August 3, 2009

प्रथम अन्तराष्ट्रिय नेपाली ब्लगर भेला सम्पन्न । सम्पूर्ण टेक्स्ट Archives खुल्ला ।

यो भेलाको सम्पूर्ण टेक्स्ट Archives (विना सम्पादन) जस्ताको त्यस्तै हेर्न मिल्ने बनाएर यहाँ राखीएको छ । भेलाको सम्पूर्ण कार्यक्रम र वार्तालाप हेर्न सोही लिन्क पच्छाउनुहोला । उपर्युक्त पेजमा भेला सुरु हुनुभन्दा केही अघी देखीका वार्तालाप समावेस छ। सो भन्दा पछाडीको कुराकानीहरु हे्र्न पेजको माथी दायाँ पट्टी रहेको >Next दवाउदै अगाडी बढ्नु होला

दौंतरीमा अगस्ट १, २००९ मा प्रथम अन्तराष्ट्रिय ब्लगर भेला सम्पन्न भयो। उक्त भेलामा देश विदेश स्थीत ४० जना जति ब्लगरको सहभागीता भएको थियो।

भेलाको रुपरेखा यस प्रकार थियो:

- उद्घघाटन तथा झण्डोतोलन - ठरकी दादा बाट
- रा्ष्ट्रिय गान - सुजन शर्माबाट
- सभापतीत्व - बसन्त गौतम
- स्वागत मन्तव्य - दिलिप आचार्य
- सहभागीको नाम तालीका
- परिचय तथा प्रस्ताबित बिषय
- प्रस्ताबमा छलफल
- छलफलको निचोड
- कार्यक्रम समापन

भेलाको निचोड यस प्रकार थियो:


१) डुब्लिकेट कपि, मल्टि कपी, चोरी लाइ दुरुस्ताहित गर्ने ।
२) ब्लगर ग्रुपको युजर इमेल [email protected] तयार गर्ने । -तयार भयो अब तपाई आफै नै http://groups.google.com/group/nepali-bloggers लिंकमा गएर सदस्य बन्न सक्नुहुनेछ।
३) नया ब्लगरलाइ प्रोत्शाहन गर्ने।
४) आजको भेलाको कपी दौंतरीमा राख्ने र बांकी एजेण्डाको बारेमा छलफल गर्ने। - टेक्ट एक महिनाको लागी उपल्ब्ध भैसकेकोक छ। अब कमेन्टबक्समा बहस गर्नुहोला।
यो भेला बाट आएका कुरा कसरी अगाडी बढाउने कमेन्ट बक्समा छलफल गर्नुहोला।

भेलाका अघि पछीका केही रोचक पक्षहरु:

  • भेलामा पालै पालो गरी जम्मा ४० जना ब्लगर र ८ जना पाठक साथीहरुको उपस्थिति थियो ।
  • भेला ठीक समयमा सुरु भएर तोकिएको समयमै समापन भएको थियो ।
  • भेला अबधिभर दौँतरीमा ३२१ आगन्तुक प्रवेश (वा दौँतरी मा ३२१ पटक क्लिक भएको) थियो ।
  • भेलमा जम्मा २५४७ मेसेज आदान-प्रदान भएका थिए ।
  • अर्काको ब्लगका सामाग्रीहरु कपि-पेष्ट गर्ने ब्लगरको ‘झाँको झार्ने’ कुरा हुँदा वातावरण निक्कै रमाईलो भएको थीयो ।
  • भेलाको अगी पछि गरेर भेलाको बारेमा ३९८७ मेसेज आदान- प्रदान भएको थीयो ।
  • केही सहभागीहरु काम, केही खाना त केही निन्द्रा छाडेर सहभागी भएका थिए ।

भेला अघि पछीका केहि रमाईला वाक्यांशहरु जस्ताको त्यस्तै:

Nepalean: ५ घन्टा देखी यो हेरको मेरो आंखा त गुच्चा जस्तो भाको छ ।

T-Dada: मेरो कम्प्युटरमा त मकै पडकेको जस्तो आबाज आएर मेसेज आउन थाल्यो ।

wordflows (guest): bomb ta padkeko chaina ni.

Basanta: बरु डण्डा खाईन्छ, तर झण्डा चाहिन्छclip_image001

ZeroHour (guest): हैन "क्रमभंग" गर्न भएन ।

sapanasansar (guest): दौतरी चोतारी मा भेला सकिएपछि पो उपस्थित भएछु जस्तो छ ।

sapanasansar (guest): बेदनाथ ज्यु को किन त्यस्तो भयो घर तिर भाउज्यु सुत्केरि हुनुहुन्थ्यो कि ?

BedNath (guest): hijo laptop ma problem aayer program install gardai thik bho ...ani aber sutiyo ...

भेलामा वाकाजीले एउटा मिठो कविता र गजल पनि राख्‍नु भएको थियो । कविता यहाँ जस्ताको त्यस्तै राखीएको छ:

निच्छल स्वच्छ पवित्र भाब बोकी
लम्कौ दौतरी हातेमालो गर्दै
भूगोलको कुना कुना पसी
छरौ मुस्कान आलोपालो गर्दै
सबै आफन्त सबै नेपाली
चढोस् सबमा सदभाबको लाली
मेची दुख्दा रोवोस महाकाली
जय नेपाल जय, नेपाली

(गजल भने कृपया आफ्नै नामबाट दौँतरीमा पोष्ट गर्नु होला वाकाजी)

केहि झाँकीहरु:

First Nepalese International Bloggers Meet

Screenshot 2



26 Comments:

डीआर न्यौपाने'सूर्य' said...

सफलतापूर्बक भेला सम्पन्न गरेको मा दौतरीलाई धन्यबाद । साथै ब्लगरभेलामा सहभागी भई आ-आफ्नो कार्यभार सम्हान तयार हुने सम्पुर्ण पदाधिकारी ब्लगहरुलाई पनि सफलताको कामना आउदा दिनहरुमा ।
सहभागिता जनाउन नसकेको कारण भेलामा भएका बिषयगत छलफल र गफगाफको जानकारी बिस्तृत रुपमा चाँडै पढन पाउने आशा राख्दछु ।

Biplab said...

sano kam tara thulo phadko marnu bhayekoma sampurna blogger friend ra dautari lai hardik badhai.
Afut ta 100% pathak pariyo, blog jati mathi januhuncha uti ramro hamilai. Tapai harulai pathako ko saath rahirahane chha.

NKM said...

The Online Nepali Blogger Meet 2009 was very nice.
I would also like to propose use of Hamro-circle Gadget for recently updated Nepali Blogs in your Blog Roll:
http://www.nabinkm.com/2009/06/google-widget-for-nepali-bloggers.html

Cheers!!!

Eken said...

Wish I could have been pre-informed, however nice to hear of Nepali blogger's global meet.
Thanks for success.

प्रबिण थापा said...

यस ऐतिहासिक सम्मेलनमा भाग लिन नपाएकोमा क्षमा प्राथी छु । भब्य तरिकाले प्रथम ब्लगर भेला सम्पन्न गर्न सकेकोमा मेरो पनि बधाई छ सम्पूर्ण दौतरी परिवार प्रती । आशा छ चाँडैनै यस सम्मेलनमा भए गरेका सपुर्ण कुरा, सम्पुर्ण साथिहरुको बिचारहरुको आदान प्रदान दौतरिको आँगनामा पढ्न पाइने छ ।

Basanta said...

निकै रमाईलो भयो हिजो! छलफल पनि निकै उपलब्धिपूर्ण रह्यो। दौंतरीलाई धन्यबाद!

wordflows said...

j hosh nikai ramailyo bhayo. yesto karyekram ta bela bela ma hunu parchha hai

कृष्ण पौडेल (Krishna Paudel) said...

हो, साँच्चै भव्य भयो !

अनि प्रविणजी कता हराउनु भा'को त ?

प्रबिण थापा said...

के गर्नु हजुर इच्छा चाहना भए पनि नुन पानी अर्कैको खाएपछि यस्तै हो भनेको गर्नै पर्ने,उनिहरुकै समयमा दौडनु पर्ने । के हुनु हजुर काममा व्यासथ भैयो दिनभरि जस्तै जे होस साथिहरुले रमैलो गर्नु भएछ यसैमा खुशि छु र अर्को पटकको भेलामा भने सकभर उपस्थित हुने प्रयास गर्नेछु।

दूर्जेय चेतना said...

बढो मजा आयो यो कार्यक्रममा। राम्रो अनुभव रह्यो मेरो पनि। तपाईहरुलाई फेरी पनि धन्यवाद है। यस्तो थप राम्राकामहरु गर्ने प्रेरणा मिलिराखोस तपाईहरुलाई।

एकलव्य ( Eklavya) said...

भव्य थियो ।

मैले त हिजोको भेलाबाट भन्दा आज पो ( भोलिपल्ट) एकलौटी आनन्द लिएँ त । हिजो छलफलमा आफ्नो स्पिड नपुगेको महशूस भयो ।
ठरकिजी, नेपालियनजी , सुजनजी र पछि प्रविणजीसंग पेटभरि कुरा गरेर आज धित मारियो । सप्ताह पछाडिको मंगल पूजामा ।

Anonymous said...

Thanks for making the transcript of the programme available. I tried but could not make it. seems I missed a great opportunity to interact with the fellow bloggers. Anyway, I must say that the mission was a success. Hope that the exchange of opinion continues in future too; and there is always a next time! cheers!

नेपालियन said...

भेलामा सबै ब्लगरलाइ जानकारी गराउन प्रयास गरेपनि खबर सबै ठाउमा पुगेन या ढिला पुग्यो होला। त्यस्तै खबर पाएर पनि समयले परिबन्दमा पारी आउन दिएन होला। जो जो आउन सक्नुभयो भेलामा उहांहारुलाइ धेरै धेरै धन्यबाद। प्रथम भेला हो, कमि कम्जोरे भए अर्को पटक त्यसलाइ नदोर्राउने छौं।
भेलामा आउन नसक्ने साथीहरुले आर्काइभ हेरेर रमाइलो लिनुहोला। लेखेर ३० जना भन्दा धेरै किवोर्डहरुलाइ सानो कोस्टमा समेल्न निकै गार्हो हुने महशुस गर्नुहुनेछ। तर त्यसको मज्जा भनेर ब्रहमाण्ड भन्दा बिशाल पाउनुहुनेछ।
नेपाली ब्लगर ग्रुपको इमेलाइ सक्दो बिस्तार गरेर सबै ब्लगरलाइ समेटिने छ। त्यसका लागी दौतरी [email protected] या सपना संसार [email protected] इमेलमा आफ्नो इमेल ठेगाना पठानुहोला।

Unknown said...

बडा मज्जा आएको थियो, ब्लग्गर भेलामा । सफलतापुर्बक सम्पन गरेकोमा दौतरिलाई धन्यवाद । अल्पमतमा परियो तर पनि खुशी लाग्यो । जय ब्लग्गिङ ! जय दौतरी !!

Unknown said...

साह्रै चुक्चुकाएँ म त थाहा भएरै पनि आउन नसक्दा । अर्को पाली कैले आउछ हो ?

Anonymous said...

बिबिध कारणले सहभागी हुन नसके पनि भोलि पल्ट अफ-लाईनमा बसेर मैले नि हेरें | रमाईलो लाग्यो |

यस्तो नौलो किसिमको पहिलो भेलाबाट शायद हामि कसैले पनि चत्मकार हुने आशा गरेका थिएनौं | कम्तिमा यो भेलाले प्राय भिंडभांड मात्र गर्ने नेपालीहरु कहिले काहिँ "भेला" पनि हुन सक्छन भन्ने सामान्य संदेश दिएको छ |

दौतरी र सहभागी सबैलाई धन्यबाद र बधाई !

पुष्प said...

यसै त शनिबार, परिवारबाहेक अरूलाई समय दिन मन पर्दैन; त्यसमाथि जाजरकोटे हावाले छोएर पीडित ।

HAWA said...

प्रमुख अतिथी ज्यु चाँही बिशेष कारणबश पाल्न नसके पनि साथीहरुले धुम धाम का साथ सम्मेलन सफल पार्नु भएको मा उहाले ढिलै भए पनि बधाई एवम शुभकामना सन्देश दिन चाहनु भएको छ

नेपालियन said...

हावा जी प्रमुख अतिथी चांही को पर्नु भो? मैले त केही मेसो पाइनै है। सबैलाइ निम्ता दिएको हो तर प्रमुख अतिथी त कसैलाइ भनेको जस्तो लागेको थिएन।
ल तपाइनै कुरा खोल्नुहोला।

HAWA said...

ही..ही..ही..हाहाहा नेपालियन ब्रो, त्यो पनि भनी राख्नु पर्छ र... कार्यक्रम सकिसक्यो आयोजक लाई प्रमुख अतिथी थाहा छैन कस्तो गाइजात्रा.... हे हे हे मै त हो नि प्रमुख अतिथी

Bikran said...

Congratulation for the great step taken . I wish i could have participated .Anyways wish you all good luck for the future success.

Ramesh said...

ramro lagyo. Nepali bloggers haru ko lagi khusi ko kura ho.

Raktim Nepali said...

I was not aware of it in time so couldn't participate. But glad to know.

Anonymous said...

Even I became so glad to know. I may participate on it.

dautari said...

garhau kalika ji
5th bhela ko post ma comment rakhnu hola hai? yo ta first bhela ko post paryo.

yanmaneee said...
This comment has been removed by a blog administrator.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !