August 3, 2009

यस्तो पनि हुन्छ !

Crocodleविमान भित्र गोही !:

विमानसंग चराहरु ठोक्कीने कुरा कहीलेकाही सुनिन्छ। तर एउटा यात्रु वाहक विमानमा गोही भेटीयो भने कस्तो लाग्ला ?।

गत हप्ता त्यस्तै घटना भएको छ। ईजिप्ट एयरको आबुधाबी बाट काहिरो जान लागेको एउटा विमानमा यात्रुको सामान राख्‍ने ठाउँबाट एउटा गोहीको बच्चा निक्लेपछि विमान यात्रीहरु भयभित भए । जम्मा २७ ईन्च मात्रै लामो र बयस्क नभैसकेको भएकोले चालकदलका सदस्यले केहीबेरको कोशिस पछि सो सानो गोहीलाई नियन्त्रणमा लिएर स्थितिलाई सामान्य बनाएका थिए ।

(समाचार र फोटो सोर्सको लागि फोटोमा क्लिक गर्नु होला)

दुई मुखे गाई:

यो खबर कोलम्बियाको । अघील्लो हप्ता, २४ जुलाईको दिन कोलम्बियाका एकजना किसानको गाईले दुइवटा मुख भएको बाच्छीलाई जन्म दिएको छ।

हालसम्म स्वस्थ रहेको यस बाच्छीको नाम जेनीफर राखिएको छ । दुईटा मुख, चार आँखा भएको यो बाच्छी खैरो रंगको छ । टाउको एउटै भएका कारण दिमाग पनि एउटै रहेको सो गाई बारे दाँया पट्टी राखीएको यो भिडियो बाट पनि अरु जानकारी लिन सक्नु हुन्छ ।

ए.टि.एम. चोरको कथा:

चोरहरुले ए.टि.एम. मेशिनबाट पैसा झिकेको वा चोरेको खबर त कहीलेकाही आईरहन्छ । तर चोरले पैसा हैन, ए.टि.एम. मेशीन नै चोरेको भने सायद यो पहिलो घटना होला । समाचारका अनुसार १ अगष्टको राती, भारतको पन्जाबमा होशियारपुरका दुईजना लुटेराले सो ‘कार‍नामा’ गरेका हुन ।

साथमा ग्यास कटर, एलपिजी ग्यास र अक्सिजन समेत लिएर पुरा तयारीका साथ आएका लुटेराहरुले केही समयको ‘मेहनत’ पछि करिव चार क्विण्टल वजन भएको सो एटिएम मेशीन समेत गाडीमा राखेर भागे ।

पछि चौकिदाद्वार पुलिसलाई सूचना गरिएपछि भने पाँचलाख रुपैया भन्दा बढी रकम रहेको सो मेशीन जोगाउन र चोरलाई समेत पक्रन पुलीसहरु सफल भए ।



29 Comments:

Prajwol said...

धन्न पूजा गरेनछन भगवान को रुप भनेर "जेनिफर" लाई ;)

ठरकि दादा said...

हा ..हा..हा ..., हामीकहाँ भएको भए जेनीफर हैन 'जनमाता' वा जनलक्ष्मी नाम दिएर पूजा गर्नेको लाम लागी सकेको हुन्थ्यो :)

एकलव्य ( Eklavya) said...

१) गोही कसरी आएछ पहेली अझै सुल्झिएनछ ।

२) प्रकृतिको सिर्जनामा पनि बिडम्बना र भेदभाव किन भएको होला !

३) 'ना रहे बाँस , ना बजे बाँसुरी' । मेशिन नै उठाए पछि थोकमा धन मिल्ने भो । एउटा वा केही कार्ड चोरेर भन्दा यो तरिकाले मालामाल हुन सजिलो नि !

रमाईला घटनाहरू ।

पीजी said...

हिजो "मुर्ख चोरहरु" को टप टेन भिडियो क्लिप हेरेको थिएं । त्यसमा पनि एउटा युरोपको एटिएम चोर्न खोज्ने समुहको भिडियो थियो ।

बैंक भित्र पसेर मेशिनलाई डोरीले बांधी कारले तानेर केहि परसम्म पुर्याउन त सफल भए तर सेक्युरिटी अलार्म बज्नाले त्यो काम फत्ते गर्न पाएनन । बिचरा चोरहरुलाई थाहा रहेनछ कि तिनीहरुले चोर्दै गरेको मेशिन "एटिएम" नभएर "अकाउण्ट स्टेटमेन्ट" प्रिन्टर थियो, जुन ठुला अक्षरले मेशिन मै लेखिएको थियो ।

तर पंजाबका चोरहरुले चाहीं काम फत्ते गरे पनि दाम फत्ते गर्न पाएनछन !

नेपालियन said...

निकै रमाइला खुरांका प्रश्तुत गर्नुभयो ठरकी जी।
१) जाहाजमा गोही भेटीएको रमाइलो लाग्यो। केही पहिले साउथ अमेरीकाबाट संयुक्त राज्य अमेरिकामा आएको जाहाजमा बांदर भेटिएको थियो। यात्रुले लामो कपालले छोपेर उक्त बांदार ल्याउन प्रयास गरेका थिए। सुन्दा अच्म्म लाग्छ, जाहाजहरु उड्दा माछासंग ठोकिएका घटनाहरु पनि छन।

२)त्यो दुइमुखे गाइको कथा सुन्दा काठमाण्डोमा ५ खुट्टे रातो गाइ लिएर हिड्न एक ब्रिद्दको याद आयो। सायद अझै तिनी काठमाण्डौको बाटोमा अझै हिड्दैहोलान।

३)ए.टि.एम चोरिने घटनमा अमेरीकमा निकै नौला नौला घटना देखिन पाइन्छ। प्रया चोरहरुले ए.टि.एम मेशिन नै चोर्ने गर्छन। केही ए.टि.एम मिशिने आएर गाडी ठोक्काउछन भने केही ले फलामे रसी लगाएर ए.टि.एम मेसिन तान्ने गरेका घटना हरुछन।

यो रमाइलो ब्लगले ब्लगर भेलाको ह्यागंहोवर चाही पक्कै हटायो, धन्यबाद ठरकी सर।

पुष्प said...

प्रज्ववलजी, ठरकीजी,

कृपया, आफ्नो धार्मिक र सांस्कृतिक आस्थाको खिल्ली उडाएर आफ्नो बौद्धिक दरिद्रता प्रदर्शन नगर्नुस् । कि तपाईंहरू उही "गाइखाने" जातमा दरिइसक्नुभयो ?

- हवाइजहाजमा गोही भेटिएको कुरा छ, शायद जहाजको कार्गोक्षेत्रमार्फत् कतै लैजान लागिएको हुनसक्छ । केही महिनाअघि एउटा हवाइजहाजमार्फत् अजिंगर सर्प लैजान लाग्दा उक्त अजिंगर राखिएको ब्यागबाट तिनीहरू हराएका थिए ।

- दुइमुखे गाइको के कुरा ! दुइमुखे मानव बच्चाको त जन्म भएको छ ।

- चोरहरूको के कुरा गर्नु ? खूद एटीएम सञ्चालकहरू नै चोर छन् । एटीएम कार्ड प्रयोग गरेर पैसा निकाल्न खोज्यो, सबै प्रक्रिया पूरा हुन्छ तर पैसा निस्कदैन; तर अचम्म खाताबाट भने पैसा घटेको हुन्छ । थोरै रकम हुने वा आफ्नो खातामा भएको पैसाको जानकारी राख्नेहरूलाई त ठीकै छ । तर धेरै पैसा हुने र बारम्बार कारोबार गर्नेहरूलाई त के थाहा । पैसा घट्छ, तर फर्कँदैन । अझ यसका लागि त उल्टै निवेदन दिनुपर्ने रे ! अनिमात्र पैसा फिर्ता हुन्छ । ल हेर्नुस्, गल्ती उनीहरूको, प्राविधिक वा अन्य समस्या उनीहरूको, दु:ख पाउने हामी । त्यसमाथि ठगिने सम्भावना । मैले दुइचोटि भोगिसकेको छु । तपाईंहरूले पनि भोग्नुभएको त छैन । चाल नपाउनुभएको पो हो कि ? होश गर्नुस् है !

पीजी said...

पुष्पजी गाई त नेपालमा पो काटेर भोज खान्छन त धार्मिक निरपेक्षताको शमखघोष गर्न !

ठरकि दादा said...

पुष्पजी !

कमेण्टको लागि धन्यवाद, मलाइ त 'ल है तपाईले लेखेको एकदम ठीक' वा 'गज्जब लेख्‍नु भयो' भन्ने भन्दा तपाईका जस्तै बिचारोत्तेजक कमेण्ट मन पर्छन ।

तर यो पोष्टबाट कसरी हाम्रो धार्मिक र सांस्कृतिक आस्थाको खिल्ली उड्यो भन्ने चाहीँ मैले धरोधर्म बुझीन है !

छानेर हैन, जन्मेको हिसाबले हेर्दा त म पुरै हिन्दू हुँ । देशले 'भयंकर छलांङ' मारेर धर्म निरिपेक्ष हुँदा सम्म पनि हिन्दू नै छु र हिन्दू नै रहने छु । (तपाईको जानकारीको लागि कुरा अझै प्रष्ट गर्ने हो भने म "गाईखाने" समुहमा पनि पर्दिन है :)

तर संसारभरीका प्राकृतिक असन्तुलन वा परा भौतिक कारणबाट हुने सम्पूर्ण असामान्य कुरा र घटनालाई धर्मसंग जोडेर हेर्नु पनि पुरै गलत हो जस्तो लाग्छ मलाई ।

एटिएम कार्डको प्रयोगबाट ग्राहकलाई हुनसक्ने समस्या अबगत गराउनु भएको र सो बारेमा सचेत गराउनु भएकोमा पून धन्यवाद :)

पुष्प said...

गाई खाएर धर्म निरपेक्ष हुने हैन; धर्म निरपेक्ष भएकोले गाई खाए हुने भयो । हुन त गाई खान अहिले पनि कानूनले दिँदैन, तर धर्म निरपेक्ष देश भइसकेपछि यो नियममा बाँधिनै पर्छ भन्ने छैन । तर मलाई लाग्छ तपाईंहरू त तागाधारीहरू पर्नुभो, अनि यसरी आफ्नै धर्म-जातको खिल्ली उडाएर कसको खिसी गर्न खोज्नुभएको भन्नमात्र खोजेको हुँ ?

Prajwol said...

संयोगबस यता कुरा गाइको परेछ, नत्र बाख्रा, भेडा, पांङ्रा, जे भएको भए पनि मेरो कमेन्ट तेही नै हुन्थ्यो । मेरो बिचार हाम्रो मानसिकता प्रति लक्षित थियो धर्म तर्फ हैन, यसै पनि बिरालो बांधेर सराद्दे गर्नु लाई म धर्म भन्दिन । यहांले भन्नु भए जस्ताइ मैले एउटा ठुलो शिर भएको "कुरुप" बच्चालाई पुरै शहर डुलाएको तस्विर पनि देखेको थिंए नेपाली पत्रीकामा कतै । पछी त्यो नवबालक को ज्यान गएको दु:खद जानकारी पनि पाएं । त्यसैले यस्ता अजिब (ठरकी दादाले भन्नु भए झैं प्रकृतिक असन्तुलन) का धेरै केसहरु छन संसारभरी । तर त्यसको जात्रा बनाउंदै हिंड्ने अरु धेरै कम देशहरु होलान ।

तर यहाँको कमेन्ट को भने म सम्मान गर्छु, सबैको को फरक बिचार हुन्छन । We can all agree to disagree !!

बिप्लब said...

म केही बोल्दीन। मात्र एक अनुक्षदको फड्को देखाउंछु- लाग्छ यही हो नया नेपाल।
....कृपया, आफ्नो धार्मिक र सांस्कृतिक आस्थाको खिल्ली उडाएर आफ्नो बौद्धिक दरिद्रता प्रदर्शन नगर्नुस् ।
......गाई खाएर धर्म निरपेक्ष हुने हैन; धर्म निरपेक्ष भएकोले गाई खाए हुने भयो । हुन त गाई खान अहिले पनि कानूनले दिँदैन, तर धर्म निरपेक्ष देश भइसकेपछि यो नियममा बाँधिनै पर्छ भन्ने छैन ।

कृष्ण पौडेल (Krishna Paudel) said...

बिप्लबजी,

केही नभनेर पनि कसैले भनेकै कुराबाट अर्थमा देखिएको छलाङ देखाइदिनु भएछ । यो देखेर अचम्म लागेन । हामी केही कुराको वा कुनै व्यक्तिले व्यक्त गरेका कुराहरूको आलोचना गर्ने क्रममा बिलखबन्दमा परेर आफ्नै विचारको धज्जी उडाइरहेका त छैनौँ भन्ने कुराको बलियो उदाहरण हो यो।

हाम्रो धर्म निरपेक्षताको अधमरोपन विचरा!

तर, पोष्टमा वा कमेण्टमा धार्मिक आस्थामाथि कहीँ कतै प्रहार त मैले कति खोज्दा पनि भेटिन त, मेरो चस्मा त्यति पावरवाला नभएर हो कि !

Unknown said...

कहिले काही हाम्रो पुष्प जि ढुङ्रो बाट संसार चिहाउनु हुन्छ -----जब धर्म को कुरा आउछ बहा यती डराउनु हुन्छ कि डराउदा डराउदै हराउन पुग्नु हुन्छ -------
मैले त कतै पनि हाम्रो धार्मिक आस्थामा खिल्ली उडाएको त देखिन त !
अनी अर्को कुरा , म शत प्रतिशत ठोकुबा गरेर लेखिदिन्छु यदी यही जेनिफेर नाम गरेको दुई मुखे गाई को जन्म हाम्रो देश मा भएको भए केही टाठा बाठा हरुले त्यही गाई लाई धर्म को नाम मा माग्ने भाडो बनाउने थिए ----
हुन त के टाठा बाठा लाई मात्रै भन्नु ! धर्म मा लिन् अन्ध भक्त हरु धर्म्को -धर्मको नाममा कोक्रो लगाएर उस्तै भएका छन ------
धर्म मानब सभ्यताको क्रम सँगइ मान्छेले नै मान्छे लाई अनुशासन मा बाध्न बनाएको डोरी हो भन्ने थाहा पाउने हरु त -------

Anonymous said...

मानबले मानबलाई अनुशासनमा बाध्न भन्दा पनि टाठाबाठाहरुले युगौ पहिले सोझासाझालाई जालमा पार्न रचिएको खेल हो धर्म भन्दा कसो होला लुना दिदि? अहिलेको अवस्थामा त्यही जालझेललाई संसोधन र परिसक्रित गर्दै झन चलाखी गरेको पनि भन्न मिल्ला।

Nepal! said...

धर्मलाई कसैलाई जालमा पार्न रचिएको भन्ने बिचार "प्रगतिशिल चिन्तन"ले मान्छ होला तर धर्म भन्ने कुराको प्रचलन नेपाल वा दक्षिण एशिया भन्दा अन्त पनि छ र थियो भन्ने बुझ्नेले धर्म एउटा समाज, देश र मानव सभ्यता संचालनको कडी हो भन्ने रुपमा बुझ्छ ।

मान्छेले मान्छे खाने स्थितिबाट अहिलेको स्थितिमा आउंदा धर्मले मान्छेलाई नैतिकता, अनुशासन र भाइचारामा बांधेको कुरा बिर्सनु हुदैन । शायद त्यसैले होला अमेरिकि राष्ट्रपति हुन या बेलायतकि महारानी सबैले पोपलाई अझै पनि विशेष सम्मान दिन्छन ।

Anonymous said...

Really liked Lunaji's comment : "ढुङ्रो बाट संसार चिहाउनु हुन्छ"

पुष्प said...

धर्म, संस्कृतिलाई विवादमा नपारेकै राम्रो । कुनै पनि धर्म, संस्कृतिले कसैको कुभलो गर्दैन । जुन चिजले कुभलो गर्छ त्यो धर्मको नाउँमा कलंक हो ।

आ-आफ्नो धार्मिक आस्थामा अडिग रहन सक्नु उचित हुन्छ । कसैले कसैको धर्मको खिल्ली उडाउनु त झनै खराब कुरा हो । यदि कसैले दुइ टाउके गाईको पूजा गर्छ/गराउँछ भने त्यसले धर्मिक आस्थामा वृद्धि गराउँछ । अब दौंतरीका बुद्धमानीहरूको त के कुरा गर्नु र, उहाँहरूलाई भोलिका दिन आफ्ना आमा-बाबु पनि भगवान हुन् भन्यो भने, खिल्ली उडाउनुहुने होला !

Luna said...

Second Anonymous ji ! ( here two Anonymous , so i say second coz i am going to sepak with secon one )
आन्नोम्युस जि !
म पुष्प जि को तार्किक प्रतिकृया र लेखनशैलिको फ्यान हुँ ।
मैले यो भन्दा अघिको प्रतिकृयामा लेख्दैमा भनेकी थिए " कहिले काही खास गरी धर्म को कुरा उठ्दा " भनेर ।
बहालाई मैले सधैं ' ढुङ्रो बाट संसार चिहाउने ' भनेर भनेकी छैन मात्र कहिले काही " धर्म को मामाला मा " मात्रै । फेरी पनि दोहोर्याएर लेखे यि शब्द हरु ।

प्रबिण थापा said...

लौ यि पोष्ट हरुमा त धर्म र संस्कृतिलाइ छुने कुनै पनि कुरा पाइदैन त । म चाहि धर्ममा त्यति बिश्वास गर्ने मान्छे परिन तर अरुको धार्मिक आस्थाप्रति भने ठोस पुर्याउन पनि चाहन्न र कसैले नराम्रो भन्छ कुनै धर्मलाइ भने रिस पनि उठेर आउछ।हुनत कसैले तिम्रो धर्म कुन भनेर सोधिहाले म हिन्दु भनेर प्याट्ट गर्बका साथ भन्छु तर समान्य जानकारि बाहेक मसग केहि छैन उहि बाउ बाजे हिन्दु अनि म पनि हिन्दु। धर्म समजलाइ नियन्तृत र ब्यबस्थित बनाउने मनशायले परापुर्ब काल देखि चल्दै आएको सामाजिक मान्यताको रुपमा मैले बुझेको छु र यसलाइ मानबिय हित र जिवन दर्शनका सहि ढाँचामा सबै मनुस्यहरुमा उतार्न सके आजको यो मानब मानब बिचको भाडभैलो समाप्त हुने थियो होला ।
यो अन्तहिन कुराको वहसमा न आउकि भनेको तर साथिहरुको प्रतिकृया पढ्दा खसखस लागेर मन थाम्नै सकिएन ।
लुना जि को प्रतिकृयामा भने मेरो पुर्ण सहमति छ है।

पुष्प said...

योचाहिँ के नि ?

धन्न पूजा गरेनछन भगवान को रुप भनेर "जेनिफर" लाई ;)
हा ..हा..हा ..., हामीकहाँ भएको भए जेनीफर हैन 'जनमाता' वा जनलक्ष्मी नाम दिएर पूजा गर्नेको लाम लागी सकेको हुन्थ्यो :)


बच्चा यसरी पाइन्छ भनेर गरेरै देखाउनुपर्छ र ?

Prajwol said...

Guys,

This was a humor post as the category suggests: "Tea Time". It's nice to have discussions, we shouldn't discourage that. However, it feels that the issue has been slightly digressed from 'mentality' to 'religion'. I rest my case with the following link.
http://www.kantipuronline.com/kolnews.php?&nid=69722

ठरकि दादा said...

यो पोष्ट केही अनौठो समाचारहरुको टिप्पन टापन गरेर "Tea Time" मा राखीएकोले यसको बारेमा यत्ती बहस होला जस्तो लागेको थिएन । जे होस, बहस भएपछि भने लहरो तान्दा पहरो नै गर्जे पनि धेरैजनाको विविध बिचार र केही नयाँ जानकारीहरु पनि 'उत्खनन' भए र केही नयाँ कुरा जान्ने मौका पनि मिल्यो, यही पोष्टको कारणबाट ।

अब हिन्दू धर्मकै कुरा गर्ने हो भने गाईलाइ लक्ष्मीको रुपमा पूजा गर्ने मात्रै हैन वैदिक ऋचाहरु पल्टाएर हेरेमा (त्यसो त अहीले गुगल सर्च गर्दै पनि भेटिन्छन्) गौमेध यज्ञको विधीविधानका बारेमा पनि धेरै चर्चा भेटिन्छन । यस अबस्थामा म आफूलाई हिन्दू धर्मको व्याख्या गर्न नसक्ने 'लाचार हिन्दू' को रुपमा लिन्छु ।

मैले बुझेसम्म हिन्दू धर्म र परम्परामा गुरुलाई देवतु्लय मानेको मात्रै हैन;
"मातृ देवो भव:", "पितृ देवो भव:" अनि "रसोवैस" र "अन्नं ब्रह्म" भनेको समेत कतै कतै पढेको छु। तर आ-आफ्नो इच्छा वा कौतुहल विशेषका कारण मान्ने वाहेक हरेक अप्राकृतिक कुरालाई ईश्वर मान्नुपर्छ भन्ने कुराको शास्त्रीय निदृष्ट आचार वा धार्मिक समर्थन मैले आजसम्म कतै देखेको छैन ।

मेरो सामान्य बिचारमा गाई 'लक्ष्मी' हो भने जुनसुकै गाई लक्ष्मी हुनु पर्छ, कुनै गाईको ढाडमा खुर निक्लनु वा पुच्छरमा कान उम्रनुले कुनै पनि हालतमा त्यो 'लक्ष्मित्व' मा 'चार चाँद' लगाउँदैन ।

जबसम्म धार्मिक ग्रन्थमा "अप्राकृतिक स: ईश्वर:" वा "सबै अप्राकृतिक कुरा ईश्वर हुन" भन्ने लिखित प्रमाण भेट्दिन मेरो मान्यतामा परिवर्तन आउँदैन ।

माथी नै भनिसकेको छु म लचार हिन्दू हुँ तर अध्ययन रोकेको छैन, यसबारेमा कतै अरुले नै लेखेको कुरा फेला परेमा दौँतरी मार्फत नै राख्‍ने छु ।

समष्टिमा सबैको बिचारको कदर गर्छु म । मैले लेखेको कुरासंग सहमत हुने भन्दा असहमती व्यक्त गर्ने साथीहरुका कारण मलाई कुनै कुराको बारेमा अझ बढी जानकारी लिने वा अध्ययन गर्ने प्रेरणा मिल्छ र यसमा बाँकी साथीहरुले पनि अन्यथा लिनु पर्ने जस्तो लाग्दैन मलाई।

सबै साथीहरुमा यस्तो प्रकारको स्वस्थ बैचारीक अभिव्यक्तीको लागि पून: धन्यवाद ।

Samyak said...

कोही कसैको फ्यान हुनु र मनपरेपछि 'अपनवायु' पनि बसाउँछको अर्थ एउटै हो । मैले पनि एउटा माओवादी ब्लगमा यही राग गाएको देखेको थिएँ फ्यानहरूद्वारा संगसँगै । यो राजनीतिको गन्धे भोज पनि अचम्मको नशा रहेछ , कुतर्कमा पनि संगै डुबेर आत्महत्या गर्ने बनाउने !

हिजो कथित जनयुद्धका अवधिमा गाऊँघर हतियार सहित पसेर गाई , गोरू बाख्रा ,भैँसी जे पायो त्यही लूटेर काटेर खाने अनि मन्दिर , पूजारी जस्ता पवित्र मानिएका स्थलहरूलाई समेत निरन्तर आक्रमणको तारो बनाउनेहरूको गुणगानमा समय व्यतित गर्ने हरूले धर्मका नाममा यो बवाल गरेको देख्दा मेरो मनको उदेक पनि आश्चर्यमा परेको छ ।
गाई काटेर खान पाउनुपर्छ भनेकै भरमा नेता हुने गोपाल खुम्बु जस्ता पोलिट ब्यूरोमा राख्नेहरू पनि त यहिँ छन् नि ।

अब, धर्म निरपेक्षताको भद्दा मजाक कसले र कहाँ गरे भन्ने पढ्नुछ भने कान्तिपुरको त्यो अंक खोजेर पढ्न अनुरोध छ जहाँ संविधानसभा विजयको उन्माद संगै गोरखाको बाबुराम भट्टराई निर्वाचित चुनाब क्षेत्रमा माओवादीद्वारा गाई काटेर भतेर लगाउँदै सारा गाउँलाई भोजमा आउन माओवादीले उर्दी पिटाएका थिए भन्ने कुराको वर्णन छ । सो स्थलगत रिपोर्ट कान्तिपुरको विश्लेषणमा गोरखास्थित कान्तिपुरका पत्रकार दामोदर न्यौपानेले बेलिविस्तार सहित छापेका थिए, निर्वाचनको लगत्तै पछि ।

Biplab said...

yeah true.
कोही कसैको फ्यान हुनु र मनपरेपछि 'अपनवायु' पनि बसाउँछको अर्थ एउटै हो । मैले पनि एउटा माओवादी ब्लगमा यही राग गाएको देखेको थिएँ फ्यानहरूद्वारा संगसँगै ।
Their mind work so well, sometime even they see white thing black together and black thing white together too.

प्रबिण थापा said...

होइन Samyak जि धर्म र राजनीतिलाइ एउटै चस्मा लगाएर हेर्न भएन नि। तपाइनै भन्नुस नेपालको सन्दर्भमा एउटा सामान्य म जस्तो नागरिले राजनितिक आस्था कुनै पार्टि बिशेष राख्न सक्छ तर यसकै आधारमा उसको धार्मिक आस्था राजनितिक सिद्धान्तले निर्धारण गर्नु पर्छ भन्ने होइन।

पुष्प said...

धर्मको कुरा गर्नेहरु पनि माओवादीमा दरिने भए । बौद्धिक स्खलनको यो नमूना पनि अपरम्पारै लाग्यो ।

बिप्लब said...

बौद्धिक स्खलन हुनै नै बेस यांहा त कमनसेन्स स्खलन हुनेहरु पनि छन जुन पहिले के बोले पछि के बोल्छन पत्तो नै हुदैन मात्र उनिहरुलाइ थाहा छ अर्कै टाउकाको कमनसेन्समा हिड्नु छ।

पुष्प said...

ल बधाई छ ।
बाह्र वर्ष रामायण पढायो, सीता कसकी जोई !
धन्न पुराण सुनाइएनछ ।

yanmaneee said...
This comment has been removed by a blog administrator.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !