा ? एक ठाउंमा फा्लतु भएको चिज अर्को ठाउंमा दुर्लभ हुन पनि सक्छ । अहिले पनि विश्वभरि हजारौंको संख्यामा त्यस्तै विषयमा सोध गर्नेहरु छन र के तिनिहरुको भविष्य पनि त्यस्तै हुने होला?

अस्ति एउटा टिभीमा हेरेको थिएं एक जना पश्चिम युरोपियन ट्रक ड्राइभरको गर्लफ्रेण्ड एमबिबिएस-एमडी (धेरै देशमा मास्टर्स पछि मात्र चिकित्सकको डिग्रि दिइन्छ)गर्दै गरेकि रहिछन र १ महिनाको छुट्टीमा आफ्नो केटा साथिसंग साथि जता जान्छ उतै ट्रकमा "होलिडे" मनाउदै हिडेकि थिइन , खानपिन र रातको बास पनि ट्रक मै हुन्थ्यो । तर मैले देखेको उनिहरुको त्यो तरिका र रंग रुप हाम्रो नेपाली मान्यता वा सोच अनुसार एउटा विश्वास गर्न सकिने खालको थिएन । उनि आफुसंग पैसा नभएको भएर एकजना अधवैसै ड्राइभरको केटी साथि बनेकि रहिछन ।

हाम्रोमा अझै पनि स्नातक पास गरेको ड्राइभर भेटाउन गार्हो हुन्छ भने नेपालियनले भनेझैं कार्डियोलोजिष्टहरु पनि राम्रो भविष्यको खोजीमा क्याब चलाउन क्यानडा वा अमेरिका जान पछि पर्दैनन ।

जे होस मोलेकुलर बायोलोजिस्ट त्यो पनि १९९० तिर नै पिएचडी गरेको मान्छेले पनि अहिले ट्याक्सी चलाउनु पर्छ भने हाम्रो भविष्यको हालत के हुने हो । जेको लागि पनि तयार हुनु पर्छ भन्ने कुरा चाहीं प्रष्टै छ ।

एकजनाले भन्थे जाजरकोट गएर राजा बनेर बस कि दिल्ली गएर दरवान बन, अबको रीत !

HAWA said...

केही बर्स पछी काठमाडौं मै डाक्टर हरुले ट्याक्सी चलाए भने पनि आस्चर्य नमाने हुन्छ... नेपाल भारत र चाइना मात्र हैन अमेरिका जस्तो देशमा पनि डाक्टर अझै सबै ठाउमा पुगेका छैनन.. तर सबै टर् र अर हरु झन झन ठुलो शहरमा मात्र बस्ने भएपछी यस्तो हुनु स्वभाविक हो

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !