August 2, 2009

के छ नाममा त्यस्तो ? सबै छ हजूर

भारतीय निर्मात्री एकता कपुर र करन जौहरले ‘क’ बाट नाम शुरू हुने सिरियल वा फिल्म बनाउँछन् । यही समानतालाई आधार मानेर कुरा उनीहरुको बिहे सम्म पुर्याइयो पनि । भारतीय फिल्म संसार र क्रिकेट खेलाडीहरूको विश्वास न्यूमेरोलोजी ( अंक ज्योतिष) , र अक्षर ज्योतिषमा यति बिघ्न छ कि, भनी साध्य छैन । के अंक वा अक्षर ज्योतिष साँच्चै काम गर्छन् त ? यदि गर्छन नै भने कसरी ?

एउटा अनुसन्धानले यसो भनेको छ :

के छ नाममा त्यस्तो ?

शेक्सपियरदेखि अंक ज्योतिषहरूले समेत भन्नेछन् तपाईँको नाममा नै तपाईँको सर्वस्व छ । जुन नाम लिएर हामी जन्मन्छौँ त्यो हाम्रो ‘कस्मिक नाम’ हो । यो नै हाम्रो जीवन उद्देश्य, लक्ष्य, प्रतिभा, क्षमता , पाठ र हाम्रो अस्तित्वको कारण पनि हो । कसैले पछि आफ्नो नाम परिवर्तन गरेर पनि जीवनका निश्चित कार्य र कारणको प्रभावलाई बदल्न भने सक्छन् । तर पनि यो परिवर्तनबाट हाम्रो आधारभूत व्यक्तित्वमा बने कुनै परिवर्तन हुन्न। जसरी बिपरित दिशातर्फ बाट आक्रमणका लागि दौडिँदै आएको कुकुरलाई साथमा रहेको कुनै खाने कुरा फालिदिएर उसको आक्रमक उद्देश्यमा नियन्त्रण पाउन सकिएला , त्यसरी नै अदृश्य कस्मिक प्रभावलाई नाम परिवर्तन वा अंक वा अक्षर ज्योतिषका उपायहरूको अबलम्बनले, केही समधान दिन सक्छ रे !

सकारात्मक कम्पन, स्पन्दन वा तरंग,
Getting the right vibes

अंक वा अक्षर ज्योतिषका अनुसार हाम्रा नाममा हुने श्वर र व्यञ्जन वर्णहरूले तरंगका श्रृंखलाहरू पैदा गरेका हुन्छन् र यिनको नतिजाले हामीलाई केही भनिरहेका वा गराइरहेका हुन्छन् ।

हाम्रो नामका श्वर ध्वनि वा वर्णहरूले हामीलाई ‘आत्मिक व्यग्रता’ "Soul Urge" को कुरा तर्फ डोराइरहेका हुन्छन् । अर्थात, यस्ता वर्णहरूले हामीलाई हाम्रो आत्मा कुन कुरामा व्यग्र छ अथवा हाम्रो जीवनको लक्ष्य र प्रेरणाहरू के हुन भनी त्यतातर्फ उद्वेलित बनाइरहेको हुन्छन् ।

हाम्रो नाममा हुने व्यञ्जनहरूले पैदा गर्ने तरंगहरू हाम्रो व्यक्तित्वको ‘शान्त वा धीर पक्ष’
"Quiet Self" हुन् । यी ती सिप र खूबीका क्षमताहरू हुन् जसले हाम्रो आत्मिक व्यग्रताले प्रयास गरेको लक्ष्यलाई हासिल गर्न मद्दत गर्छन् ।

समष्टिमा यी सबै श्वर र व्यञ्जन तरंगहरूको कूल योग हाम्रो व्यक्तित्वको ‘अभिव्यक्त पक्ष ‘ वा ‘मेनिफेस्टेड सेल्फ’ हो । यो कूलयोगले हामीलाई हाम्रो संसारमा सार्वजनिक हुन मद्दत गरेको हुन्छ र यहाँ हामी जे छौँ त्यही नै हामी हौँ ।
हाम्रो नाम र कुनै अर्को व्यक्तिको नाममा हुने यिनै सकारात्मक वा नकारात्मक vibes तरंगहरूका कारणले गर्दा नै हामी कुनै नामधारी मान्छेहरूसंग पटक्क मिल्न सक्दैनौँ भने कसैसंग हुरुक्क हुन पुग्छौँ । यो आकर्षण र विकर्षणको कारण हाम्रो नाम नै हो । हाम्रो नाममा नदेखिने Karma chameleon अथवा सुषुप्त कर्महरू हाम्रो व्यक्तित्वका अर्को पक्ष हुन जसले हाम्रो जीवनमा हामीलाई भाग्य वा दूर्भाग्यका पाठहरू "Karmic Lessons". पढाउने भूमिका खेल्छन् ।

ज्योतिषको आँकलनमा कुनै व्यक्तिको वर्तमान जीवन एउटा छुट्टै र विशिष्ट अलग अस्तित्व हैन । जन्म मृत्युको असीमित शृंखलामा अघिल्ला र पछिल्ला जन्महरूका जम्मा भैरहने ऋणात्मक र धनात्मक कर्मफलको योगले हाम्रो अहिलेको जीवनलाई निर्दिष्ट गरेको हुन्छ । हाम्रो जन्म समय, नाम र व्यक्तित्व मार्फत हाम्रा भाग्य र दूर्भाग्यहरूको हिसाबकिताब यही अमर बहिखाताबट हामीलाई मिलिरहन्छ ।

हाम्रो जन्मको नाम र जन्म मितिमा हाम्रा कर्मफलहरू आधा आधा तरंगित भएर बसेका हुन्छन् । महिनाको कुन दिनमा हामी जन्मेका हौँ भन्ने कुराले हाम्रो व्यक्तित्वको सूक्ष्म तस्वीर अंक "thumbnail" तय गर्छ र हाम्रा आधारभूत गुणहरू निश्चित गर्छ । वस्तुत: हाम्रो जीवनको ऊर्वर पक्ष यही अंकबाट प्रभावित हुन्छ ।
हाम्रो जन्म मितिका अंकहरूले हामीले जीवनमा सामना वा अनुभव गरेर गुज्रनु पर्ने परिस्थिति र घटनाहरूको प्रकटीकरणलाई हिसाब किताब गरेर क्याप्सुल झैँ राखेको हुन्छ ।

यसैले हाम्रो जीवन मार्ग "Life Path" वा हाम्रो जीवनको बाटो बारेमा थाहा पाउन हामी हाम्रो जन्म मितिका अंकहरूको योगमा भर पर्न सक्छौँ । सबै कुरा जस्तै , हैन त जीवन गणित ?


( अनुवाद)


4 Comments:

Aakar said...

वास्तविक नाम मा भलै केही नहोला, तर पनि नाम मा केही चाँहि छ । छद्‍म नाम नै सही, नाम मा ठूलो कुरा छ । नाम, बदनाम होस् तर गुमनाम नहोस रे क्या !
हाहाहा

प्रबिण थापा said...

अब ज्योतिष शास्त्रले नै यसो भनेपछि नाममा केहि न केहि त अबश्य नै छ।मलाई पनि नाममा धेरै कुरा छ जस्तो लाग्छ, व्यक्ती मात्र होइन कुनै पनि बस्तुको सम्पूर्णता नै नामले बोकेको हुन्छ, नामले ले कुनै पनि व्यक्ति को प्रभाब र उसको अस्तित्व समेटेको हुन्छ।

ठरकि दादा said...

नाममा पक्कै धेरै कुरा छ !

मेरो एकजना नाश्तिक (धर्म नमान्ने) विदेशि साथी समेत आफ्नो नाम परिवर्तन गरे पछि आफूलाई फलिफाप भएको बताउँदा हच्किदैनथ्यो ।

अरुको के कुरा गर्ने, म आफैं छद्म नाममा लेख्दैछु :)

पीजी said...

ज्योतिष शास्त्र वा अंक ज्योतिष अनुसार दिइने नाम वा राशी (शायद राशी पनि त्यहि नाम अनुसार नै हुन्छ ) का मान्छेहरु को स्वाभाव मिल्ने वा एकदमै विपरित हिसाबले नमिल्ने खालका हु्न्छन जस्तो लाग्छ । नेपाली भनाईहरुमा पनि ग्रह नमिलेको भनिन्छ नि यि पनि नाम वा राशी कै खेल हुन जस्तो लाग्छ । नाम (वा राशी) अनुसार कुनै नामका मान्छे धनवान हुन्छन कुनै रिसाहा हुन्छन, वा यस्तै "बिभिन्न" प्रकारका हुन्छन भनिन्छ ।

नामको हिसाबले त म जीरोमा परेंछु है । ल नाम परिवर्तन गर्नु पर्ला !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !