August 2, 2009

ब्ल्गर भेलाको बारेमा

नेपालको प्रथम अन्तराष्टिय अनलाइन ब्लगर भेलामा अफ्ठ्यारो समयका कारण सार्है दु:खबस भाग लिन पाइन, त्यसको लागि सर्वप्रथम क्षमाप्रार्थी छु । तर यो नौलो प्रयोगलाई सफल रुपमा समापन गर्न लागिपर्ने र सहभागि हुने सबै धन्यवादका पात्र छन, इतिहासले संधै यो भेला तर्फ फर्केर नयाँ सुरुवातका लागि आभार प्रकट गरिरहन्छ भन्ने मलाई विश्वाश लागेको छ ।

भेलामा भाग नलिए पनि दौंतरिमा राखिएको archives खुब चाख लाएर पढें । यो पढ्दा खुशी लाग्यो, हांस उठ्यो, रिस पनि उठ्यो । कहिले कंही मनमा "हरे हामी नेपाली" भन्ने पनि आए, कहिले "वहा हामी नेपाली" । तर अनलाइन सबै एकैचोटी बोल्न खोज्दा बेला-बेला कुरा छेउ न पुच्छर जस्तो हुन्छ भन्ने कुरो भने प्रष्ट भयो । सबैको आ-आफ्नो बिचार हुन्छन, यो भेलाको सिमित समयमा चित्त बुझ्दो रुपमा सबैमा बहस हुने त कुरै भएन । तर एउटा सुचना आदन प्रदान गर्ने गुगल ग्रुप बनाउने कुरो सार्है राम्रो लाग्यो । करले हैने रहरले जो कोही पनि त्यो ग्रुपमा सामेल हुन सक्छन, अनि केही objective सुचना बांडन यो ससक्त माध्यम हुन सक्छ । जस्तै पहिलो अन्तराष्ट्रिय अनलाइन ब्लगर भेलाको जानकारी सबैलाई प्रदान गर्ने ।

अर्को मलाई मन परेको कुरो भने: आफ्नो बिचार टांसोको रुपमा बहसका लागि राख्ने । दौंतरी सो टांसोका लागि उपयुक्त्त स्थान हुन सक्छ । जस्तै ब्लगान किन राम्रो हो वा होइन, वा अरु नै कुनै बिषयमा । यसमा आ-आफ्नो धारणा chat का दुई लाइनमा पोख्न गर्हो होला तर पुरै टांसोमा पोख्न र क्रमबद्ध रुपमा कमेन्टमा वा छुट्टै टांसोमा बहस गर्दा सहमति खोज्न सजिलो होला । केही त्यस्तो टांसोमा बहस पछी आगामी भेलामा छलफल अगाडि बढाउन अलि सुलभ होला की ?

समग्रमा भन्नु पर्दा यो भेलाले भविश्यका लागि धेरै अरु ढोका खोलिदिएको छ । यो एउटा नया प्रयोग थियो, त्यसैले निश्चित रुपमा सुधारका धेरै ठांउहरु छन । यो एउटा सुरुवात हो, अन्त होइन ।









Remaining Portion


6 Comments:

नेपालियन said...

प्रज्वलजी सही भन्नु भो समग्रमा भन्नु पर्दा यो भेलाले भविश्यका लागि धेरै अरु ढोका खोलिदिएको छ । यो एउटा नया प्रयोग थियो, त्यसैले निश्चित रुपमा सुधारका धेरै ठांउहरु छन । यो एउटा सुरुवात हो, अन्त होइन । तर समय मिलाएर यसो झुल्किनु पर्थ्यो।
हरेक देशको समय मिलाएर भेला गराउंदा सजिलो भएन र सहज समय पनि कतिपयलाइ भएन। यो ब्यबराहिक समस्या हो यस्लाइ सके सम्म मिलाउने प्रयास गरौंला।
अहिले लाइ अब के गर्ने यस, फुर्सतमा यसैमा बहस गरौं।

ठरकि दादा said...

प्रज्वलजी, माथी नेपालियनजीले भन्नु भएजस्तै यो विल्कुलै नयाँ प्रयोग थियो । त्यसैले यसमा देखीएका कमजोरीलाई वेधक स्विकार्नु पर्छ हामीले। प्रविधिको उच्चतम उपयोग गर्दा गर्दै पनि प्राविधिक क्षेत्रमा खासै दख्खल नभएकालाई पनि यो भेलामा सहभागी हुन र आफ्नो कुरा राख्‍न अलमल वा जटिलता झेल्न नपरोस भनेर यो उपयोगको प्रक्रियालाई सकेसम्म सरलीकरण पनि गरीएको थियो ।

तर यहाँले भन्नु भएजस्तै सबै कमजोरीलाई स्विकार्दा पनि यसका केही राम्रा पक्ष पनि रहे । नेपाली ब्लग जगतको ईतिहासमै पहिलो पटक संसारभर छरिएर रहेका ३ दर्जन भन्दा बढी ब्लगरहरु एकै ठाउँमा जम्मा हुनु र नेपाली ब्लग जगतको विविध बिषयमा बिचार आदान प्रदान हुनु आफैमा पनि एउटा उपलब्धी हो नै ।

पक्कै हो, च्याटबक्सका केही लाईनमा आफ्नो मनको सबै बिचार उतार्न खासै सम्भव थिएन, तर यो भेलामा जुन उत्सुकता देखीयो र यस अघी र पछि जुन तरंग फैलीयो त्यसले भने पक्कै पनि नेपाली ब्लग जगतलाई केही प्रेरणा अवश्य नै दिएको छ ।

सम्पूर्ण सहभागी, सल्लाह सुझाव दिनुहुने ब्लगर तथा पाठक मित्रहरुलाई म पून: यहीबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

Prajwol said...

"रात आफ्नै हो", तर बिहान आफ्नो नहुने रहेछ :( एक बिहानै कतै कुद्नु पर्ने भएकोले सुत्नै पर्ने भयो । अब अर्को पल्ट अवश्य नै झुल्कने छु ।
यो भेला संचालन गर्न कोअर्डिनेट गर्ने र टेक्निकल्ली सुचारु रुपमा अघी बढाउन आफ्नो अमुल्य समय खर्चने साथीहरु देन सार्है सरहानिय छ । मेरो टांसोले अलिकती पनि त्यो मिहेनतलाई undermine गर्न खोजेको जस्तो भान भए माफ पाउं, मेरो बिल्कुल त्यो आसय हैन है :D
मेरो फोकस भविश्यका आगामी कार्यक्रम तिर केन्द्रित हो......There is always room for improvement; this motivation is what makes the mankind so great.

ठरकि दादा said...

प्रज्वलजी !

मैले यो पोष्ट पढ्ने साथीहरुलाई अलि बढि 'क्लियर' होस भनेर मात्रै यो माथीको कमेण्टमा अलिकता गन्थन हालेको है !( अलिक बढी नै लेखेछु कि क्या हो :)।

तपाई-हामी त दौँतरी परिवारकै हो नि :) हे हे !
कहाँ माफ माग्ने कुरा गर्नु भएको?, त्यो कमेण्ट डिलिट गर्नु होला, म पनि यो कमेण्ट हटाउँछू :)

Prajwol said...

खै मलाई त डिलिट पनि गर्न पनि आएन, सर्सर्ती हेर्दा डिलिट गर्नु पर्ने पनि केही देखिन है :) Civic Interaction भनेकै यही हो नि ।
कंहा बढी सढी को कुरा गरी रहनु भा, त्यस्तो केही होइन, ढुक्क हुनुहोस ..LOL

नेपालियन said...

डिलिट गर्ने र नगर्ने कुराहुंदा म भने वाल्ल परेर तला माथी पढ्दै थिएं। साच्चै डिलीटै गर्नुपर्ने कुन वाक्य हो ठ्याम्मै बुझिने।

त्यसै भएर हो की किन संबिधान सभाको चुनाव भाको हो मैले अझैसम्म बुझेको छैन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !