August 9, 2009

गूगल अर्थले गल्ति सच्चाउने रे, तर हाम्रो हैन !

मैले केही समय अघि गुगल अर्थले सगरमाथाको शीखर चीनमा परेको देखायो भनी आपत्ति जनाएको थिएँ । त्यस्तै खालको लेख हिजोको टाइम्स अफ इण्डियाको वेब संस्करणमा पनि छापिएको थियो । यसका अनुसार , गुगुल अर्थको पछिल्लो भर्सनमा , भारतको सुदूर उत्तर पूर्वी अरूणाचल प्रदेशका भारत शाषित धेरै भूभागलाई  चीनिया भूभागको रूपमा देखाइएको रहेछ । बुझ्न सकिन्छ, यो समाचार पढेपछि कति भारतिय जनता र सरकारका प्रतिनिधिहरू समेतले सो कुराको बिरोध गरे होलान् गूगल समक्ष । त्यसैको परिणाम गूगलले आँफूबाट गल्ति भएको र सो गल्तिलाई सच्चाउने आश्वासन भारतीयहरु सामु प्रकट गरेछ ।

स्मरणीय छ,भारत र चीन बीच प्रशस्त सीमा विवादहरू छन् । यी मध्ये भारतले आफ्नो भूभाग हो भनी दावा गरेको पश्चिमोत्तर राज्य जम्मू काश्मीर प्रदेशको अक्साइ चीन भनिने भूभाग र पूर्वोत्तरको अरूणाचल प्रदेशको उत्तरी भूखण्ड समेत नब्बे हजार वर्गकिलोमिटर क्षेत्रफल भएको विशाल भूभाग अझै चीनीया नियन्त्रणमा नै छ । भारत चीन बीच सीमा विवादले गर्दा पछिल्लो समय १९६१-६२मा यी दुई मुलुकबीच घमासान युद्ध पनि भयो र आजपर्यन्त सीमा विवाद समधानका प्रशस्त प्रयासहरू भए पनि यी दुई मुलुक बीच समस्या यथावत् छन् । रोचक कुरा त के छ भने , त्यति बेलाको भारत माथिको चीनीया आक्रमणलाई भारतको मार्क्सवादी कम्युनिष्ट पार्टीले सही ठहराएको थियो । कम्युनिष्ट राष्ट्रले आफ्नो मुलुकमाथि गरेको आक्रमणलाई सही ठहर्‍याउने कम्युनिष्ट  पार्टीभित्र यो कुराले ठूलो विवाद जन्मायो र यो पार्टी भारतीय कम्युनिष्ट पार्टी ( चीनिया आक्रमण बिरोधी ),मार्क्सवादी कम्युनिष्ट पार्टी ( चिनीया आक्रमणको शुरूमा भोकल र पछि मौन समर्थक ) मा विभक्त भयो । यो विवादास्पद,राष्ट्रविरोधी तथा कम्युनिष्ट अन्तर्राष्ट्रवाद पक्षीय अडानले गर्दा , आज पर्यन्त भारतीय राष्ट्रवादमा माकपाका बारेमा धेरै नै प्रश्न उठ्ने गर्छन् ।

आफ्नो सीमामा गूगलले अन्यथा देखायो भनेर गल्ति सच्चाउन घच्घचाउने भारतीयहरू , अरू साना छिमेकी मुलुकका सीमाहरूमा उनीहरूका कारण देखिएको मलमिचाइँमा भने चूँ सम्म बोल्न उचित ठान्दैनन् । यसको उदाहरण नेपालले भोगेको भोग्यै छ । उता नेपालको उत्तरी सीमामा भएको चीनिया अर्घेल्याईँ भने नेपाली मिडिया र जनताको मनमाथिंगलमा कहिल्यै देखा नै पर्दैन किनभने उत्तरी सीमा त धेरै नेपालीलाई थाहै छैन। 

गूगलले गल्ति सच्चाउने कुराको समाचार यो लिंकमा छ :

http://timesofindia.indiatimes.com/news/india/Google-admits-mistake-of-wrong-depiction-of-Arunachal/articleshow/4871753.cms

अनि हाम्रा नेतालाई पनि कस्तो टेन्सन् भएको होला ! आफ्नो राष्ट्र रसातल तिरको यात्रामा झरेको झर्यै छ त्यसको बारेमा चासो छैन । मुलुकलाई सँधैको हिंसा , अराजकता र रडाकोको क्रान्तिमा हुलेर बडा बडा गुड्डी हाँक्दै ,   हाम्रा कामरेड प्रचन्ड भने अमेरिका र भारत मिलेर चीनलाई खान लागे भनेर सुर्तामा दुब्लाएका पो देखा परे , हेर्नूस त , तलको लिंकमा  :

http://www.indianexpress.com/news/prachandas-latest-india-us-planned-to-attack-china-using-nepal/498655/

अनि यसको खण्डन यो लिंकमा:

http://www.indianexpress.com/news/India-rubbishes-Prachanda--s-claim/499165

हरे, हाम्रो गति र मति !

(सगरमाथा हाम्रै भएको जानकारी गुगलाई दिन कृपया यो पेज मा गएर “Please select the problem you're experiencing” भन्ने Dropdown menu मा “Wrong location” को विकल्प चुनेर सबैले २-३ लाईन नै भएपनि लेखौं ।)



15 Comments:

नेपालियन said...

प्रचण्डको हौवा को त के कुरा गर्नु। कहिले कांही उनी आफै आफ्नो कुराको खण्डन गर्छन। हुन त अरु नता पनि कम छैनन है।

तपाइले उठाएको सगरमाथाको कुरा निकै मार्मिक लाग्यो। तपाइले बिरोध जनाउदा चाही गुगल आनन्दले बस्छ, भारतियले बोल्दा चाही हत्त न पत्त माफी माग्छ। तपाइले उठाएको कुरा गलत त हैन किन गुगलले कानमा तले हालेर बसेको होला? की हामी सबैले गुगललाइ इ-मेल पठाउनु पर्ने हो?

ल एकलव्य जी ब्लगमा गनथन मात्र हैन देशको सिमारेखाको पनि संरक्षण गर्न सकिन्छ। देश नेताको मात्रै कांहा हो र? हाम्रो पनि त हो।

पुष्प said...

लौ न सबै मिलेर 'गुगुलविरुद्ध सगरमाथा क्यापेन' गर्नुपर्यो । हामीले नेपालीमा लेखेर नबुझ्या हुन् कि गुगलवालाहरूले ।

हटमेल र याहुको केही विभागको ईमेल ठेगाना त भेटाइयो तर गुगलको कुनै पनि विभागको आधिकारि इमेल भेट्टाउन सकिनँ । कस्तो अचम्म ।

लौ न कसैलाई थाहा भए दिनुस् । अनि एउटा ईमेल व्यहोरा अंग्रेजीमा तयार गरेर सबै नेपाली दाजुभाइ र सके विदेशी मित्रहरूलाई समेत त्यो ईमेल व्यहोरा दिएर गुगलमा पठाउन लगाऔं । नेपालीमा क्वाँक्वाँ रोएपनि नबुझ्ने रहेछन् ।

पीजी said...

ल पुष्पजी ठिक भन्नु भो । यो जिम्मा हाम्रो ठरकि दादालाई दिउंकि क्या हो, ब्लगमा रात दिन खटेको "पुरस्कार" स्वरुप ! हामी चाहीं सही धस्काउंला नि ।

ठरकि दादा said...

गुगलले पनि सानो देशको कुरा सुन्ला नसुल्ना आफ्नै ठाउँमा छ, तर भन्दै नभन्नु भने हाम्रो पनि गल्ति हुन्छ ।

भर्खर यसो दौँतरीमा चिहाएको "पुरस्कार" परेको रहेछ ।
बिस्तृत सम्पर्क ठेगाना खोज्न नभ्याए पनि एउटा अनलाईन गुनासो राख्‍ने ठाउँ भेटें र मैले भने २-४ लाईन कोरेर साईन धस्काएँ है !।

सो पेजको माथि सबैजनलाई सम्पर्क गर्न नसके पनि "rest assured that we'll investigate your report." लेखिएको छ । मेरो बिचारमा हामीहरु केही नभए पनि २० -२५ जनाले एउटै कुराको बारेमा कम्लेन गर्यौं भने केही न केही रिस्पोन्स पक्कै होला ।

कृपया यो पेज मा गएर Please select the problem you're experiencing भन्ने Dropdown menu मा Wrong location वा Other को विकल्प चुनेर सबैले २-३ लाईन नै भएपनि लेखौं ।

एकलव्यजीलाई यस बिषयमा निरन्तरता दिदैं लेख्‍नु भएकोमा र पुष्पजीलाई पनि यस कार्यमा झकझक्याउनु भएको हार्दिक आभार ।

पीजी said...

ल ठरकिजी मैले पनि निम्न बमोजिम धस्काएं है । गुगलले पक्कै पनि सानो देश र ठुलो देश भनेर भेदभाव नगर्ला । हतपतमा लेखेको लतपत भने झैं मैले तलको लतपत लेखिदिएं बुझ्नेले कुरो बुझ्लान क्यारे !

The position of Mount Everest is shown incorrectly on Google earth. Instead of inside Nepalese territory your program shows it inside Chinese territory. The Mount Everest is an inseparable part of Nepal but the wrong information given on the Google earth creates a serious confusion apart from credibility of Google earth.

It (The Mount Everest) is well known, properly described everywhere and related to the national identity of Nepal. So please correct the data/boundary line shown in Google earth about the position of the Mount Everest.

प्रबिण थापा said...

लौ मैले पनि २ हरफ send gare hai......
I have been seen on the google earth incorect position of the Mt. Everest .The boundary line seperate between china an Nepal n the position of Mt. Everest in chinese territory. It is one of our identity that is known all over the world, we r proud coz we have the highest peak in the world. Not only me but also all nepalese n who they r near with us really sock form your google earth information about the territory of Everest.Really form that inside us born one question about the credibility of google earth.
so please i m going to request to correct this wrong information soon n save your credibility.

nepalean said...

Malai sabai sathi haru ko spirit nikai maan paryo. Tharki Sir lai puraskar mathi mero thulo dhanyabad.
Yo linklai bahira sticky note banayera sabai dautari pathak lai protest patahu bhanna mildaina?
La ma pani protest pathauchu. sunlan ni hamro kura.

पुष्प said...

ल मैले पनि लेखेँ ...
Its like a universal truth that Mt Everest, the highest peak in world lies in Nepal. But I've found that there is lot of conflict in the boundary line in google earth, good maps; even there is different in position in map, satellite, Hybrid and Terrain location. In google maps' (Terrain) our Everest lies in China, whereas,in Map and Hybrid it it lies in Nepal. In google earth again it lies in China. Isn't it ridiculous? I hope, the error will be rectified very soon. Thank you.

Nepal! said...

हामी नेपाली (Nepal!, उल्टो आइ) द्वारा पनि सहि धस्काउने काम सम्पन्न भयो , इति ११ अगस्ट २००९ )

Subject: Boundary line error along Mt. Everest between Nepal and China

I am complaining about the incorrect boundary line drawn on the Google Earth along the northern border of Nepal near Mount Everest.

It is the universal truth that Mt. Everest is in Nepal.
In Google maps'(Hybrid) it is shown correctly inside Nepal but on Google (Terrain) and Google Earth (Satellite) our Everest lies in China. This is related to national pride of Nepal and also a sensitive issue, we Nepali people hope the Google team will correct this error as soon as possible.

Thank you.

Nepalean said...

La maile pani complain darta garaye aja. Tapai haru le pani darta garaunu hola, darta garisakeko bhaye yeha rakhnuhola.
Complain garne linke mathi Tharki Dada le bhane jasti https://earth.google.com/support/bin/request.py?contact_type=data ho. Tesma wrong location selection garnuhola.
Mero complain yes prakar chha.
Peak of mount everest is always in Nepal. Please refer to any geography book. However your google map shows peak of the everest is in China. I belive Google Inc. knows that China and Nepal are different countries. Please straighten this out otherwise we will take out the legal step.
Thanks
All Nepalese People

ठरकि दादा said...

साँच्चै एउटा कुरा है !

मैले गुगलमा विरोध जनाए लगत्तै मलाई एउटा ईमेल आएको थियो (अटोमेटेड होला सायद !) । त्यसमा:

Thank you for your note on how we can make our database better. We
appreciate your feedback and use your comments to improve both our
database and our Help Center.

We investigate all data errors and pass all imagery requests on to our
data production team.

भन्ने व्यहोरा थियो । अरु साथिहरुले पनि यस बीचमा अरु केही रेस्पोन्स पाउनु भएको छ कि ?

पुष्प said...

अटोमेटेड रेस्पोन्स नै हो यो । मैले पनि पाएँ । तर विषयअनुसार व्यहोरा फरक छ ।

Nepalean said...

अटोमेटेड रेस्पोन्स नै हो यो । मैले पनि पाएँ
मेरोमा भने ब्यहोहारा यस्तो थियो।
Thank you for your note on how we can make our database better. We
appreciate your feedback and use your comments to improve both our
database and our Help Center.

We investigate all data errors and pass all imagery requests on to our
data production team.

We're aware that the imagery for some areas may appear blurry, contain
cloud coverage, appear slightly discolored or out of focus. We strive to
provide the clearest data possible so it's likely that better resolution
data is currently unavailable from our data providers. Once it becomes
available, we'll surely update our database.

Although we do update and/or add new data on a monthly basis, we do not
have a list of when currently low resolution areas or data anomalies will
be updated.

A great way to stay informed of updates is through The Sightseer, our
monthly newsletter, which highlights all of our data additions on an
ongoing basis. If you'd like to subscribe, please visit
http://earth.google.com/sightseer_signup.html

प्रबिण थापा said...

Yes, i also got this type of response.

jewelryroom said...

welll very good cooment for all of the visitor

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !