July 19, 2009

दौतरी को चौतारी मा गोर्खाली गफ

शेखर ढुंगेल

१- एकजना नेता पत्रकारहरु देखी वाक्क दीक्क भएर टाउको समाती राखेको बेलामा उन्ले धुरन्धर विद्वान भनी नियुक्ती गरेका पि. ए. ले सोधे होइन ए नेता ज्यु यो कोलमिस्ट कि कोलबिस्ट (COLUMIST) भन्या को हुन ? । नेताले झर्किदै भनेछन: को हुनु ?, त्यै जहाँ पायो त्यही जहिले पायो त्यही डर लाज नमानी कलम बाट बिस्ट्याउदै हिंड्ने हरु नी !!!

२- दुई मित्रहरु मान्छेहरुको भाग्यका बारेमा चर्चा गर्दै रहेछन । यसै बीचमा एकले सुस्केरा हाल्दै भने छन: खै आफु लाई त भगवानले न कला दिए, न गला दिए, दिए त दुई बाङ्या गोडा निक्कै दु:ख पाइयो जिन्दगी को लाइफमा !!!

३- केही उमेर ढल्दै गएका साथीहरु चौतारीमा बसेर कसैका फुलेका कपाल, कसैका खुइलिएका तालुको बारेमा चर्चा गर्दै ब्यस्त थिए । त्यतिकैमा अर्का त्यस्तै तालु खुइले साथी टुप्लुक्क देखापरे।  एकले थपे: उ आयो अर्को तालु !। त्यो सुनेर आगन्तुक मित्रले झोक्किदै भने: ए तालु को रौं गएर के भो ?, कान र नाक मा उम्रेको देख्दैनस ? !!!

४- ४-५ जना युबतीहरु छुट्टीको दिन पधेँरामा लुगा धुँदै गफगाफ मार्दै थिए । त्यतिकैमा एउटीले सोधिन: होइन ए मोरी हो केटा केटा मात्र जम्मा भएका बेला कस्ता कस्ता गफ गर्दा होलान हगी ? । अर्कीले जवाफ फर्काइन: तिनीहरु पनि हामी जस्तै त हुन नी !। सोध्नेले जिब्रो टोक्दै भनीछन छ्या कस्ता छिल्या मोराहरु !!!


6 Comments:

ठरकि दादा said...

अन्तिम जोक भने दामी लाग्यो !

luna said...

हसाउनु भो शेखर जि ले ।
एक र अन्तिम जोक एकदम मन पर्‍यो :)

Prajwol said...

रमाइलो :)

नेपालियन said...

शुरुमा शेखर जीको इमेल आउदा ल म त दौतरीमा के गोर्खे गफ भएछ भनेर पढ्दै गाको त मरी मरी हांसे।

मलाइ ३ र ४ को ठट्योली बढी राम्रो लाग्यो।

प्रबिण थापा said...

सबै नै मन परे तर ३ र ४ भने उत्कृठ लाग्यो । म त हाँसे है साथीहरु हो । हा हा हाआआआआआ ............

दिनेश राज said...

अन्तिम जोक चाहि १००% है । हाहाहहाहा

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !