August 13, 2009

नेता!



सिनो खान पल्केकाहरू
ढुकेर बस्छन अवसरलाई
कुरुप पखेटा फट्फटाउँदै
ठूलो चोक्टा खोज्ने त
यिनको विशेषतै हो।

झ्यांगमुनि लुकेर
विभत्सतालाई
नियाल्ने गिद्देनजर
यथार्थताको
आकाश देख्दा तर्सिन्छन् !

आस्तित्वरहित
घोक्रो आवाज
निकाल्ने चुच्चोले
समर्पण अनि वलिदानमाथि
धृष्टता देखाउँदै
लुँछाचुँडी गर्न तम्सन्छन्!

प्वाँख झरिसकेका
पखेटा उठाउँदै
पुरानै हाँडी घोप्टेहरू
एक-आपसममा चुच्चो ठोकाइरहेछन
जुधिरहेछन् सिनोको लागि!

करोडौं सेता परेवा
प्रतिकारको लागि
जुटिरहेछन
खबरदार!
बकुल्लाहरू हो !
एक्लै उड्ने कोशिश नगर
खुल्ला आकाशमा !!!

-आश्मा


9 Comments:

Unknown said...

आश्मा जी ,
गजब छ कविता फेरी पनि बकुल्लाहरु भन्दा अलि बिझायो मलाई त । बरा ! बकुल्लाहरु त सुधो पञ्छिमै दरिन्छन् जस्तो लाग्छ मलाई भलै उनिहरु मांशाहारी होउन् । प्याच्च बोलिहालें - माफ पाम् है ।

HAWA said...
This comment has been removed by the author.
HAWA said...

दीपक जी तपाईं माछा होइन भने त बकुल्ला सुधो नै हुन..सुधो मात्र हो र अझ मिठो पनि हुन्छन

बरु सिनो खाने पंक्षि बकुल्ला नभयी गिद्ध हून

र बिचरा गिद्ध हरु आँफै बिनाश हुन लागेका छन तेस माथि गिद्ध ले मरेको लाश कुहिन बाट जोगएर बातावरण सफा गर्छ

सबभन्दा चुतिया जनावर् हाइना हो एकदम चुतिया हुन्छ त्यो

हासी हासी टोकी टोकी एकदम सास्ती दिएर मार्छ तेसले

त्यो भन्दा पनि चुतिया जनावर् मान्छे हो

पीजी said...

"मिस"ज्यु धेरै समय पछि रचना लिएर झुल्कनु भयो खुशी लाग्यो । रचनाको हिसाबले कविता दिपकजीले भने जस्तै गजब छ ।

तर भाव वा बिचार आफ्नो आफ्नो हो, जे पनि हुन सक्छ । देशै कुहिरो भित्र भए पछि हामी सबै कुहिराको काग हौं । यता राम्रो होला या यो राम्रो होला भन्दै भट्कने हाम्रो नियति हो । बकुल्ला, गिद्ध, हायना कोही चोखा छैनन ।

पारसको पजेरोले किच्ला भनेर भाग्दा कामरेडी खुकुरीले हात खुट्टा छिनालिनेहरु पनि नभएका होइनन् । गिरिजा मण्डलीको भ्रष्टचारको आहलबाट उम्कन खोज्दा पधेंरोमा पानी भर्न पनि "चन्दा" दिनु पर्ने अवस्था आएको हामीले पनि देखेका हौं । पहिले पहिले बोका बलि दिने रुख मुनि माष्टरको बलि दिएको पनि नदेखेका हैंनौं । जे भए पनि राम्रो होस र देश अगाडि बढोस भनेर चुप लागेर बसेको हो । परिवर्तनको लागि एउटा लहर आउंछ वा चाहिन्छ । देशमा एउटा लहर आयो तर परिवर्तन आएन, त्यसको सिधा अर्थ हो परिवर्तन ल्याउछु भन्नेहरु वा परिवर्तन भन्ने शब्द नै भ्रम रहेछ ।

भेटेको बेलामा "भोज सबैले मनाए, कसैले "कुहिएको" माथि मनाए कसैले "आलो" माथि मनाए त कसैले आंफै "शिकार" गरेर मनाए । मनाउन पाउनेहरु भोज मनाउन पाइने ठाउंमा आउन मौका अनुसार परेवा देखि बाघसम्म सबैको खोल ओडेरै आए । तपाईले भनेका करौंडा सेता परेवाहरु तपाईले भने जस्तै प्रतिकारको लागि तयार छन छैनन त थाहा भएन तर अझै पनि करौंडौ परेवाहरु पक्कै पनि कुहिरो भित्र हराउनेछन र सबै थरिका ब्वांसाहरुका हतियार बनिरहनेछन । किनकि हामी विश्वको "खराब टेन" मा पर्ने देशका नागरिक नै अहिले देखि देश सुधार्नतिर लाग्यौं भने त विश्वमा खराब, गरीब र दुखी भन्ने नै रहने छैन ।

आश्मा said...

हजुरहरु सबैले दिएको समयको लागि निकै आभारी छु, धन्यवाद!


Anonymous ज्यु,
कुनै पार्टी विशेषसंग संबन्धित हैन म ...सायद कबिता बन्न नसकेको होला मलाई कुनै दुख लागेन किनभने म कबि होइन...बरु यस् अर्थमा खुशी लाग्यो तपाईको आँखा यस तिर त पर्यो नि ... र केहि हद सम्म तपाईलाई आक्रोसित पार्यो नि हैन र? नेता नै हो रहेछ भने पनि रिस उठायो नि मेरा शब्दले ...त्यस अर्थमा पनि यो कबिता अलिकति सार्थक देखियो..।
तर मलाई चै कतै पुर्वाग्रही भएर समालोचना गर्नु भा हो कि भन्ने पो लाग्यो....कृपया अर्को पटक समालोचना गर्दा नाम खुलाएर आउनु होला ..अनि पो त समालोचना को मज्जा लिनसकौला हामी पनि.. ... :)

पुराना तथा नयाँ छ्याप्छ्याप्ति उम्रेका राजनैतिक पार्टी र ति पार्टीका प्रतिनिधि बन्दै जनताको रगत चुस्नेहरुलाई दिएको उपमा हो यो। माफ गर्नुहोला तपाईले पनि कुनै पार्टीको प्रतिनिधित्व गर्नु हुन्च भने ।तर ध्यान गरेको बहानामा अर्कैको ज्यान लिने धुर्त बकुल्लो कसरी सुधो भयो कुन्नि?
र अर्को कुरो बलिदानी र समर्पित हुनलाई कुनै पार्टीसंग संबद्द हुनुपर्छ भन्ने छैन, ति सबै जनता समर्पित बलिदानी हुन जो सच्चा रुपमा राष्टको प्रगति देख्न चाहान्छन र लोभ,लालच र स्वार्थ रहित निसर्त रुपमा राष्टको नाम संग आफुलाई जोड्ने गर्छन चाँहे त्यो 'खाते बालक'( तपाईकै शब्द)नै किन नहोस्!

पुष्प said...

के !!! के !!!

Nepalean said...

kabaita ko content nikai maan paryo. Samrachana ma naulopaan chha.
Tara kabita ko bav nabageko ho ki ma kabita ko bav sanga nabageko ali ek bata arko haraf ma jada kata kata jajaal pade jasto lagyo.
Maile pani bakulla lai sojaji panchi ma liyeko thiye. Bichara teslai bhgawan le maccha khayera nai jiban dhanne banaye pachi bhokai marnu pani ta bhayena ni.
Mathi hawa le bhane jastai sab bhanda fatah janawar chhai hyna nai ho. Malai testai lagcha.

आश्मा said...

:) यहाँ त मेरो जवाफ मात्र पो छ त गाँठी कुरो त मेटिएछ---- तर नमेटाउनु भा भए पनि हुन्थ्यो। वा वा संगै माथि( जो पहिले थियो)नाम नखुलाउने मित्रले दिनु भाको प्रतिकृयाले लेख रचनामा कसीको काम गर्छन नि--- भलै उहाँले लुकेर लेख्नु भयो तर, उहाँ जो भए पनि म चै उहाँले दिएको प्रतिकृया प्रति निकै कृतज्ञ थिँए --जस्ले मेरो टुक्राहरुको भावलाई प्रष्ट्याउन मद्दत गरेको थियो -- र दिपकजी, हावा, शून्य, पुष्प र मदनजी माथिको मेरो जवाफ नाम नखुलाउने मित्र लाई थियो है- :) :)

नेपालियन said...

म पनि ट्वा परेको नि। आश्मा जी को संग एक्लै फत्फताउनु भयो भनेर।
एक्लै त होइना है आश्मा जि?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !