July 20, 2009

यताउताबाट

होश गर्नुस है तपाइलाई पनि बिजुलिको झट्का (Shock therapy) लगाउनु पर्ला !

तपाई दिनमा कति घण्टा इन्टरनेटमा बस्नुहुन्छ ? नेटमा के गर्नुहुन्छ ? इन्टरनेट चलाउन पाउनुभएन भने के गर्नुहुन्छ ?

चीनमा अनलाइन जन्की (इन्टरनेट एडिक्टेड) हरुलाई अस्पतालमा बिजुलीको झट्का दिएर उपचार गरिदो रहेछ । छोराछोरीहरुको इन्टरनेट एडिक्शन देखेर बाबु आमाले नै त्यस्तो अस्पतालमा उनीहरुलाई लिएर जाने गर्दा रहेछन । टिनएजरहरु “अनलाइन जन्की” बन्ने समस्या चिनमा व्याप्त भइसकेकोले अनेकथरीका पुनर्स्थापना विधीहरु प्रचलित रहेछन ।

चीनिया psychologist हरुका अनुसार दिनमा ६ घण्टा भन्दा बढी इन्टरनेटमा बस्ने (पढ्नका लागि नभएर गेम र मनोरंजनका लागि) र इन्टरनेटमा बस्न नपाए झिजिने, रिसाउने र बोल्न नचाहने आदि इन्टरनेट एडिक्शनका लक्षणहरुमा पर्दछन ।
http://www.msnbc.msn.com/id/31905111/ns/tech_and_science-tech_and_gadgets/

कारमाथि स्पोर्ट विमान अवतरण

गएको हप्ता बर्लिनमा एउटा स्पोर्ट विमान अचानक आपतकालिन ल्याण्डिङ गर्न लाग्दा अनियन्त्रित भएर बाटोमा गुडिरहेको एउटा कार माथि आएर ठोकियो । पाइलट, कारमा रहेका पति, पत्नि र छोरी घाइते भए । यी घटना देखेर नजिकै साइकलमा हिडिरहेका अर्का व्यक्ति तर्सेर वेहोश भए ।

बि एम डब्ल्यु क्विन गिगोलो माफिया

बि एम डब्ल्यु कि मालिकनी (सुसान क्लेट्टन) जो जर्मनीकी सबै भन्दा धनी महिला र विश्व कि ३५औं धनी महिलामा पर्छिन अझै पनि माफियाहरुको जालबाट उम्किसकेकी छैनन । उनीसंग शारिरिक सम्बन्ध राखेर त्यसको गोप्य भिडियो सार्वजनिक गर्ने धम्की दिदैं आएको र झण्डै १० मिलियन युरो भन्दा बढी रकम लिइसकेपछि पनि फेरि झण्डै ४८० मिलियन डलरको माग गरेको एउटा स्विस गिगोलोलाई अदालतले जेल चलान गरिसकेको छ तर त्यसको मास्टरमाइन्ड एकजना इटालियन वृद्ध माफिया अझै फरार छ । अहिले फेरि अन्य व्यक्तिहरुले त्यो भिडियो आंफुसंग रहेको बताउंदै सार्वजनिक गर्ने चेतावनी दिएर ८ लाख युरोको माग गरेपछि पुलिसले ट्रयाक गरी ती ब्लैकमेलरहरुलाई समाउन सफल भएको छ तर भगौडा माफियाले अझै छोड्ला जस्तो छैन । मिडीयामा चिनिन नचाहने र लो प्रोफाइलमा बस्ने सुसानले कुनै बेला आफ्नो बाबुको बि एम डब्ल्यु कम्पनिमा ट्रेनी कामदारको रुपमा काम गरेकि थिइन र त्यही कम्पनिमा काम गर्ने इन्जिनियरसंग (जसलाई उनी मालिकको छोरी हुन भन्ने थाहा थिएन रे) उनको विवाह भएको थियो र अहिले उनिहरुका ३ जना सन्तान छन ।

अनौठा चोरहरु

. हाई-हिल जुत्ता चोर
जर्मनीको कोलोन र बोन शहरहरुमा हिल लगाएर बाटोमा हिडिरहेका महिलाहरुको जुत्ता चोरेर आफ्नो घरमा धुनी जगाउने एउटा चोरलाई पुलिसले केहि दिन अघी पक्रेको छ । २७ वर्षीय निज चोरले बाटोमा हिडिरहेका महिलाहरुलाइ लुकेर पछाडिबाट लडाउने र उनिहरुको जुत्ता चोर्ने गर्थ्यो ।

कारमा “शिकार”को खोजीमा रहेका उनलाई पुलिस चेकिङको क्रममा पक्राउ गरिएको थियो ।
. अन्डरवेयर चोर
जर्मनीमै फ्रयांकफ्रट नजीक एकजना ५६ वर्षका व्यक्ति विचित्र चोरीको मामलामा पक्राउ परेका छन । एउटा स्पोर्ट हलबाट ३ थान पुरुषका अन्डरवेयर चोर्ने क्रममा पक्राउ परेर भाग्न सफल त्यस चोरको घर पत्ता लगाएर सर्च गर्दा उसको घरबाट १००० थान पुरुष अण्डरवेयर र १०० थान ट्रयाकसुट ट्राउजर धोएर सफासंग पट्याएर राखिएको अवस्थामा फेला परेका थिए ।
आधारभुत आवश्यकताका सबै कुरा पुग्दैमा सबै मान्छे "मान्छे“ बन्दैनन् भन्ने कुरा यी घटनाले देखाउंछ ।

फ्ल्याट रेट
इन्टरनेट र टेलिफोन फ्ल्याटरेट पछि बर्लिनमा रक्सी फ्ल्याट रेटमा खान पाइने रेस्टुरेण्ट खुलेको थियो । तर गत मार्च देखि आर्थिक मन्दीको कारणले “ p... क्लब” नाम गरेको वेश्यालयले बर्लिनबाट शुरु गरेर जर्मनीका प्रमुख शहरहरुमा अनौठो फ्ल्याट रेट अफर दिएको थियो । यो अफरमा ७० युरोमा अफ पिक आवरमा (बिहान १० देखि दिउसो ४ बजेसम्म) अनलिमिटेड खाना, ड्रिंक्स र लेडी उपलब्ध हुने बिज्ञापन थियो । व्यापक विरोधका कारण स्टुटगार्ट, हाइडेलबर्ग आदि शहरहरुमा यसलाई प्रतिबन्ध लगाइने भएको छ ।

http://estergoldberg.typepad.com/views_from_a_broad/2009/03/a-brothel-in-berlin-is-offering-a-flatrate-of-90-for-all-you-can-eat-drink-and-violate.html (साइटमा प्रयोग भएका केहि शब्दहरु पाच्य नहुन सक्छन )

ड्राइभ गर्दा हर्ट एट्ट्याक !

जर्मनीको एउटा सानो शहरमा हिजो एकजना वृद्ध मर्सिडिज चालकले सडकमा मेला मनाइरहेका स्थानियहरुमाथि गाडि चलाउंदा २ जनाको तत्काल मृत्य हुनुका साथै ४० जना घाइते भएका छन । मेलाको लागि बन्द गरिएको सडकमा ब्यारिएर नाघेर मेला मनाइरहेकाहरु लाई कुल्चदै सो गाडि अगाडि बढेको थियो र पुलिस भ्यानमा ठोक्किन पुगेको थियो । समाचारमा जनाइए अनुसार उनलाई हर्ट एट्ट्याक भएको थियो रे ।


8 Comments:

Anonymous said...

duniya golmaal chha!

प्रबिण थापा said...

दुनियाँ अचम्मको छ बा!यो ईन्टरनेट एडिक्सनको लक्षण चाँही म मा पनि छ कि जस्तो लाग्यो। हे हे ....!

ठरकि दादा said...

खै पढ्दा-पढ्दै डर पो लाग्यो त!, आफ्नो त काममा पनि घरमा पनि यहि कम्प्युटरमै समय बित्छ । अब 'झट्का' खानु पर्ने होला कुनैदिन !!

-----------------------------------------------------------------------------------------

बरु यो 'साईड आईटम' नराखीकन 'झोल र चौटा' कोमात्रै फ्याट रेट त सबैतिर बिस्तार गर्दा नै राम्रो होला हैन र :)

नेपालियन said...

ल हेर चाइनमा इन्टरनेट धेरै चलाए करेन्ट खाइने रहेछ।
हाम्रो मेलां त इन्टरनेट चलाए मेलाबाटै खेदाउंछन। दौतरीमा आउन पनि डर लाग्छ भन्या।

जे होस हाम्रा जिरो जीको चिया निकै मिस भाको थियो आज धोको पुग्ने गरी पिइयो।
धेरै धेरै धन्यबाद।

Anonymous said...

khai malai pani dar lagyo yo padhera ma pai din ko 11 ganta computer ma nai hunchhu kam nai computer ko garnu parchha khai k khai k mata bhanejasto po bhayo

Prajwol said...

संसार वास्तबमा नै अजिब छ, शायद सबै उस्तै boring हुने भए हामी र Robot मा केही फरक हुंदैन होला :)
यो समाचार का पात्रा भने अलि extreme नै परे जस्तो लाग्यो :)

Complilation को लागि धन्यवाद जिरो आवर जी

HAWA said...

सुन्य समय ब्रो को ईन्टरनेट सम्बन्धी जानकारी रोचक मात्र नभयी उपयोगी पनि छ

सकारात्मक् जीवनको लागी हामीले यन्त्रिक जीवन्सैली परिवर्तन गर्नैपर्छ

नेपालियन said...

म प्रज्जबल जी संग सहमत चु। सबै एउटै एउटै भए त हामी हरेकसंग झुक्किन्थ्यौं होला। फरक फरक भएर नै रमाइलो भएको छ। तर बिभिधदतामा कोही भने निकै फरक हुम पुग्छन जस्ले गर्दा तिनीहरु कानुनको फन्दामा पुग्दछन।

जिरो आवरजीको प्रस्तुती रमाइलो छ, फेरी आउदै छ होला नि हैन त?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !