August 20, 2009

के नेपाली ब्लगरहरुको ‘छाता संयन्त्र’ आवश्यक छ ?

केही समय अगाडी दौँतरीको यही साईबर-बैठकमा प्रथम नेपाल ब्लगर भेलाको आयोजना भयो । केही कमजोरी, अलिकता हल्ला र सामान्य विचार बिमर्शका बीच सम्पन्न सो भेलालाई जतीसुकै न्यून आकंलन गरेपनि, एकै छाता मुनि विभिन्न महादेश र देशमा रहेका नेपालीहरुको जमघट गराएर बल्गरहरुलाई एकताबद्द गर्न भने सो भेला सफल भएकै मान्नुपर्छ ।

सो भेलामा ब्लगरहरुको साझा चासोको बारेमा केही सकारात्मक कुराहरु उठेका थिए। यहाँनेर यो पनि भनिहालौं कि कुनै पनि बिषयगत वा बुँदागत कुरामा भने त्यस्तै भेलाबाट कुनै गहनतम ‘निर्क्योल’ मा पुग्न भने साधारण अबस्थामा सम्भव नभएको कुरा पनि त्यतिबेला नै उठेको हो । भेला आवश्यक छ, तर भेलाबाटै कुनै कुरा पारित हुनु वा अनलाईन च्याट बक्सका सिमीत हरफहरुमा आफ्ना जटिल बिचार सबै पोख्‍न सायदै सम्भव होला ।

ब्लगरहरुको सामुहिक प्रयास र सकृयतामा ब्लगरहरुको सामुहिक हित बाहेक, देशको लागि समेत केही गर्न सकिने कुरा पनि भेलामा उठेको हो । तर बल्गरहरुलाई एक-आपसमा जोडने संयन्त्रले के कस्तो काम गर्ने भन्दा पनि यो संयन्त्रकै प्रारुपको वा ढाँचाको बारेमा सामान्य बहस आवश्यक छ जस्तो लाग्छ ।

अत: आज पून दौँतरीकै आगँनमा, म चासोमाथि पनि सबैभन्दा बढी चासो भएको र ब्लगरहरुको साझा “छाता” बनाउने कि नबनाउने भन्ने बारेमा आफ्नो बिचार पोख्दैछु । ( हुन त यहाँ उल्लेख गर्नु जरुरी नहोला, तर पनि यो नितान्त मेरो मात्रै व्यक्तिगत बिचार हो र ‘यसमा सहमत वा असहमत हुन सबैलाई समान अधिकार र स्वतन्त्रता छ’ भने भनी राखौं है । दौँतरीमा टाँसीएकोले अरु बाहिरका साथिहरुलाई यो दौँतरीको साझा अडान वा बिचार हो भन्नेमा भ्रम नपरोस)

यस बारेमा ब्लगर मित्र बसन्त गौतमले पनि राम्रो विश्लेषणत्मक टाँसो उहाँको ब्लगमा टाँसीसक्नु भएको छ । त्यसमा वहाँले नेपाली ब्लगरहरुको साझा छाताका विकल्प सहित कुरा राख्‍नु भएको छ भने म चाही सिधै ईमेल समुहको हिमायती भएकोले ब्लगरहरुको ‘छाता’ (माफ गर्नुस!, यहाँ ‘संघ’, ‘संगठन’ आदि शब्द प्रयोग गर्दा त्यसको राजनैतिक रंगको अनावश्यक चर्चा हुनसक्ने र आफू राजनीतिबाट टाडै रहेकोले ब्लगरहरुको सामुहिक संयन्त्रलाई मैले ‘छाता’ मात्रै लेख्दैछु ) ईमेल समुह नै सबैभन्दा उपयुक्त हुने कुरा लेख्दैछु ।

सर्ब प्रथम नेपाली ब्लगरहरुको संख्या ब्लग दर्ता गराएको हिसबमा हेर्ने हो भने हजारौं भए पनि नियमित लेख्‍नेहरुको संख्या भने करिव २०० को हाराहारीमा रहेको छ । यस बारेमा सामान्य चर्चा यहाँ गरीसकिएकोले यहाँ बढि समय नलिऔं ।

जे होस, नेपाली ब्लगहरुको आंकडा हेर्दा, ठुलो संख्यामा नेपाली ब्लगहरु विदेशमा बस्ने नेपालीहरु द्वारा सञ्चालीत छन । यस्तो अबस्थामा, कुनै पनि बिषयमा वहस, भेला वा सम्मेलन आदि गर्नु पर्‍यो भने यिनै अनलाईन वा मित्थ्यालोकका विकल्पको भर पर्नु बाहेक हाललाई अर्को उपाए छैन । हैन, विदेशमा बस्ने ब्लगरहरुलाई नसमेटने र भौतिक रुपमै उपस्थीत हुनसक्ने प्राणीहरु मात्रै लिएर हिँडने हो भने कुरा भिन्दै हो, नत्र नेपाली ब्लगरको दायरालाई नेपाल भीत्रै वा अझ काठमाण्डौ वा कुनै सहर विशेषको सिमारेखा भित्र मात्रै संकुचन नगर्ने हो भने ब्लगरहरुको छाता मित्थ्यालोकमा मात्रै बन्न सक्छ ।

अहिलेको समयमा आएर र प्रबिधिको उच्चतम उपयोग गरेर (कमसेकम हामी ब्लगरहरु भने प्रबिधिको उच्चतम उपयोग गर्नेमा नै पर्छौं) पनि, कुनै समुह वा साझा संयन्त्रलाई सक्रिय गराउन भौतिकतलमै कार्यालय कोठा र पदबाहक प्रबन्धक अनि कार्यकारी समिति बनाउनु पर्छ भन्ने कुरा मलाई आवश्यक लाग्दैन । दौँतरीको भेलाले पनि कमसेकम सो कुरा पुष्टी गरीसकेको छ ।

कुरा अलिक सीधै राख्छु (बरु खप्की खान परे पनि खाउँला) । मैले देखेको, कुनै संस्था वा समुह दर्ता गराएर मागी खाने भाँडो बनाउने उदेश्य छैन भने ब्लगरहरुको छाताको उद्देश्यलाई जम्मा दुईवटामा संक्षिप्त गर्न सकिन्छ ।

१) ब्लगरहरु बीच आपसी सहयोग बिकास गरी नेपाली ब्लग जगतको उत्थान गर्ने ।

२) नियमित वा आवश्यक परेको खण्डमा कुनै सामाजिक कार्य वा देश बिकासमा आफ्नो स्थानबाट योगदान गर्ने ।

हालको समयमा यि कुनै पनि कार्य गर्न, हामीले सोच्न सक्नेभन्दा बढी विकल्पहरु उपलब्ध भैसकेका छन । यस बारेमा केही कुरा बसन्तजीकै पोष्टमा पनि उल्लेख भएको छ ।

आज, जापानका हाईस्कुलमा पढने बिद्यार्थिले बचाएका खाजा खर्चबाट नेपालको कुनै सुदूर ईलाकामा स्कूल चलेका छन भने, एकजना बेलायतकी कलाकार वा अर्को कुन देशको पर्वतारोहीको सहयोगमा अन्य कुनै सामजिक कार्यले हाम्रो देशको बिकट ईलाकामा मूर्तरुप पाईरहेको छ । यो सामान्य उदाहरण मात्रै हो र खोजी पसेमा यस्तै धेरै कार्यहरुको सूचना मिल्न सक्नेछ । मुख्य कुरा भावना र मन हो, त्यो छ भने भौगोलीक दूरी वा समय सिमा केही पनि बाधक हुँदैन ।

दौँतरी भेला पछि नेपाली ब्लगरहरुको ईमेल समुहमा उलेख्य बृद्धि भएको छ । म यसलाई एकदमै सकारात्मक रुपमा हेर्छु र यसले यही मित्थ्यलोक बाटै धेरै कुरा गर्न सक्छ भन्नेमा मेरो विश्‍वासमा झनै बृद्धि भएको छ ।

संघ, संस्था दर्ता गर्ने, कार्यकारी वा संचालकहरुको मनोनयन गर्ने अनि, वाद- विवाद र बिरोधसंघै गुट-उपगुट र बिरोधि गुटमा बिभाजित नभै नेपाली ब्लगर’ मात्रै रहेर केही गर्ने हो भने मेरो बिचारमा हालको ईमेल समुह नै सबैभन्दा राम्रो विकल्प हो ।

हो, यसलाई अझ सहज बनाउने वा ईमेलबाट मात्र सम्भब नभएमा केही कार्यको लागी “अनलाईन फोरम” वा आपसी सहयोगको लागि छुट्टै ब्लग पनि बनाउन सकिन्छ । तर मेरो बिचार पून एक पटक दोहर्‍याउँछु: संसारभरी छरिएर रहेका नेपाली ब्लगरहरुलाई संलग्न गराउने हो र नयाँ-पुराना ब्लगर वा ठूला-सानाको भेद नहुने गरी सवैलाई समानस्तरमा सकृय गराउने हो भने ईमेल समुह नै सबैभन्दा राम्रो विकल्प हुने छ । बाँकी, असहमत हुनेको बिचारमा पनि मेरो उच्च सम्मान रहने नै छ ।

जय ब्लग! ह्याप्पी ब्लगीङ !!



14 Comments:

बिप्लब said...

तपाइहरुको प्रयास सर्हानिय लाग्यो। ब्लग खोल्नु मात्रै भन्दा खोलेर केही गरे देशले पक्कै केही पाउनेछ। एक आपसमा सुचना आदान प्रदान गर्न तपाइहरुले बनाएको नेपाली ब्लगर निकै प्रशंसा योग्य छ।
धन्यबाद
बिप्लब

Prajwol said...

म संस्था खोल्नै हुन्न भनेर भनी हाल्न त चाहन्न, तर किन खोल्नु पर्छ भन्ने कुराको भने केही चित्त बुझ्दो उत्तर भने कतै बाट पाएको पनि छैन । कसैले तर्किक रुपमा त्यसको फाईदा देखाउन सके सयद मन बद्लिन्छ पनि होला । I am more than happy with the Google Group for now. आफ्नो काम सकेर, परिवारबाट समय निकालेर ब्लग लेख्नु नै एक ठुलो कुरो हो । सुरुको जोस बाहेको, कोही संस्थाको पछी लागेर बस्न सक्छ जस्तो मलाई लाग्दैन । बरु तेही ईमेल ग्रुपलाई बरु कसरी बैज्ञानीक र सान्धर्भिक बनाउंदै लैजाने मा प्रथमिकता दिए रामो होला जस्तो लाग्छ मलाई ।

Basant Giri said...

In my opinion, just a google group is enough to be in touch and better communicate at least for now.

HAWA said...

छैन

Unknown said...

अहँ छैन ।

HAWA said...

अब सभापति मलाई नै दिने भये र काम जती अरुले गर्ने भये खोले पनि हुन्छ

Unknown said...

ईमेल समुह र पछि चाहीएमा छूट्टै ब्लग बनाउँदा नै सबैकुरा गर्न सकिन्छ जस्तो लाग्छ मलाई पनि ।

त्यो भन्दा बढी वा संघ, संघठन खोल्नेमा मेरो पनि रुची छैन ।

डीआर न्यौपाने'सूर्य' said...

मलाई पनि यही नै ठिक जस्तो लाग्छ ।
दौतरी ज्यू मलाई तपाइको ब्लगको ब्यानर कोड उपलब्ध गराएमा आभारी हुने थिए ।

Dautari Admin said...

सुर्य जी तपाइले दौंतरी ब्यानर कोड माग्नुभएको हो की नेपाली ब्लगरब्यानरको कोड?
यो हो दौंतरी ब्यानर कोड
*************************************
>div align:center<

>a style="display: block" href="http://www.dautari.org"<
>img width="178" alt="dautari add" src="http://www.arvaonline.com/dautarimainlogo.gif" height="64"/<
>/a<>/div<
**************************************
यो हो नेपाली ब्लगर ब्यानरको कोड
********************************
>center<
>a href="http://groups.google.com/group/nepali-bloggers"
target="_blank"<
>img src="http://nepali-bloggers.googlegroups.com/web/
nepali_bloggers_logo.png?
gda=MsN2qEoAAADLizz1UfXwah4o4AF2SbXi1DtNnahLyXyuv6I1FtZztxJR9v8Vn_idXRsE1X9YZMV9w9766wKTdfE7pPfg_8c2_e3Wg0GnqfdKOwDqUih1tA"
alt="Nepali-
Bloggers"<
>/a<
>/center<
>br<
****************************************
कमेन्ट बक्समा कोड राख्न समस्या हुने रहेछ। त्यसैले कोड थोरै बिगारेर राखेकोक छु। माथीको कोडमा ">" लाइ "<" लाइ "<" र लाइ" >" बनाउनुहोला।

Anonymous said...

मैले चाहिँ प्रज्वलजीको बिचारमा सहि थपेँ...

ठरकि दादा said...

कमेण्टकोलागि सबैमा धन्यबाद ।

प्रज्वलजीमा विशेष आभार,

मेरो आशय पनि भौतिक रुपमा अस्तित्व रहने गरी संस्था खुल्नै हुन्न भन्ने चाही हैन है ! (यो कुरा सायद पोष्टमा क्लिएर छैन)।

तर संसारभर छरीएर रहेका ब्लगरहरुलाई एकै छातामुनि राख्‍न भने साइबर स्पेसमै रहनुको विकल्प छैन जस्तो लाग्छ ।

Anonymous said...

अहिलेको अवस्थामा 'संस्था' खोल्नुभन्दा त्यहि गुगल समूहलाई प्रभावकारी बनाउँदा राम्रो हुन्छ जस्तो लाग्छ मलाई । मैले बारम्बार भन्दै आएको छु यस अघिका टाँसोहरुमा, कि ब्लगगानजस्तो बिचमै हराएर यो समूह स्वर्गे नहोस् ।

हामीजस्ता नव प्रवेशी ब्लगरहरु हरेक कुरामा कमजोर छौं । यसबाट हामीले निकै ठूलो फाइदा उठाउन सक्छौं जस्तो लाग्छ मलाई । चाहिँ त्यो प्राबिधिक होस् या अन्य कुनै विषय । सबैको सहयोग र समर्थन चाहिन्छ, भविष्य दुर छैन ।

Anonymous said...

But, I did know about this only after the meeting was over. I wish to join this forum though there is not much continuity that i am able to give to my blog. Wish You all, all the best!

नेपालियन said...

ब्लगर भेला गर्ने भनेर कुरा उठे देखी आजको दिनसम्म मेरो आफ्नो अनुभव भन्दा प्राय ब्लगरसंग निकै कम समय छ र त्यही कम समय ब्लगमा बिताउने गर्छन। संगठनको प्रारुप जस्तो भए पनि ब्लगरहरुको संगठन बनाउनु राम्रै कुरा हो। त्यसले ब्लगहरुलाइ एउटा स्थानमा मिलाउंछ। तर ब्लग भेलामै आउन हम्मे हम्मे पर्ने साथीहरु थुप्रै भएकोले संगठनमा समय कसरी दिनुहुन्छ त्यो भने सोच्नैपर्छ। फेरी संसारै भरी सबै महादेशमा छरिएका ब्लगरहरुलाइ कसरी संगठित गराउने?

नेपाली ब्लगर इमेल समूह हो । तर यस्लाइ एउटा संगठन मान्दा पनि हुन्छ। अथवा ठरकी सरले भने जस्तै यस्लाइ एउटा "छाता संयन्त्र" ठाने पनि हुन्छ। आफ्नो फुर्सत अनुसार समय दिने र एकआपसमा सहयोग गर्ने काम नेपाली ब्लगर समुहबाट नहुने कुरा म देख्दिन। यस्ता कार्यको लागी अधक्ष या सचिब नै चाहिन्छ भन्ने लाग्दैन। नेपाली ब्लगरहरुको अहिलेको आबश्यक्ता पनि त्यही भएकाले बर्तमान समयमा नेपाली ब्लगर समुह नै उपयुक्त छ। अब केही ब्लगर नजिक भए त्यां भेटघाट या अन्य समुह बनाउन नसकिने त कुरै छैन। त्यसको लागी नेपाली ब्लगर्स बाधक बन्ने कुरै आउदैन।

अहिले यही समुहमा कुरा गर्दै जाऔं, समय अनुसार जे गर्नुपर्छ त्यही गरौंला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !