August 27, 2009

नेपाल एकदिन फर्कन्छु

बिदेशिनु कतै आकांक्षा त कतै बाध्यतामा समेटीने गर्छ। बिदेशिने पनि कता? कती बिदेशिनेहरु त आफन्त र आफ्नो देशको लागी सधैको लागी पराय बन्न पुग्छन। ठाउं,ब्यक्ती,समस्या,अबस्था आदी आदी कारण धेरै हुनसक्छन, बिदेशिनुको पिडा भने एउटै हुन्छ बिर्खेमाइलाको जस्तै।

बिदेशिनुको यथार्थ, संघर्षको उतार-चढाव र सल्बलाउँदा मनका तर्कनाहरुले कहिलेकाहिँ तितो यथार्थ पोख्न बाध्य बनाइदिँदो रहेछ। कुरा २००६ तिरको हो, अमेरिका बसाईँका केहि वर्ष बित्दै जाँदा एकजना भारतियले लेखेको एक लेखमा मेरो आँखा परेको थियो। त्यस लेखमा लेखकले आफूले अमेरिकामा बिताएका चार दशक, र ती चार दशक उनले पल् पल् घर फर्कने प्रयत्नमा बिताएको कुरा उल्लेख गरेका थिए। अन्त्यमा उनि घर फर्कन्छन् तर उनले चाहेको घर र देश उनले भेट्दैनन्। बिदेशिनुपूर्वको देश र घरको एउटा तस्विर मनमा गाडिएको हुने रहेछ, र बिदेशिएकाहरुको लागि समय थामिँदो रहेछ। कयौँ वर्षपछि फर्कँदा पनि आफूले छोडेको समय, परिवेष र नाप-नक्शा जहिँको तहिँ होला भन्ने लाग्दोरहेछ तर समयसंगै प्रत्येककुरा परीवर्तन हुने रहेछ। त्यस लेखमा लेखकले यस्तै कुरा गरेका थिए।

उनकै कुराले घच्घच्याउँदा र आफूले आफ्नो स्थिती नियाल्दा यो कविता बनेको हो। कविता धेरैलाई चित्त बुझेछ र म जस्तै बिदेशिने साथिहरुले आ-आफ्नो देशको नाम राख्दै कविता बाँडेको देखेर धेरै नै खुसि लागेको छ। मेरा छरिएका कविताहरु र अरु लेखहरुलाई यो ब्लगमा एकै ठाउँमा राख्ने प्रयत्नमा यहि कविता--

नेपाल एकदिन फर्कन्छु (?!)

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!

नेपाल एकदिन साँच्चै फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!

नेपाल एकदिन फर्कन्छु!
अमेरिकामा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!

नेपाल एकदिन फर्कन्थेँ
अमेरिकामा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!
( बिर्खेमाइला)
केही पहिला दौंतरीमा प्रकाशीत बिर्खेकै जस्तो अकरमानसको काहानी "आफ्नै कुरा - बसाइ सराईं" पनि उत्तिकै मार्मिक छ ।


14 Comments:

सूर्य/सिकारु said...

मन छोयो । बिदेशिनेहरुको यथार्त यस्तै हुन्छ ।

एडमिन ज्यू मलाई दौतरी र नेपाली ब्लगरको ब्यानर उपलब्ध गराईदिनुहुन्छ की यो मेलमा? (sikaru_99@yahoo.com) पहिलेको अनुरोधमा तपाइले लेखेको टाँसिएन कोड नमिलेर हो की?

Prajwol said...

"अन्त्यमा उनि घर फर्कन्छन् तर उनले चाहेको घर र देश उनले भेट्दैनन्। बिदेशिनुपूर्वको देश र घरको एउटा तस्विर मनमा गाडिएको हुने रहेछ, र बिदेशिएकाहरुको लागि समय थामिँदो रहेछ। कयौँ वर्षपछि फर्कँदा पनि आफूले छोडेको समय, परिवेष र नाप-नक्शा जहिँको तहिँ होला भन्ने लाग्दोरहेछ तर समयसंगै प्रत्येककुरा परीवर्तन हुने रहेछ।"

यो माथि को कुरो एकदमै सहि हो । छुट्टी मनाउन २० दिन नेपाल जांदा त यो कुरोको भान भयो भने सधैंलाई फर्केर जांदा झन कस्तो हुंदो हो ? हुन त गै हाले पछी कुरा बिस्तारै मिल्दै नजाने पनि होइन ।

माथि को कविता मैले नै बोलेको वा सोचेको झैं लाग्यो । एकदमै-एक्दमै मन पर्‍यो । मलाई मात्र होइन यो अमेरिका आएका ९९% प्रतिसत को कथा होला, आहिले सम्म यो कविताको कुन हरफ मा छन भन्ने मात्र फरक होला ।

यो अन्तरद्वन्ढ को निकासको बारेमा बहस एउटा पुरानो टांसोमा पनि थियो ।
http://www.dautari.org/2008/08/blog-post_1968.html

ठरकि दादा said...

धेरै दिनपछि बिर्खेमाइलाजीको कविता दौँतरीमा पढन पाईयो !।
थोरै शब्द खर्चेर धेरै लामो कथा भनेको छ कविताले ! एकदमै मन पर्‍यो ।
-----------------------------------------------
अनि सिकारुजी दौँतरीको व्यानरकोलागि तलको कोड
ॐcenter>
ॐa style="display: block" href="http://www.dautari.org">
ॐimg width="178" alt="dautari add" src="http://www.arvaonline.com/dautarimainlogo.gif" height="64"/>
ॐ/a> ॐ/center>

(नोट यो कोडमा भएका सबै “ॐ” लाई “<”बनाउनु होला)

र नेपाली ब्लगर व्यानरकोलागि यो कोड:
ॐcenter>
ॐa href="http://groups.google.com/group/nepali-bloggers"
target="_blank">
ॐimg src="http://nepali-bloggers.googlegroups.com/web/
nepali_bloggers_logo.png?
gda=MsN2qEoAAADLizz1UfXwah4o4AF2SbXi1DtNnahLyXyuv6I1FtZztxJR9v8Vn_idXRsE1X9YZMV9w9766wKTdfE7pPfg_8c2_e3Wg0GnqfdKOwDqUih1tA"
alt="Nepali-
Bloggers">
ॐ/a>
ॐ/center>

प्रयोग गर्नु होला ।
(यो कोडमा भएका सबै “ॐ” लाई पनि “<” बनाउनुहोला)

ब्लगरको कमेण्ट बक्समा केहि कोडहरु हाल्न मिल्दैन, त्यसैले यो कोडहरुमा केहि हेरफेर गरिएको हो । प्रतेक कोडमा ५-५ वटा ॐ छन ति सबै ॐ लाई < बनाएपछि मात्रै कोडले काम गर्छ )

Milan said...

यो कविता केहि महिना अगाडी बिर्खे माईलाजी कै ब्लगमा हेरेको थिएँ | मलाई यो यति मन पर्यो कि मैले मेरा सबै साथिलाई इमेलबाट पठाएको थिएँ |

बिर्खेजीले बिभिन्न बहानामा अमेरिका छिरेका नेपालीको बास्तबिकतालाई मुटु छुने गरि उतार्नु भएको छ | राम्रो कविताको लागि धन्यबाद है |

Zero Hour (शुन्य समय) said...

धेरै थोरै रुपमा हामी सबै विदेशिएकाहरुको वास्तविकता र विवशता प्रकट गरेको छ कविता ले ।

हावा De Wind said...

मलाई पनि यस्तै होम सिक होला भनेर सधैं नेपाल नै बसे तर अहिले बेलामा देश बिदेश घुम्नुपर्दो रहेछ जस्तो लाग्छ

नेपालियन said...

मैले पनि पहिला पढेको थिएं। निकै राम्रो लागेको थियो। फेरी एन.आर.एन को कुरो आउदां त्यो कबिता झलक्क याद आयो।

दौंतरीका लेखके बिर्खे जी संग यो कबिताबारे पहिले पनि कुरा भएको थियो। दौंतरीमा राख्ने भन्दा भन्दै भुलिएछ फेरी एन.आर.एन ले सम्झायो।
जती पढ्दा पनि पढौं पढौं लाग्ने यो किबता निकै मार्मिक छ।

दूर्जेय चेतना said...

साह्रै राम्रो लाग्यो। बास्तबमै त्यस्तै हुदैछ यहाँ। एकातिर कता कता डर पनि लाग्यो।।। कता नेपाल फर्कने कुरा सपना मात्रै त हुने हैन? हैन हैन यसो हुन दिनु हुदैन है।।।।

ashoknepal said...

nice very nice .........man chune kabita chha hajur ko ..kataihami lai pani testai hune ta hoina ?

रमेश केसी said...

होइन मनमा कुछ कुछ होता हे भयो. जाउ कि क्या हो टिकेट काट्नु... ?

पुष्प said...

स्वदेश नफर्केन बहाना ... राम्रो छ ।

विदेशमा केही पेलान पर्यो कि स्वदेश सम्झने । तर विडम्बना ! स्वदेश जति स्वदेशलाई मान्छेहरू सम्झन्छन् र आउन चाहेको अभिव्यक्ति दिन्छन‌्, त्योभन्दा बढी आउन नपर्ने बहानाहरू खोज्छन् । यस्तै बहानाहरूले भरिएको कविता हो बिर्खेजीको ।

बिर्खेजी, नेपाली सम्झना आए रमेशजीले भनेजस्तै टिकेट काटिहाल्नुस्; बहाना खोज्नुभयो भने उतै विलिन हुनुहुनेछ ।

Anonymous said...

I saw this poem elsewhere too about Australia.

Anonymous said...

अस्ट्रेलिया, खै कांहा छ कबितामा? म त खोज्या खोज्यै!

dong dong23 said...

coach handbags
mlb jerseys wholesale
nike outlet online
supra outlet
michael kors outlet
michael kors outlet
louboutin heels
ferragamo outlet
michael kors tote bags
adidas nmd white
2017.5.18chenlixiang

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !